Gaurishankar Post
ब्रेकिंग राजनीति

तरुण दल दोलखाको सचिबमा ढुंगेल


नेपाल तरुण दल दोलखाको सचिवमा तरुण नेता प्रेम ढुंगेल मनोनित भएका छन् ।
यस अघि तरुण दल जिल्ला कार्यसमित सदस्य रहेका ढुंगेललाई रिक्त रहेको सचिब पदमा मनोनित गरिएको हो । नेपाली कांग्रेसको चौधौं जिल्ला अधिबेशनमा तरुण दल दोलखाका सचिब चित्र दाहाल कांग्रेसको प्रदेश सभा ख को सभापतिमा निर्वाचित भएपछि रिक्त रहेको पदमा ढुंगेललाई मनोनित गरिएको तरुण दल दोलखाका अध्यक्ष चित्र कुमार तामाङ ले जानकारी दिए । नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा सचिब दावासांगे शेर्पा लगाएतका नेताहरुको उपस्थितीमा ढुंगेललाई सचिब मनोनित गरिएको । सचिबको जिम्मेवारी पाएपछि ढुंगेलले पाटीको सिद्धान्त अनुरुप सकृय भएर संगठन बिस्तार र कांग्रेस जिताउने अभियानमा आपपु शसक्त ढंगले लाग्ने र युवाहरुलाई सोही अनुसार परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रमे ढुंगेल जिल्लाको वैतेश्वर गाउँपालिका ७ बाट नेपाल तरुण दल दोलखामा प्रतिनिधित्व गर्छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

नेपाली कांग्रेस प्रदेश सभा ख दोलखाको सभापतिमा श्यामराज्य खड्काको उम्मेदवारी

shyam khatiwada

देशैभर आंशिक रूपमा खुल्न थाले पसल : व्यवसायीले खोल्ने, प्रहरीले बन्द गराउने क्रम जारी

shyam khatiwada

कालिञ्चोक खतिवडा सेवासमाजको प्रथम साधारण सभा, रेबन्तीको नेतृत्वमा नयाँ कार्यसमिति

shyam khatiwada
Gaurishankar Post