Gaurishankar Post
ब्रेकिंग

तामाकोसीको हकप्रद दोलखालीलाई डिम्याटको दायरा बढाउदै बिना झन्जट लगानी गराइने


श्याम खतिवडा
दोलखा १० साउन
,,
स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले जारी गर्न लागेको हकप्रद शेयर दोलखाबासीलाई डिम्याट खाता खोल्ने दायरा बढाउदै बिना झन्जट लगानी गराइने भएको छ ।
आयोजना प्रभावित क्षेत्रकारुपमा यस अघि जम्मा शेयर पुँजीको १० प्रतिशत लगानी गरेका जिल्लाबासीलाई डिम्याटको दायरा बढाउदै बिना झन्जट आयोजनाको हकप्रद शेयर लगानी गराइने भएको हो । मंगलबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको दोलखाका मुख्य सरोकारवाला र आयोजनाका पदाधिकारी हरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
हकप्रद शेयर जारी गर्ने अवधि सुरुहुन लाग्दा पनि कतिपय जिल्लाबासीले डिम्याट खाता नै नखोलेको तथा कतिपयले डिम्याट खाता खोलेपनि आयोजनाको शेयर उक्त खातामा जम्मा गराइनसकेकाले जिल्लाका ९ वटै स्थानीय तहका ७४ वटै वडामा वित्तिय क्षेत्रका जनशक्ति परिचालन गरि डिम्याट खोल्ने, शेयर रकम डिम्याटमा जम्मा गराउने र सँगै हकप्रद शेयर संकलन गर्ने निर्णय भएको दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । वडामा खटाइने जनशक्तिको व्यवस्थापन शेयर संकलनको जिम्मा पाएको वित्तिय संस्था सनराइज क्यापिटलले गर्ने छ । आबश्यक तयारीपछि स्थानीय तहहरुको समन्वयमा गाउँगाउँमा टोली पठाइने तयारी भएको छ । दोलखाबासीले लगानी गरेको १० प्रतिशत शेयर माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माणस्थल , पहुँचमार्ग तथा प्रशारणलाइन निर्माण भएको क्षेत्र र अन्य गरी क, ख र ग ३ भागमा विभाजन गरी शेयर संकलन गरिएको थियो । जसअनुसार क वर्गले अधिकतम १ सय कित्ता ख ले अधिकतम ४८ कित्ता र ग वर्गका जिल्लाबासीले अधिकतम ३४ कित्ता शेयर लगानी गरेका थिए । आयोजनाका अनुसार त्यसबेला जिल्लाबासीको तर्फबाट मात्रै २ लाख ७६ हजार दोलखालीले माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा लगानी गरेका थिए । एक बराबरी एक को अनुपातमा उनिहरुले उत्तिकै हकप्रद लगानी गर्न पाउने छन् ।
हकप्रद शेयर जारी गर्ने सम्बन्धि आयोजित सर्बपक्षिय बैठकमा प्रतिनिधिसभा सदस्य गंगा कार्की, प्रदेशसभा सदस्यहरु कुन्दनराज काफ्ले, भरत केसी ठुला थामी,स्थानीय तहका प्रमुखहरु, राजनीतिक दलका प्रमुख माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतम , शेयर निष्काशनको जिम्मा पाएको सनराइज क्यापिटलका प्रमुख विजयलाल श्रेष्ठ लगाएत दोलखाका अन्य सरोकारवालाहरु सहभागी थिए ।
कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालिङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद शेयर बिक्री गर्ने तयारी गरेको हो । कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, दोलखा जिल्लावासीको १० प्रतिशत, नेपाल टेलिकमको छ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको समान दुई÷दुई प्रतिशत शेयर रहेको छ । यस्तै सर्वसाधारणको १५ प्रतिशत , तथा २४ प्रतिशत शेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको रहेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

कालिञ्चोक खतिवडा सेवासमाजको प्रथम साधारण सभा, रेबन्तीको नेतृत्वमा नयाँ कार्यसमिति

shyam khatiwada

दसैं देखि तलब खान नपाएका विगुका शिक्षकले भने काम गरेको पारिश्रमिक कहिले पाइन्छ सरकार

shyam khatiwada

गठबन्धनका उम्मेद्वारलाई भारी मतले विजय गराउन कांग्रेस केन्द्रिय सदस्य शिवाकोटीको आग्रह

shyam khatiwada
Gaurishankar Post