Gaurishankar Post
ब्रेकिंग

झुले पुगेका गैरमतदाता प्रहरी नियन्त्रणमा


चरिकोट । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दोलखाको झुले पुगेका केही गैरमतदातालाई स्थानीयले नियन्त्रणमा लिई प्रहरी समक्ष बुझाएका छन् । निर्वाचनमा कुनै एक विशेष दललाई सहयोग गर्ने नियतले गाउँ छिरेका गैरमतदाताहरुलाई स्थानीयले विशेष सुचनाका आधारमा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् । स्थानीयले छापा मार्ने क्रममा १२ जना अपरिचीत युवाहरु भेटेपछि नियन्त्रणमा लिएर १० जना लाई प्रहरीको जिम्मा लगाएका छन् । २ जना भने मोटर साइकल लिएर फरार भएको त्यहाँका स्थानीयहरुले बताएका छन् । एक उम्मेद्वारको घरबाट ती गैरमतदाताले प्रयोग गर्ने ४ वटा मोटरसाइकल र २ वटा स्कुटर समेत नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा झुलेमा अराजक गतिविधि बढ्न थालेको हो । यस अघिका निर्वाचनहरुमा शान्तीपूर्ण हुँदै आएको त्यहाँको निर्वाचन यो पटक भने सुरक्षाको हिसावले संवेदशिल हुने निश्चित भएको छ ।
गाउँमा पार्टि भित्रै अल्पमतमा परेका उम्मेद्वारको विपक्षमा सोही दलबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेद्धवारी दिएको छ । अहिले स्वतन्त्र उम्मेद्धवारको पक्षमा माहोल राम्रो भएकै कारण आत्तिएर ति उम्मेद्वारले गैरमतदाता भित्र्याएको त्यहाँका स्थानीयहरुको भनाई छ ।

अहिले झुलेमा नेपाली काँग्रेस,नेकपा एमाले र स्वतन्त्र गरि त्रिपक्षीय प्रतिस्पर्धा हुँदै छ ।

याे पढ्न छुटाउनु भयाे की ?

निर्माण क्षेत्रका हस्ती बालकृष्ण थापा , दोलखाबाट कांग्रेस महाधिबेशनमा भिड्दै

shyam khatiwada

दोलखा कांग्रेसले पायो पुर्णता,कोषाध्यक्षमा श्रेष्ठ सहित १२ जना जिल्ला सदस्य मनोनित

shyam khatiwada

तरकारी र फलफूलबाट कोरोना सर्दैन

sanjeet
Gaurishankar Post