Gaurishankar Post
नेपाल समाचार वाग्मती स्थानीय समाचार

ज्वरो आएका बिरामीलाई विगु गाउँपालिकाको एक एक थान डिजिटल थर्मोमिटर


श्याम खतिवडा
दोलखा २७ बैशाख

दोलखाको बिगु गाउँपालिकाले ज्वरो आएका बिरामीहरुलाई घरमै बसेर तापक्रम नाप्न डिजिटल थर्मोमिटर वितरण सुरु गरेको छ ।
स्थानीयहरुलाई सामान्य ज्वरो आउँदा पनि स्वास्थ्यसंस्था जानु नपरोस भन्दै डिजिटल थर्मोमिटर वितरण गरिएको हो । ज्वरो आएर स्वास्थ्य संस्थामा उपचारका लागि आउनेहरुलाई आबश्यक परामर्श , औषधी र थर्मोमिटर वितरण सुरु गरिएको विगु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर खड्काले जानकारी दिए । उनका अनुसार थर्मोमिटर प्राप्त गर्नका लागि कम्तीमा १ सय डिग्री ज्वरो आएको हुनुपर्ने छ । बिहिबार बाट सुरु गरिएको उक्त अभियान अन्तर्गत २ दिनभित्रै गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य चौकीहरुबाट ८० थान डिजिटल थर्मोमिटर वितरण भैसकेको शाखा प्रमुख खड्काले बताएका छन् ।
विगु गाउँपालिकाले सोही प्रयोजनका लागि ६ सय थान डिजिटल थर्मोमिटर खरिद गरेको कार्यालयले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशन्नदिप राइले कोरोना संक्रमणको चौतर्फी त्रास फैलिरहेका बेला थर्मोमिटर उपयुक्त देखिएकाले वितरण गरिएको बताएका छन् । गाउँपालिकाका अध्यक्ष युधिष्ठीर खड्काले कोरोनाको आशंका ले स्वास्थ्यकर्मी झट्कीरहने भएपछि बिरामी आफैंले आफ्नो तापक्रम नाप्न सकुन भानेर थर्मोमिटर वितरण गरिएको बताएका छन् । गाउँपालिकाले प्रति थर्मोमिटर १ सय ९० रुपैंया खर्च गरेको बताइएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

५१ जना असहाय महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण

shyam khatiwada

सिंगटी खोलाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो

shyam khatiwada

संगठित हुँदै कांग्रेस निकट थामी समुदाय , काठमाडौंमा केन्द्रीय तदर्थ समिति गठन

shyam khatiwada
Gaurishankar Post