Gaurishankar Post
समाचार

टुंगियो कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र, वडा नम्बर ४ को कुभिण्डेमा राख्ने निर्णय

दोलखाको कालिञ्चोक गाउँपालिकाको केन्द्र कुभिण्डेमा रहनेगरी निर्णय भएको छ । गाउँपालिकाको सोमवार बसेको १२ औं गाउँसभाले वडा नम्बर ४ अन्तर्गत पर्ने दोलखा–सिंगटी सडकसँग जोडिएको कुभिण्डेमा राख्ने निर्णय पारित गरेको हो ।

अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले गाउँसभामा निर्णयार्थ पेश गरेको प्रस्तावको पक्षमा अध्यक्षसहित ३२ र विपक्षमा ९ जनाले मतदान गरेका थिए । सभामा अध्यक्ष शिवाकोटीले गाउँपालिकाको केन्द्र कुभिन्डेमा राख्ने प्रस्ताव सभाको दुई तिहाईले पारित गरेको घोषणा गरे । 

कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्रबारे विगत लामो समयदेखि बिवाद हुँदै आएको थियो । अघिल्लो कार्यकालमा वडा नम्बर ५ स्थित बन्देथलीमा केन्द्र लैजाने भन्दै सर्बसाधरणको नीजि जग्गा गाउँपालिकाको स्वामित्वमा ल्याईएको थियो । 
गाउँपालिकाको कामकाज हाल सुनखानी स्थित अस्थायी कार्यालयबाट संचालन हुँदै आएको छ । 

याे पढ्न छुटाउनु भयाे की ?

नेपालमा थप ६१ कोरोना संक्रमितको मृत्यु, ६२९५ संक्रमणमुक्त

shyam khatiwada

समाजसेवी सोभित उप्रेती , जसले महामारीमा ८० लाखको स्वास्थ्य उपकरण दोलखामा जुटाए

shyam khatiwada

२ जनामा कोरोना संक्रमण पुष्टी भएपछि दोलखाको गौरीशंकर गाउँपालिका सिल

shyam khatiwada
Gaurishankar Post