Gaurishankar Post
राजनीति समाचार

दोलखाका मुख्य दलले टुंग्याए उम्मेद्वार,यी हुन सिफारिसमा परेका नेता


श्याम खतिवडा
दोलखा २४ भदौ
,,,
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको सदस्य निर्वाचनमा दोलखाका मुख्य मुख्य राजनीतिक दलहरुले उम्मेद्वार सिफारिस टुंग्याएका छन् ।
दोलखामा सकृय दलहरु नेपाली कांग्रेस , नेकपा एमाले , नेकपा माओबादी केन्द्र , नेकपा एकिकृत समाजबादी र राप्रपाले आ आफ्ना दलहरुबाट संघ र प्रदेशमा उम्मेद्वार सिफारिस टुंग्याएका हुन् । प्रतिनिधि सभामा एकमात्र निर्वाचन क्षेत्र रहेको पहाडी जिल्ला दोलखामा प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा एक र प्रदेश सभामा २ जना निर्वाचित हुनेछन् ।
कांग्रेसबाट संघमा ११ र दुई प्रदेशमा २९ जनाको नाम सिफारिस
नेपाली कांग्रेस दोलखाले एक साता अघि पाटीको जिल्ला कार्य समितिको बैठक आयोजना गरि आकांक्षी नेताहरुको नाम प्रदेश र केन्द्रमा सिफारिस गरेको छ । कांग्रेसले प्रतिनिधि सभामा पाटीका केन्द्रिय सदस्यहरु जिपछिरिङ लामा, कुन्दनराज काफ्ले , अजयबाबु शिवाकोटी जिल्ला सभापति बर्मा लामा पुर्व सभापतिहरु तारा बहादुर कोइराला, उद्धब काफ्ले र रुद्र खड्कालाई प्रत्यक्ष पुरुष तर्फ र लक्ष्मी कुमारी तामाङलाई प्रत्यक्ष महिला तर्फ सिफारिस गरेको छ । त्यस्तै समानुपातिक तर्फ प्रभुराम श्रेष्ठ , पुस्कर खड्का र सुमित्रा न्यौपानेको नाम सिफारिस गरेको दोलखा कांग्रेसका सचिब दावासांगे शेर्पाले जानकारी दिए । प्रदेश तर्फ प्रदेश क मा भबेन्द्र कार्की , ताराकुमार खड्का , भुवन केसी र विनिता अधिकारी लाई प्रत्यक्षमा सिफारिस गरेको छ । प्रदेशको समानुपातिक तर्फ शुक्र तामाङ, शुदर्शन कार्की , शोनाम शेर्पा , केदार सुनुवार , हस्तलाल लामा, तारा थपलिया , रोचना उप्रेती , लिलादेबी जिरेल र सुमित्रा तामाङको नाम सिफारिस भएको छ । प्रदेश ख को प्रत्यक्षमा केशव चौलागाई , राकेश श्रेष्ठ , प्रभुराम श्रेष्ठ , सन्तोष पाण्डे , युधिष्ठिर खड्का र कुलराज थापाको नाम सिफारिसमा परेका छन् । समानुपातिकमा चित्र बहादुर कार्की , जिल्ला सचिब दावासांगे शेर्पा , रामकुमार नेपाली , सिताराम ठकुरी , कबिराज थामी , अनिता श्रेष्ठ , सुनिता नेपाली , मोति मोक्तान उर्मिला कार्की र छिरिङ शेर्पाको नाम सिफारिस गरिएको सभापति चित्र दाहालले जानकारी दिए ।
एमालेका तर्फबाट संघमा १६ र दुई प्रदेशमा ३० जनाको नाम सिफारिस
सोमवार सम्पन्न जिल्ला कमिटीको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनक लागि बाहलवाला सांसदसहित प्रत्यक्ष र समानुपातिक गरी १६ जनाको नाम सिफारिस गरेको छ ।
