Gaurishankar Post
ब्रेकिंग स्वास्थ्य

झन्डै ५ बर्ष कर्येकाल मा न्याय हेल्थ नेपाल दोलखा को सफलता

१६ असाेज, दाेलखा

२०७२ सालको विनाशकारी भूकम्प पछि, दोलखा जिल्लामा भुकम्पले क्षत विक्षत भएको स्वास्थ्य प्रणाली पुनर्निमाण र सुदृढिकरण गर्न न्याय हेल्थ नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सँग साझेदारी गरी कार्य शुरु गरेको थियो । शुरुमा भूकम्पले क्षति पुर्‍याएका स्वास्थ्य चौकीहरूको पुनर्निर्माण गर्न २०७२ असार २१ गते (६ जुलाई २०१५) मा सम्झौता हस्ताक्षर भएको थियो भने त्यसपछि २०७२ माघ ५ गते (१९ जनवरी २०१६) मा चरिकोट अस्पतालको व्यवस्थापनको सम्झौता हस्ताक्षर भएको थियो ।


न्याय हेल्थ नेपालले यस अवधिमा दोलखा जिल्लामा रू ७८ करोड लगानी गरेको छ । यसबाट १९ वटा स्वास्थ्य चौकीहरू पुनर्निर्माण गरेर स्वास्थ्य सेवा प्रवाहको सुनिश्चितताका साथ स्थानीय सरकारहरूलाई हस्तान्तरण गरि सकेको छ । चरिकोट अस्पतालको व्यवस्थापन गरी हालसम्म २ लाख ८० हजार बिरामीहरूलाई अस्पतालबाट प्रत्यक्ष सेवा प्रदान गरेको छ भने ५५ हजार भन्दा बढी मानिसहरूलाई समुदायमा आधारित सेवा प्रदान गरेको छ । नेपाल सरकारले सामुदायिक अस्पताल अनुदान, औषधि आपूर्ति र उपकरण, मानव संसाधन (औशत १६ कर्मचारी नियिमत), पूर्वाधार निर्माण (स्टोर भवन को विस्तार, एचडीयू को निर्माण), तालिम तथा प्रशिक्षणको व्यवस्था, कोभिड १९ को व्यवस्थापनको लागि भीटीएम र पीपीई उपलब्ध गरि सहयोग गरेको छ । यस साझेदारीबाट स्वास्थ्य सेवा प्रणालीमा महत्त्वपूर्ण उपलब्धिहरू हाँशिल भएका छन् ।

प्रमुख उपलब्धिहरू

आधुनिक विद्युतीय प्रबिधिको उपयोग –

सेवा व्यवस्थापनका लागि (ईएचआर, ओपन एलिस, डिजिटल एक्स रे, ईआरपी र समुदायमा कमकेयर सहित एकीकृत विद्युतीय प्रणाली लागु, संस्थागत संचारका लागि असाना, जीमेल, गुगल मीटको प्रयोग, मानव संसाधन सम्बन्धित (बेम्बो एचआर, स्मल इम्प्रुभमेन्ट० को प्रयोग ।

पूर्वाधार निर्माण –

१९ वटा स्वास्थ्य चौकी पुननिर्माण, चरिकोट अस्पतालको बहिरंग विभाग र घेरा पर्खाल निर्माण ।

थपिएका उपकरण र सेवाहरू –

सामुदायिक स्वास्थ्य स्वास्थ्य कार्यक्रमको सुरुआत, मानसिक स्वास्थ्य, हाडजोर्नी सेवा, शल्यचिकित्सा, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, आईटी सर्भर, जेनरेटर, अटोक्लेभ, बायोकेमेष्ट्री ऐनलाइजर, दन्त सेवा आदि ।

कोभिड१९ प्रतिकार्य –

स्क्रीनिंग, पीसीआर परीक्षण, कोभिड१९ पोजिटिभ विरामीलाई सेवा ।

स्वास्थ्य स्थितिमा सुधार –

संस्थागत जन्मदरमा वृद्धि ८०% -९५% र नवजात मृत्युदरमा कमी ७ प्रति १००० ९तामाकोसी, भीमेश्वर, बैतेश्वर, कालिन्चोक, अस्पतालमा शल्य चिकित्सा जटिलता दरस् ५% भन्दा कम, सीसेक्शन दर १३% ९५०४/३९०००

आन्तरिक प्रणालीको सुदृढिकरण :

कार्य सम्पादनमा आधारित प्रणाली – नियमित र बार्षिक कार्य सम्पादन मूल्यांकन, कर्मचारीहरूको लागि व्यक्तिगत, समुहगत र संस्थागत उपलब्धि मापनका लागि परिभाषित उद्देश्य र मुख्य परिणाम, प्रक्रियाहरूको एसओपी ।

कर्मचारी सहयोग, संचार, र निर्णय प्रक्रिया – दैनिक बिहानी भेटघाट, कर्मचारी र म्यानेजर बीच साप्ताहिक १स्१ बैठक, मासिक अस्पताल आन्तरिक व्यवस्थापन समिती बैठक, त्रैमासिक अस्पताल संचालक समिति बैठक र समुहगत बैठकहरू ।

सिकाई – दैनिक सीएमई कक्षा, क्लिनिकल हाते किताब, सिकाइ कार्यशाला, आन्तरिक र बाह्य प्रशिक्षण, एमडीजीपी र नर्सिङ्ग रेजिडेन्सी ।

