Gaurishankar Post
नेपाल समाचार स्थानीय समाचार

तामाकोसी पाचौं जलविद्युत आयोजनामा मजदुर र ठेकेदारबिच सहमति, बुधबारदेखि आयोजनाको काम सुचारु हुने



श्याम खतिवडा
दोलखा ५ फागुन
,,,
एक साता देखी विभिन्न पेशागत मागहरु राखेर सबै काम बन्द गर्दै आन्दोलनमा उत्रिएका तामाकोसी पाँचौ जलविद्युत आयोजनाका मजदुर र ठेकेदार कम्पनी सिनो हाईड्रो बिच श्रमिकका सबै मागहरु सम्बोधन गर्ने सहमति भएको छ ।
रोजगारी सम्झौता लगाएतका पेशागत मागहरु अघि सार्दै आन्दोलनमा उत्रिएका नेपाली मजदुर र ठेकेदार कम्पनी सिनो हाईड्रो केएसएनएस जेभी बिच मंगलबार आयोजना निर्माणस्थल विगु ४ सुरीटारमा सहमति भएको हो । नेपालको प्रचलित श्रम ऐन अनुसार आयोजनामा खटिने नेपाली मजदुरलाई तोकिएको सेवा सुबिधा उपलब्ध गराउने सहमति पछि बुधबारबाट आयोजनाका सबै काम सुचारु हुने भएको हो । मजदुरहरु आन्दोलनमा उत्रिएपछि एक सातादेखि तामाकोसी पाचौं आयोजनाका सम्पुर्ण काम पुर्ण रुपमा बन्द भएको थियो ।
मंगलबार सम्पन्न बार्तामा मजदुर र ठेकेदार कम्पनीबिच नेपाल सरकारले तोकेको ८ घण्टा श्रम गरेबापत श्रम ऐन अनुसारको पारिश्रमिक उपलब्ध गराउने , वार्षिकरुपमा ज्याला वृद्धि गर्ने ,दुर्घटना बिमा गर्ने , चाडपर्व खर्च उपलब्ध गराउने , औषधी उपचार बिमा गरिने , मजदुरहरुलाई किरिया बिदा , सुत्केरी बिदा दिने जस्ता श्रम ऐनमा उल्लेख भएका सामान्य सुविधा सहित रोजगारी सम्झौता उपलब्ध गराउने लिखित सहमति भएको नेपाली मजदुरहरुका अगुवा जिवन मगरले जानकारी दिएका छन् । उनका अनुसार बुधबारबाट आयोजनाका सबै काम सुचारु हुने छन् । सहमति पत्रमा आयोजना निर्माणको जिम्मा पाएको सिनो हाइड्रो केएसएनएस जेभीका तर्फबाट प्रोजेक्ट मेनेजर छेन, सोसिएल मेनेजर जाङ र नेपाली मजदुरको तर्फबाट मदनकुमार श्रेष्ठ ,जीवन मगर , दुर्गा प्रसाद आचार्य, अशोक सुबेदी, किरण ठकुरी र रन्जित ठकुरीले हस्ताक्षर गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

वैतेश्वर जग्गा प्रकरण , छानविन समितिले गर्यो प्रतिबेदन सार्वजनिक

shyam khatiwada

सिंगटी खोलाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो

shyam khatiwada

माथिल्लो तामाकोसी आयोजनाका कर्मचारीको आन्दोलन फिर्ता

shyam khatiwada
Gaurishankar Post