Gaurishankar Post
अर्थ र बाणिज्य नेपाल समाचार

दोलखाका स्वास्थ्य संस्थाहरुलाई इपानको स्वास्थ्य सामाग्री सहयोग


श्याम खतिवडा
दोलखा १५ असार
,,
स्वतन्त्र उर्जा उत्पादकहरुको साझा संस्था इपानले कोभिड महामारी नियन्त्रणका लागि दोलखाका स्वास्थ्य संस्थाहरुलाई अत्याबश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
मंगलबार इपानका तर्फबाट सिंगटी जलविद्युत आयोजनाको टोलीले दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेलाई अत्याबश्यक उपकरण सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । इपानले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीहरुमा १८ थान ठुलो अक्सिजन सिलिण्डर, १ थान अक्सिजन कन्सन्टेटर, अक्सोमिटर ५ थान र ५ थान पिपिइ सेट रहेको इपानका उपाध्यक्ष एवं सिंगटी हाइड्रोपावरका कार्यकारी निर्देशक गणेश कार्कीले जानकारी दिए ।
मंगलबार इपानको तर्फबाट सिंगटी जलविद्युत आयाजनाका प्रतिनिधिहरु मन्दिप खनाल, बिलभराज गौतम र सब्रिनराज गौतमले उल्लेखित स्वास्थ्य सामाग्रीहरु दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेलाई हस्तान्तरण गरेका थिए । सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले महामारीको बेलामा अत्याबश्यक स्वास्थ उपकरण सहितका सामाग्रीहरु उपलब्ध गराएकोमा इपानप्रति आभार व्यक्त गरेका छन् । उनले ति सामाग्रीहरु जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई आबश्यकताको आधारमा वितरण गर्ने जनाएका छन् ।
उपाध्यक्ष कार्कीका अनुसार महामारी नियन्त्रणका लागि इपानले आफ्ना सदस्य आयोजना भएका सबै जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । इपानले कोभिड १९ राहत कोष नै स्थापना गरेर आबश्यक स्वास्थ्य सामाग्री वितरण गरेको उपाध्यक्ष कार्कीले बताएका छन् । इपानले यसअघि महामारी नियन्त्रणकै लागि प्रधानमन्त्री राहत कोषमा १ करोड रकम सहयोग गरेको जनाइएको छ ।
फोटो
सामाग्री बुझ्दै दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे । तस्बिर- Gaurishankarpost.com ।

याे पढ्न छुटाउनु भयाे की ?

लापिलाङका पहिरोपिडितलाई कांग्रेस सांसद जिपछिरिङ लामाको राहत सहयोग

shyam khatiwada

आयुर्वेद चिकित्सालय दोलखामा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको बजेट अनियमितता

shyam khatiwada

मोटरसाइकल र जिप ठोक्किँदा दोलखाको विगुका एक युवकको मृत्यु

shyam khatiwada
Gaurishankar Post