संघीय निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस हुनेहरुमा पूर्व मन्त्रीहरु आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेत, केन्द्रीय सदस्य रचना खड्का, पुर्व जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल, केन्द्रीय लेखा आयोगका सदस्य शान्ति पाख्रिन, केन्द्रीय सम्पर्क समन्वय कमिटीको अध्यक्ष श्याम बस्नेत, पूर्व जिल्ला कमिटी सचिव भरत दुलाल रहेका छन् ।
यसैगरी संघको समानुपातिक तर्फ ईश्वरी रिजाल, जितबिर लामा, उर्मिला थामी, दिव्यध्वज कार्की, रोचकुमारी चौलागाई, शारदा राना भुजेल, सहदेब खड्का, हर्कमान पाख्रिनको नाम सिफारिस गरेको एमाले दोलखाले जनाएको छ . ।
प्रदेशसभा निर्वाचन क्षेत्र (क) को प्रत्यक्ष निर्वाचन क्षेत्रतर्फ ४ जनाको नाम सिफारिस गरेको छ । जसमा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, युवा नेता विदुर शमा, जिरी नगरका पुर्वमेयर टंक जिरेल र पुर्व शिक्षक जीबसराज खड्का रहेका छन् ।
यसैगरी समानुपातिक तर्फ अम्विका गोले, उर्मिला सुनुवार, शान्तिकुमारी तामाङ, लक्ष्मण गुभाजु, सुन्दर कार्की, नविना तामाङ गोले, डिल्लीध्वज बराईली, हरिबहादुर जिरेल, रामबहादुर श्रेष्ठ, मिङमा शेर्पा, रमेश सुनुवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सभा ख निर्वाचन क्षेत्रमा एमाले प्रदेश कमिटी सदस्यहरु लालकुमार केसी, वालकृष्ण शिवाकोटी, डबल पाण्डे, भरत केसी र कैलाश श्रेष्ठ रहेका छन् । समानुपातिक तर्फ चिरञ्जीवि मास्के, कालिका पाठक, ठुला थामी, कृष्णकुमारी थामी, थिर बहादुर मोक्तान, दिनेश बस्नेत, टेक बहादुर घतानी, पार्वती खड्का, डा. जानुका न्यौपाने, मेनुका सुवेदी र कृष्ण बहादुर श्रेष्ठ रहेका छन् ।
माओबादी केन्द्रबाट संघ र प्रदेशमा ४० जनाको सिफारिस
नेकपा माओबादी केन्द्र जिल्ला समन्वय कमिटीको सामेवार बसेको बसेको बैठकले जिल्लाको एक मात्र निर्वाचन क्षेत्र रहेको प्रतितिधिसभा तर्फ ६ जनाको नाम सिफारिसको सुचीमा राखेको छ । जसमा पोलिट व्युरो सदस्य देवी खड्का, गंगा कार्की विश्व, विशाल खड्का, शंकर लामा, गोपाल पाण्डे र हेम श्रेष्ठ रहेका छन् ।
यस्तै बैठकले संघको समानुपातिक तर्फ छिरिङ शेर्पा, नरबहादुर पाख्रिन, सोम बहादुर तामाङ, टेक बहादुर थामी र मेख बहादुर खातीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रले जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (क) को प्रत्यक्ष तर्फ आङ्गडेन्डी शेर्पा, बिमर्शराज कार्की प्रभात, बासुदेब पोखरेल आकास, भिम बहादुर श्रेष्ठ अबिरल, बलराम थापा, नविन जिरेल प्रतिक र हिमाली गोलेको नाम सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै समानुपातिक तर्फ भगवती प्रधान, रिता रिमाल, किशोर कुमार दहाल, कृष्ण बहादुर कार्की, लालकाजी तामाङ्ग, प्रेम