हाल चरिकोट अस्पताल र समुदायमा संचालनमा रहेका नियमित सेवाहरू

नियमित सेवाहरू – २४/७ आकस्मिक सेवा, ओपीडी, आईपीडी, फार्मेसी, रेडियोलोजी, प्रयोगशाला (सीबीसी, रक्त समूह, सेरोलजी, एलएफटी, आरएफटी, क्याल्शियम, सुगर प्रोफाइल, एचबीएवनसी, कोगुलेसन प्रोफाइल, स्पुटम परीक्षण, दीसा पीसाब परीक्षण, शरीर द्रव), शल्य चिकित्सा (सी-सेक्शन, एपेंडेक्टोमी, हर्निया, हाइड्रोसेले, हिस्टरेक्टोमी, हाड जोर्नी, बाल शल्य चिकित्सा, हेमोर्रोइड्स, इण्टेस्टाइनल एनेस्टोमोसिस, आइ एण्ड डी, लम्प एक्सिजन), मनोसामाजिक परामर्श, दंत चिकित्सा, वन स्टप क्राइसिस मैनेजमेन्ट सेन्टर, अल्ट्रासाउण्ड, इकोकार्डियोग्राफी, ट्रान्सभजाइनल अल्ट्रासाउन्ड, खोप, परिवार नियोजन (अस्थायी र स्थायी), जन्मपूर्व हेरचाह र प्रसवोत्तर हेरचाह, सुरक्षित मातृत्व (सीईओएनसी, नर्मल डेलिभरी, सी-सेक्सन), फिजियोथेरापी ।

सामुदायिक स्वास्थ्य कार्यक्रम – गर्भावस्था निगरानी, सामुहिक गर्भ स्याहार, पोष्टनेटल केयर, सुरक्षित मातृत्व, दीर्घकालीन रोग परामर्श ।

मानसिक स्वास्थ्यको लागि कोलावोरेटिभ केयर मोडल – मनोसामाजिक परामर्शदाताहरु, चिकित्सकहरु संग प्राथमिक उपचार, मनोचिकित्सकहरुको रिमोट मार्गदर्शन ।

कुपोषण हेरचाह – ५ बर्ष मुनिका बालबालिकाहरु र गर्भवती महिलाका लागि ।

भर्टिकल कार्यक्रमहरू – सीईओएनसी सेवा, सुरक्षित मातृत्व, सुरक्षित गर्भपात सेवा (पहिलो र दोस्रो त्रैमासिक गर्भपात), एमडीआर टीवी, डट्स, एचआईभी र एड्स, कुष्ठ रोग, परिवार नियोजन ।

हस्तान्तरण योजना

न्याय हेल्थ नेपालले दोलखा जिल्लामा कार्य शुरु गरे देखि हाल सम्म निकै सकारात्मक वरिवर्तन भएका छन् । हालै बागमती प्रदेशले चरिकोट अस्पताललाई प्रादेशिक अस्पताल घोषणा गरेको छ । हाल संचालित सेवाहरुको निरन्तरताका लागि प्रदेश सरकारबाट थप लागनि हुनेछ । कोविड१९ का कारण पनि स्वास्थ्य क्षेत्रमा सरकारी लगानी थप भएको छ । यसका साथै संघीयताले हरेक पालिकालाई वित्तीय स्रोतहरू सहित स्वास्थ्य प्रणालीमा सुधार गर्ने अवसर प्रदान गरेको छ ।

आम गागरिकको स्वास्थ्य सेवामा पहुँच बढेको छ भने जिल्लाको स्वास्थ्य अवस्थामा सुधार भएको छ । यसका साथै भूकम्प पछि स्वास्थ्य प्रणाली पुनर्निर्माण गर्ने हाम्रो प्रतिबद्धता पूरा भएको छ । यस परिवेशमा न्याय हेल्थ नेपालको डिजाइन, बिल्ड, अपरेट, र ट्रान्जिसन (DBOT) मोडेल अनुरुप झण्डै ५ करोड बराबरको अस्पतालका निम्ति थप गरेको औषधि(उपकरण लगायत सामग्रिहरू सरकारलार्इ हस्तान्तरण गरि न्याय हेल्थ नेपाल २०२० अक्टोबर को अन्त्यमा दोलखा जिल्लाबाट बाहिरिने छ ।

हामी आशा गर्दछौं कि सरकारले नेपालको संविधान बमोजिम गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा नि:शुल्क गराउने कुरालाई निरन्तरता दिनुका साथै र स्वास्थ्य सेवामा पहुँच, समानता, गुणस्तर सुधार जारी राख्नेछ । स्वास्थ्य प्रणाली सुधार गर्न अनुभवका आधारमा आफ्ना सिकाइ बाँड्न न्याय हेल्थ नेपाल सदैब प्रतिबद्ध छ ।

धन्यवाद तथा आभार

अन्तमा, यस अवसरमा, सरकारी स्वास्थ्य संस्थाको व्यवस्थापन र त्यसमा नवीनता थप्न विश्वास गर्नुहुने नेपाल सरकार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकारहरु, सहयोगी र मार्गनिदेशक सम्पूर्ण सरोकारवालाहरु, सहयोगी दाताहरु, अहोरात्र खटेर कार्य गर्ने सम्पूर्ण कर्मचारी, नागरिक समाज सम्पूर्णमा न्याय हेल्थ नेपाल हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा फिल्म सिटी निजी सार्वजनिक साझेदारी मोडेलमा निर्माण हुने

shyam khatiwada

महावाणिज्य दुत कार्कीलाई युरोपियन विश्वविद्यालयको मानार्थ विद्यावारिधी

shyam khatiwada

वडाअध्यक्ष काफ्लेद्धारा आफ्नो सुविधाको रकमले जेष्ठजनलाई न्यानो वितरण

shyam khatiwada
Gaurishankar Post