१६ असाेज, दाेलखा
२०७२ सालको विनाशकारी भूकम्प पछि, दोलखा जिल्लामा भुकम्पले क्षत विक्षत भएको स्वास्थ्य प्रणाली पुनर्निमाण र सुदृढिकरण गर्न न्याय हेल्थ नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सँग साझेदारी गरी कार्य शुरु गरेको थियो । शुरुमा भूकम्पले क्षति पुर्याएका स्वास्थ्य चौकीहरूको पुनर्निर्माण गर्न २०७२ असार २१ गते (६ जुलाई २०१५) मा सम्झौता हस्ताक्षर भएको थियो भने त्यसपछि २०७२ माघ ५ गते (१९ जनवरी २०१६) मा चरिकोट अस्पतालको व्यवस्थापनको सम्झौता हस्ताक्षर भएको थियो ।
न्याय हेल्थ नेपालले यस अवधिमा दोलखा जिल्लामा रू ७८ करोड लगानी गरेको छ । यसबाट १९ वटा स्वास्थ्य चौकीहरू पुनर्निर्माण गरेर स्वास्थ्य सेवा प्रवाहको सुनिश्चितताका साथ स्थानीय सरकारहरूलाई हस्तान्तरण गरि सकेको छ । चरिकोट अस्पतालको व्यवस्थापन गरी हालसम्म २ लाख ८० हजार बिरामीहरूलाई अस्पतालबाट प्रत्यक्ष सेवा प्रदान गरेको छ भने ५५ हजार भन्दा बढी मानिसहरूलाई समुदायमा आधारित सेवा प्रदान गरेको छ । नेपाल सरकारले सामुदायिक अस्पताल अनुदान, औषधि आपूर्ति र उपकरण, मानव संसाधन (औशत १६ कर्मचारी नियिमत), पूर्वाधार निर्माण (स्टोर भवन को विस्तार, एचडीयू को निर्माण), तालिम तथा प्रशिक्षणको व्यवस्था, कोभिड १९ को व्यवस्थापनको लागि भीटीएम र पीपीई उपलब्ध गरि सहयोग गरेको छ । यस साझेदारीबाट स्वास्थ्य सेवा प्रणालीमा महत्त्वपूर्ण उपलब्धिहरू हाँशिल भएका छन् ।
प्रमुख उपलब्धिहरू

आधुनिक विद्युतीय प्रबिधिको उपयोग –
सेवा व्यवस्थापनका लागि (ईएचआर, ओपन एलिस, डिजिटल एक्स रे, ईआरपी र समुदायमा कमकेयर सहित एकीकृत विद्युतीय प्रणाली लागु, संस्थागत संचारका लागि असाना, जीमेल, गुगल मीटको प्रयोग, मानव संसाधन सम्बन्धित (बेम्बो एचआर, स्मल इम्प्रुभमेन्ट० को प्रयोग ।
पूर्वाधार निर्माण –
१९ वटा स्वास्थ्य चौकी पुननिर्माण, चरिकोट अस्पतालको बहिरंग विभाग र घेरा पर्खाल निर्माण ।
थपिएका उपकरण र सेवाहरू –
सामुदायिक स्वास्थ्य स्वास्थ्य कार्यक्रमको सुरुआत, मानसिक स्वास्थ्य, हाडजोर्नी सेवा, शल्यचिकित्सा, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, आईटी सर्भर, जेनरेटर, अटोक्लेभ, बायोकेमेष्ट्री ऐनलाइजर, दन्त सेवा आदि ।
कोभिड१९ प्रतिकार्य –
स्क्रीनिंग, पीसीआर परीक्षण, कोभिड१९ पोजिटिभ विरामीलाई सेवा ।
स्वास्थ्य स्थितिमा सुधार –
संस्थागत जन्मदरमा वृद्धि ८०% -९५% र नवजात मृत्युदरमा कमी ७ प्रति १००० ९तामाकोसी, भीमेश्वर, बैतेश्वर, कालिन्चोक, अस्पतालमा शल्य चिकित्सा जटिलता दरस् ५% भन्दा कम, सीसेक्शन दर १३% ९५०४/३९०००
आन्तरिक प्रणालीको सुदृढिकरण :
कार्य सम्पादनमा आधारित प्रणाली – नियमित र बार्षिक कार्य सम्पादन मूल्यांकन, कर्मचारीहरूको लागि व्यक्तिगत, समुहगत र संस्थागत उपलब्धि मापनका लागि परिभाषित उद्देश्य र मुख्य परिणाम, प्रक्रियाहरूको एसओपी ।
कर्मचारी सहयोग, संचार, र निर्णय प्रक्रिया – दैनिक बिहानी भेटघाट, कर्मचारी र म्यानेजर बीच साप्ताहिक १स्१ बैठक, मासिक अस्पताल आन्तरिक व्यवस्थापन समिती बैठक, त्रैमासिक अस्पताल संचालक समिति बैठक र समुहगत बैठकहरू ।
सिकाई – दैनिक सीएमई कक्षा, क्लिनिकल हाते किताब, सिकाइ कार्यशाला, आन्तरिक र बाह्य प्रशिक्षण, एमडीजीपी र नर्सिङ्ग रेजिडेन्सी ।
हाल चरिकोट अस्पताल र समुदायमा संचालनमा रहेका नियमित सेवाहरू
