सन्तोष राउत
दोलखा १७ जेठ
चरिकोटस्थित सातदोबाटो चोकमा निर्माण भैरहेको कम्प्लेक्स भवनका ठेकेदारको लापरबाहीका कारण कृषि बजारमा ढल पस्दा व्यवसायीहरुको लाखौंको क्षेती भएको छ ।
भवन निर्माणका क्रममा ठेकेदार कम्पनीले ढल निकासको राम्रो व्यवस्था नगरि लापरबाही गरेपछि ढल सिधै व्यवसायीहरुको पसलमा पसेको र जसका कारण दुई लाख बराबरको क्षेती भएको हो । कषि बजारका स्थानीयहरुले पटक पटक ध्यानाकर्षण गराउदा समेत ठेकेदा कम्पनीका प्रतिनिधिहरुले बेवास्ता गरेपछि यो अवस्था आएको स्थानीय बासिन्दाको गुनासो छ । सोमबार मध्यान्हको अबिरल बर्षाका कारण आएको भल स्थानीय व्यवसायीहरु रामकृष्ण श्रेष्ठ , बिमला सुबेदी र सुर्य बहादुर बुढाथोकीको पसलमा पस्दा खाद्यान्न सामाग्रीहरु दाल चामल नुन मैदा अन्य तरकारी लगाएतका सामानहरु क्षेती भएको थियो । उनिहरुले उचित क्षेतिपुर्ती उपलब्ध गराउनुपर्ने , ढल व्यबस्थीत बनाउनुपर्ने अन्यथा बिद्रोह गर्ने चेतावनी दिएका छन् ।उक्त भवन निर्माणको जिम्मा श्यामशुन्दर कन्सटक्सनले लिएको थियो ।