Gaurishankar Post
देश

ठेकेदारको लापरबाहीले चरिकोट कृषि बजारका पसलमा ढल , लाखौंको क्षती


सन्तोष राउत
दोलखा १७ जेठ

चरिकोटस्थित सातदोबाटो चोकमा निर्माण भैरहेको कम्प्लेक्स भवनका ठेकेदारको लापरबाहीका कारण कृषि बजारमा ढल पस्दा व्यवसायीहरुको लाखौंको क्षेती भएको छ ।
भवन निर्माणका क्रममा ठेकेदार कम्पनीले ढल निकासको राम्रो व्यवस्था नगरि लापरबाही गरेपछि ढल सिधै व्यवसायीहरुको पसलमा पसेको र जसका कारण दुई लाख बराबरको क्षेती भएको हो । कषि बजारका स्थानीयहरुले पटक पटक ध्यानाकर्षण गराउदा समेत ठेकेदा कम्पनीका प्रतिनिधिहरुले बेवास्ता गरेपछि यो अवस्था आएको स्थानीय बासिन्दाको गुनासो छ । सोमबार मध्यान्हको अबिरल बर्षाका कारण आएको भल स्थानीय व्यवसायीहरु रामकृष्ण श्रेष्ठ , बिमला सुबेदी र सुर्य बहादुर बुढाथोकीको पसलमा पस्दा खाद्यान्न सामाग्रीहरु दाल चामल नुन मैदा अन्य तरकारी लगाएतका सामानहरु क्षेती भएको थियो । उनिहरुले उचित क्षेतिपुर्ती उपलब्ध गराउनुपर्ने , ढल व्यबस्थीत बनाउनुपर्ने अन्यथा बिद्रोह गर्ने चेतावनी दिएका छन् ।उक्त भवन निर्माणको जिम्मा श्यामशुन्दर कन्सटक्सनले लिएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

५१ जना असहाय महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण

shyam khatiwada

एक्जिम बैंकले जिम्मा लिएको दोलखाका ४६ गुम्बाको पुनर्निर्माण हुन सकेन

shyam khatiwada

दोलखा कांग्रेसको उपसभापतिमा अर्जुन शिवाकोटीको उम्मेदवारी

shyam khatiwada
Gaurishankar Post