Gaurishankar Post
विश्व सुचना प्रविधि

डाटा चोरी गरेको आरोपमा गुगलविरुद्ध ५९ खर्बको मुद्दा दायर

गुगलविरुद्ध पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मुद्दा परेको छ । 

निकै गोप्य भनेर गुगल आफैँले दिएको ब्राउजरबाट प्रयोगकर्ताको डाटा चोरी गरेको आरोप गुगललाई लागेको हो ।

क्रोममा ‘कन्ट्रोल, सिफ्ट र एन’ दबाउँदा नयाँ ब्राउजर ‘इन्कगिन्टो’ (प्राइभेट मोड) खुल्छ । 

यो ब्राउजरबाट क्रोममा हेरिएका कुनै पनि कुरा सोही कम्प्युटर वा मोबाइल चलाउने अर्काे व्यक्तिले देख्दैन अथवा गोप्य रहन्छ ।

गुगलले आफैँले समेत ‘इन्कगिन्टो’मा हेरिएका कुराहरूको सर्च हिस्ट्री, भिजिट गरेका वेबसाइटजस्ता कुनै पनि तथ्यांक आफूले संकलन नगर्ने बताएको छ । 

तर, गुगलले यसै ‘इन्कगिन्टो’ मोडबाट प्रयोगकर्ताको डाटा संकलन गरेको आरोप लागेको हो ।

सन् २०१६ देखि ‘इन्कगिन्टो’ प्राइभेट मोडको फिचर प्रयोग गर्दै आएका करोडौँ प्रयोगकर्ताको डाटा गुगलले चोरेको हुन सक्ने मुद्दा दाबी गर्ने बोइज सिलर फ्लेक्सनरले जनाएको छ ।

क्यालिफोर्नियास्थित सानजोसेको संघीय अदालतमा गुगलविरुद्ध बोइज सिलर फ्लेक्सनरले मुद्दा दायर गरेको हो ।

गुगलले सबैजसो अमेरिकीलगायतका थुप्रै प्रयोगकर्ताले के हेरे, उनीहरूको इच्छाको विषय, साथी समूहजस्ता कुराको तथ्यांक संकलन गरेको आरोप लागेको छ । 

त्यसका लागि गुगलले आफ्ना अन्य टुलहरू प्रयोग गरेको जनाइएको छ ।

यद्यपि गुगलका प्रवक्ता जोस कास्टानेडाले भने यसको आरोप गलत रहेको बताएका छन् । 

‘प्राइभेट मोडमा रहेका वेला भिजिट गरेको वेबसाइटले वेबसाइटमा के हेऱ्यो भन्ने कुराको तथ्यांक राख्न सक्छ, यसले वेबसाइटलाई थप व्यवस्थित बनाउन मद्दत गर्छ,’ उनले बताएका छन् ।

कम्पनीले डाटा संकलन गरेको आरोपमा गोपनीयताविरुद्ध क्यालिफोर्नियाकाे कानुनअनुसार प्रतिप्रयोगकर्ता पाँच हजार अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।

(एजेन्सी)

याे पढ्न छुटाउनु भयाे की ?

सुबिसुको क्लियर टिभिमा विद्यार्थीहरुलाई अनलाइन कक्षा

shyam khatiwada

निजी रकेटबाट अन्तरीक्षमा मानिस पठाएर अमेरिकाले रच्यो इतिहास

sanjeet

ओली एण्ड एसोसिएट्सद्धारा विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई ग्लोबल एजुकेशन एक्सपोको आयोजना

shyam khatiwada
Gaurishankar Post