नियमित सेवाहरू – २४/७ आकस्मिक सेवा, ओपीडी, आईपीडी, फार्मेसी, रेडियोलोजी, प्रयोगशाला (सीबीसी, रक्त समूह, सेरोलजी, एलएफटी, आरएफटी, क्याल्शियम, सुगर प्रोफाइल, एचबीएवनसी, कोगुलेसन प्रोफाइल, स्पुटम परीक्षण, दीसा पीसाब परीक्षण, शरीर द्रव), शल्य चिकित्सा (सी-सेक्शन, एपेंडेक्टोमी, हर्निया, हाइड्रोसेले, हिस्टरेक्टोमी, हाड जोर्नी, बाल शल्य चिकित्सा, हेमोर्रोइड्स, इण्टेस्टाइनल एनेस्टोमोसिस, आइ एण्ड डी, लम्प एक्सिजन), मनोसामाजिक परामर्श, दंत चिकित्सा, वन स्टप क्राइसिस मैनेजमेन्ट सेन्टर, अल्ट्रासाउण्ड, इकोकार्डियोग्राफी, ट्रान्सभजाइनल अल्ट्रासाउन्ड, खोप, परिवार नियोजन (अस्थायी र स्थायी), जन्मपूर्व हेरचाह र प्रसवोत्तर हेरचाह, सुरक्षित मातृत्व (सीईओएनसी, नर्मल डेलिभरी, सी-सेक्सन), फिजियोथेरापी ।
सामुदायिक स्वास्थ्य कार्यक्रम – गर्भावस्था निगरानी, सामुहिक गर्भ स्याहार, पोष्टनेटल केयर, सुरक्षित मातृत्व, दीर्घकालीन रोग परामर्श ।
मानसिक स्वास्थ्यको लागि कोलावोरेटिभ केयर मोडल – मनोसामाजिक परामर्शदाताहरु, चिकित्सकहरु संग प्राथमिक उपचार, मनोचिकित्सकहरुको रिमोट मार्गदर्शन ।
कुपोषण हेरचाह – ५ बर्ष मुनिका बालबालिकाहरु र गर्भवती महिलाका लागि ।
भर्टिकल कार्यक्रमहरू – सीईओएनसी सेवा, सुरक्षित मातृत्व, सुरक्षित गर्भपात सेवा (पहिलो र दोस्रो त्रैमासिक गर्भपात), एमडीआर टीवी, डट्स, एचआईभी र एड्स, कुष्ठ रोग, परिवार नियोजन ।
हस्तान्तरण योजना
न्याय हेल्थ नेपालले दोलखा जिल्लामा कार्य शुरु गरे देखि हाल सम्म निकै सकारात्मक वरिवर्तन भएका छन् । हालै बागमती प्रदेशले चरिकोट अस्पताललाई प्रादेशिक अस्पताल घोषणा गरेको छ । हाल संचालित सेवाहरुको निरन्तरताका लागि प्रदेश सरकारबाट थप लागनि हुनेछ । कोविड१९ का कारण पनि स्वास्थ्य क्षेत्रमा सरकारी लगानी थप भएको छ । यसका साथै संघीयताले हरेक पालिकालाई वित्तीय स्रोतहरू सहित स्वास्थ्य प्रणालीमा सुधार गर्ने अवसर प्रदान गरेको छ ।
आम गागरिकको स्वास्थ्य सेवामा पहुँच बढेको छ भने जिल्लाको स्वास्थ्य अवस्थामा सुधार भएको छ । यसका साथै भूकम्प पछि स्वास्थ्य प्रणाली पुनर्निर्माण गर्ने हाम्रो प्रतिबद्धता पूरा भएको छ । यस परिवेशमा न्याय हेल्थ नेपालको डिजाइन, बिल्ड, अपरेट, र ट्रान्जिसन (DBOT) मोडेल अनुरुप झण्डै ५ करोड बराबरको अस्पतालका निम्ति थप गरेको औषधि(उपकरण लगायत सामग्रिहरू सरकारलार्इ हस्तान्तरण गरि न्याय हेल्थ नेपाल २०२० अक्टोबर को अन्त्यमा दोलखा जिल्लाबाट बाहिरिने छ ।
हामी आशा गर्दछौं कि सरकारले नेपालको संविधान बमोजिम गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा नि:शुल्क गराउने कुरालाई निरन्तरता दिनुका साथै र स्वास्थ्य सेवामा पहुँच, समानता, गुणस्तर सुधार जारी राख्नेछ । स्वास्थ्य प्रणाली सुधार गर्न अनुभवका आधारमा आफ्ना सिकाइ बाँड्न न्याय हेल्थ नेपाल सदैब प्रतिबद्ध छ ।
धन्यवाद तथा आभार
अन्तमा, यस अवसरमा, सरकारी स्वास्थ्य संस्थाको व्यवस्थापन र त्यसमा नवीनता थप्न विश्वास गर्नुहुने नेपाल सरकार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकारहरु, सहयोगी र मार्गनिदेशक सम्पूर्ण सरोकारवालाहरु, सहयोगी दाताहरु, अहोरात्र खटेर कार्य गर्ने सम्पूर्ण कर्मचारी, नागरिक समाज सम्पूर्णमा न्याय हेल्थ नेपाल हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ ।