Gaurishankar Post
समाचार

डेपुटी सिइओको मानशिक यातना , बेहोस भएर ढलेका शाखा प्रबन्धक भण्डारीको होस खुल्यो , दोषीउपर कारबाहीको माग


चरिकोट ६ माघ,,
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डेपुटी सिइओ बिजेन्द्र सुवालले चरम मानशिक यातना सहितको टर्चर र गालिगलौज थेग्न नसकेकर एकाएक बेहोस भइ ढलेका चरिकोट शाखाका प्रबन्धक कपिल भण्डारीको होस खुलेको छ ।
डेपुटी सिइओ सुवालले बिहिबार टेलिफोनमा दिएको मानशिक यातना सहितको गालिगलौज र दुव्र्यवहार का कारण एकाएक बेहोस भई ढलेका भण्डारीको होस खुलेको हो । बेहोस भएलगत्तै भण्डारीलाई चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालमा उपचार हुन नसकेपछि उनलाई काठमाण्डौस्थित ह्याम्स अस्पताल लगिएको परिवारले जनाएको छ । हाल उनको होस खुलेपनि उच्च रक्तचापका कारण अवस्था सामान्य भैनसकेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । डेपुटी सइिओ सुवालले भण्डारीलाई पटक पटक मानशिक टर्चर दिदै आएका थिए । तर बिहिबारको टेलिफोनमा भने तल्लो तहका शब्दहरु प्रयोग गर्दै असभ्य ढंगले गालिगलौज गरेको र आफु एकाएक बेहोस भएको र होस अस्पतालको सैंयामा रहेको भण्डारी बताउछन् ।
जागिर खाएकै कारण हाकिमले त्यस्तो व्यवहार गरेको र मान्छेको ज्याननै तलमाथी हुने गरि मानशिक यातना दिएको भन्दै उक्त बैंकका डेपुटी सिइओ सहित उच्च स्तरका कर्मचारीहरुको चौतर्फी आलोचना हुन थालेको छ । बैंक तथा वित्तिय संस्थाका सरोकारवालाहरु सहित नागरिक समाज र अन्य सामाजिक निकायका प्रमुखहरुले तत्काल छानविन गरी दोषीउपर कडा कारबाहीको माग गरेका छन् । दोलखाका राजनितीक दलका नेताहरुले समेत अस्पतालमै पुगेर भण्डारीको स्वास्थ्य अवस्था बुझ्दै मानशिक यातना दिने डेपुटी सिइओलाई तत्काल कारबाहीको माग गरेको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले सामाजिक संजालमार्फत धारणा राखेका छन् । उनले जागिर खाएकै कारण मानशिक यातना दिने हाकिमलाई कडा कारबाही हुनुपर्ने जनाए ।
यसबारे प्रतिक्रिया लिन खोज्दा डेपुटी सिइओ सुवाल सहित बैंकका सिइओ ज्योति प्रकास पाण्डेको समेत टेलिफोन उठेन ।

याे पढ्न छुटाउनु भयाे की ?

अमेरिकाको न्युयोर्क सहरका मेयर र भीमेश्वर सहित नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’ अन्तरक्रिया

shyam khatiwada

दोलखामा स्थानीय तहको पहिलो सुरुवात ,समपुरक कोष बनाएर सडक कालोपत्रे

shyam khatiwada

गुमुखोला तोरीखेत सिञ्चाई आयोजनाको विवाद टुंगियो एक साताबाट निर्माण सुरु हुने

shyam khatiwada
Gaurishankar Post