Gaurishankar Post
नेपाल समाचार स्थानीय समाचार

तामाकोसी पाचौं जलविद्युत आयोजनामा मजदुर र ठेकेदारबिच सहमति, बुधबारदेखि आयोजनाको काम सुचारु हुने



श्याम खतिवडा
दोलखा ५ फागुन
,,,
एक साता देखी विभिन्न पेशागत मागहरु राखेर सबै काम बन्द गर्दै आन्दोलनमा उत्रिएका तामाकोसी पाँचौ जलविद्युत आयोजनाका मजदुर र ठेकेदार कम्पनी सिनो हाईड्रो बिच श्रमिकका सबै मागहरु सम्बोधन गर्ने सहमति भएको छ ।
रोजगारी सम्झौता लगाएतका पेशागत मागहरु अघि सार्दै आन्दोलनमा उत्रिएका नेपाली मजदुर र ठेकेदार कम्पनी सिनो हाईड्रो केएसएनएस जेभी बिच मंगलबार आयोजना निर्माणस्थल विगु ४ सुरीटारमा सहमति भएको हो । नेपालको प्रचलित श्रम ऐन अनुसार आयोजनामा खटिने नेपाली मजदुरलाई तोकिएको सेवा सुबिधा उपलब्ध गराउने सहमति पछि बुधबारबाट आयोजनाका सबै काम सुचारु हुने भएको हो । मजदुरहरु आन्दोलनमा उत्रिएपछि एक सातादेखि तामाकोसी पाचौं आयोजनाका सम्पुर्ण काम पुर्ण रुपमा बन्द भएको थियो ।
मंगलबार सम्पन्न बार्तामा मजदुर र ठेकेदार कम्पनीबिच नेपाल सरकारले तोकेको ८ घण्टा श्रम गरेबापत श्रम ऐन अनुसारको पारिश्रमिक उपलब्ध गराउने , वार्षिकरुपमा ज्याला वृद्धि गर्ने ,दुर्घटना बिमा गर्ने , चाडपर्व खर्च उपलब्ध गराउने , औषधी उपचार बिमा गरिने , मजदुरहरुलाई किरिया बिदा , सुत्केरी बिदा दिने जस्ता श्रम ऐनमा उल्लेख भएका सामान्य सुविधा सहित रोजगारी सम्झौता उपलब्ध गराउने लिखित सहमति भएको नेपाली मजदुरहरुका अगुवा जिवन मगरले जानकारी दिएका छन् । उनका अनुसार बुधबारबाट आयोजनाका सबै काम सुचारु हुने छन् । सहमति पत्रमा आयोजना निर्माणको जिम्मा पाएको सिनो हाइड्रो केएसएनएस जेभीका तर्फबाट प्रोजेक्ट मेनेजर छेन, सोसिएल मेनेजर जाङ र नेपाली मजदुरको तर्फबाट मदनकुमार श्रेष्ठ ,जीवन मगर , दुर्गा प्रसाद आचार्य, अशोक सुबेदी, किरण ठकुरी र रन्जित ठकुरीले हस्ताक्षर गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

पहिरो प्रभावित क्षेत्र झमार्सी पुगे मन्त्री काफ्ले ,अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्न निर्देशन

shyam khatiwada

भीममावि दोलखाका पूर्व बिद्यार्थी शनिबार धुम्बाराहीमा जुट्दै, सबैलाई सहभागी हुन अपिल

shyam khatiwada

अधिकारीको लामो पहलपछि कांग्रेसमा पर्यटन व्यवसायी संघले पायो शुभेच्छुक संस्थाको मान्यता

shyam khatiwada
Gaurishankar Post