Gaurishankar Post
नेपाल समाचार समाचार

ढलानको काम सुरु हुने भएपछि सुनखानी साङ्बा सडक बन्द हुने


चरिकोट ३१ साउन,,
दोलखाको कालिञ्चोक गाउँपालिकास्थित मुख्य सडक मार्ग सुनखानी साङ्बाको पाटागाउँदेखि दुधपोखरीसम्म ढलानको काम गर्न लागिएको भन्दै उक्त सडकखण्ड एक महिनाको लागि बन्द गरिएको छ । कालिञ्चोक गाउँपालिकाले एक सुचना सार्वजनिक गर्दै सडक बन्द हुने जनाएको हो । चौडा कम भएको सडकमा एकतर्फी ढलान गर्न असहज भएपछि उक्त सडक बन्द गर्नुपरेको गाउँपालिकाले जनाएको छ । पालिकाले एक महिनाको अवधिसम्म बैकल्पीक मार्गहरु लामिडाँडा बन्चरे वा लामिडाडा सिंगटी सडकको प्रयोग गर्न सबैजसो सवारी चालक र स्थानीयहरुलाई अनुरोध गरेको छ । गाउँपालिकाले भदै १ देखि असोज १ गतेसम्म उक्त खण्डमा सवारी सञ्चालनमा रोक लगाएको छ । एक महिनाभित्रै निर्माण सम्पन्न गर्नेगरी ढलानको काम सुरु गर्न लागिएको निर्माण कम्पनीका प्रतिनिधि किरण बुढाथोकीले जानकारी दिए । लापिलाङ् पहिरोका कारण यसैपनि ठुला सवारीसाधन सञ्चालनमा कठिनाई भएको उक्त सडकमा अब भने साना सवारी पनि सञ्चालन नहुने भएका छन् । कालिञ्चोकका उत्तरी गाउँहरु कालिञ्चोक , बाबरे, लामिडाँडा र लापिलाङ्का स्थानीयहरुले बैकल्पीक मार्गका रुपमा लामिडाडा सिंगटी वा पोखरे बन्चरे सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा चप्पल पड्काउदै आएका कम्युनिष्ट नेता अरबपति जनता जहाँको त्याँही कांग्रेस नेता शिवाकोटी

shyam khatiwada

च्छोरोल्पा अस्पतालमा वाल शल्यक्रिया शिविर,९ जनाको शल्यक्रिया

shyam khatiwada

साँझको पाहुनालाई बास दिँदा आफ्नै ज्यान गयो ( पाटागाउँ हत्या प्रकरणको नालिबेलीे)

shyam khatiwada
Gaurishankar Post