Gaurishankar Post
देश वाग्मती

तामाकोशीका युवाहरुलाई रोजगारीमा प्राथमिकता दिनुपर्नेमा जोड


दोलखा २८ भदौ,,,
दायित्व नेपाल जनप्रशासन फेलोहरुद्वारा तामाकोशी गाउँपालिकामा स्थानीय युवाहरुलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने सहमति सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सरोकारवाला र ‘अध्यक्षसँग नागरिक’ नामक छलफल कार्यक्रमको आयोजना गरि स्थानीय युवाहरुलाई रोजगारीमा प्राथमिकता दिने कार्यक्रम सम्पन्न भएको हो । युवा र सरकारबिच
विश्वासका खाडलहरु मेट्नेर संघीय सुशासन प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन जनसहभागीता बढाउने उद्देश्य बोकेको
छलफल कार्यक्रममा गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेल स्थानीय नागरिक समाज संस्थाका प्रतिनिधिहरु,
मिडियाका प्रतिनिधिहरु, गाउँपालिकाका अन्य प्रतिनिधिहरु, तामाकोशीका स्थानीय यवाहरु , र फेलोशिप कार्यक्रमसँग जोडिएका विभिन्न सरोकारवालाहरु सहभागी थिए ।

कार्यक्रममा स्वरोजगारी, युवा उद्यमशीलता विकास, युवा योजना, नीति र नेतृत्व, बजेट विनियोजन र पारदर्शीता
जस्ता विषयमाथी छलफल भएको थियो । छलफलमा अध्यक्ष पोखरेलले
“पालिकाको विकास र समृद्धिकालागि स्थानीय युवालाई परिचालन गर्न अत्यन्तैजरुरी रहेको भन्दै पालिकाकै पहल र
आर्थिक सहयोगमा हरेक वडामा समय समयमा अध्यक्ष्संग नागरिक जस्तैयुवा अन्तरक्रिया को आयोजना गरी
सझावहरु संकलन गर्ने र युवा सहभागिता बढाउनपुर्ने” बताएका छन् ।
छलफलमा तामाकोशीका लागि दायित्व जनप्रशासन फेलोहरु दिक्षा दुलालले स्थनीय साझेदार सँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रम र त्यसको उद्देश्यका बारेमा प्रस्ट पारेकी थिइन ।

याे पढ्न छुटाउनु भयाे की ?

पाँच महिनामा ७७ जिल्लामै फैलियो कोरोना

shyam khatiwada

पशुपालनमा दोलखाका दुई युवा शैलेस र सुजनको नमुना सुरुवात

shyam khatiwada

कांग्रेस बागमती प्रदेश सभाको प्रमुख सचेतकमा कुन्दनराज काफ्ले

shyam khatiwada
Gaurishankar Post