थोकर, टंक खाती उद्धव, तेज बहादुर तमाङ्ग, भिमबहादुर श्रेष्ठ, लालकाजी तामाङ र टंकबहादुर खाती सिफारिस भएका छन् । यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) तर्फ गोपाल पाण्डे, कमल श्रेष्ठ, नरबहादुर पाख्रिन, नरेन्द्र श्रेष्ठको नाम तय भएको छ भने समानुपातिक तर्फ ढालबहादुर लामिछाने, रिता रिमाल, डोल्मा थामी, लक्ष्मी थामी, कमला कार्की, निला कुमार श्रेष्ठ, राजेन्द्र नेपाली, शान्ता कार्की र सोमबहादुर तामाङको नाम सिफारिस भएको छ ।
नेकपा एसबाट संघको प्रत्यक्षमा शिब भण्डारी सर्बसम्मत
नेकपा एकिकृत समाजबादीले प्रतिनिधि सभा सदस्यका लागी पाटीका पोलिटव्युरो सदस्य शिवप्रसाद भण्डारीको नाम सर्बसम्मत सिफारिस गरेको छ । जिल्ला उपाध्यक्ष घनश्याम रिजालका अनुसार प्रत्यक्षमा शिव प्रसाद भण्डारी समानुपातिक तर्फ संगिता पाख्रिन , दिपक धनुके र सिर्जना र्काी सिफारिस भएका छन् । त्यस्तै प्रदेश सभा क को प्रत्यक्ष तर्फ गोपाल न्यौपाने , चुनु केसी, भिम दाहाल र सोम प्रसाद फुयालको नाम सिफारिस भएको छ । प्रदेश सभा ख को प्रत्यक्ष तर्फ भुवनसिंह थापा, दिनेश शिवाकोटी, घनश्याम रिजाल , कृष्ण बस्नेत र भवानी कार्कीको नाम सिफारिस भएको नेकपा एकिकृत समाजबादी दोलखाले जनाएको छ । दुवै प्रदेश निर्वाचन क्षेत्रको समानुपातिक तर्फ करुणा दर्नाल, तारा तामाङ, जतना खड्का , शुसिला शर्मा , गोमा दाहाल, रमेश कार्की लगाएत छन् ।
राप्रपाबाट २८ जना सिफारिस
राष्ट्रिय प्रजातन्त्र पाटी दोलखाबाट संघ र प्रदेशमा २८ जना नेताहरु सिफारिस भएका छन् । प्रतिनिधिसभा प्रत्यक्ष तर्फ विजय खड्का, कुमार कार्की, तारादेबी बस्नेत र समानुपनतिक तर्फ सष्टिका कार्की, दिपक कालिकोटे, ठाकुर शिवाकोटी , सपना घतानी र रुकु पाण्डे सिफारिस भएका छन् । त्यस्तै प्रदेश सभा क तर्फ प्रत्यक्षमा राम तामाङ, भरत उप्रेती , निरोज कोइराला र सृष्टी न्यौपाने छन भने समानुपातिक तर्फ प्रविण थोकर बल बहादुर तामाङ, छत्र तामाङ, सोनिका श्रेष्ठ र होम केसी छन् । त्यस्तै प्रदेश सभा ख मा राजन शिवाकोटी, भाष्कर पाण्डे, मन्द थपलिया छन भने समानुपातिकमा शुन्दर प्रकाश खड्का , देबकी बुढाथोकी, विष्णु श्रेष्ठ , किरण शाही , विना मुग्राती, देबेन्द्र खड्का , विरशंकर शाही र मोनिका श्रेष्ठ सिफारिसमा परेको जनाइएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

माथिल्लो तामाकोसीको डिसेण्डर बेसिनमा पानी भर्न सुरु, दोलखा कांग्रेसको बिरोध

shyam khatiwada

दोलखाको खारेमा पहिरो एक मजदुरको मृत्यु दर्जनौं घर बिस्थापित

shyam khatiwada

भीमेश्वरमा जनतालाई दुख दिने गरि ठुला सभा नगर्ने गठबन्धनको तयारी , २७ सय स्वयंसेबक घर घर खटीए

shyam khatiwada
Gaurishankar Post