Gaurishankar Post
समाचार

दोलखाको खारेमा पहिरो एक मजदुरको मृत्यु दर्जनौं घर बिस्थापित


श्याम खतिवडा
दोलखा २३ साउन

दोलखाको गौरीशंकर गाउँपालिका स्थित खारे गाउँमा आएको पहिरोमा परि एक मजदुरको मृत्युु भएको छ भने दर्जनौंको संख्यामा घरहरु बिस्थापित भएका छन् ।
गाउँपालिकाको वडा नम्बर ८ स्थित खारे गाउँको टुइनटारमा गए राति पहिरो जादा एक मजदुरको मृत्यु हुनका साथै दर्जन धेरै घरहरु बिस्थापित भएका हुन् । पहिरोमा परि अन्य ३ जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका–८, स्थायी घर भई सिंगटीको ग्रील उद्योगमा कार्यरत सुनखानीका २८ बर्षिय सुरेश शिवाकोटी रहेको प्रहरीले जनाएको छ । मृतक शिवाकोटी सिगटीबजारको एक ग्रिल उद्योगमा कार्यरत रहेको र कामको सिलसिलामा टुनिटार पुगेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । पहिरोमा परेका शिबाकोटीको घटनास्थलमानै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रमुख सुनजित तामाङले जानकारी दिए । बस्ती माथीबाट आएको पहिरोले दर्जनौं घरहरु बिस्थापित गरेको छ ।
प्रहरीका अनुसार गौरीशंकर ६ स्थित गुरुम्फी बजारमा नजिकैको सुरी खोलाको बाढीले क्षति पुर्यएको छ । खोलको बाढी बजारमा छिर्दा एक स्वास्थ्यचौकी सहित दर्जन बढी घरमा क्षति पु¥याएको स्थानीयहरुले बताएका छन् ।
जलविद्युत आयोजनामा समेत क्षती , साइरनमा खतराको संकेत
पहिरोका कारण दोलखाको उत्तरी क्षेत्रमा निर्माणाधिन तथा सम्पन्न भैसकेका दर्जनौं जलविद्युत आयोजनाहरुमा समेत क्षेति पुगेको छ । लगातारको वर्षातका कारण तामाकोसी नदिको बहाब बढेपछि नदि किनारमा राखिएका साइरनहरुमा समेत खतराको संकेत देखा परेको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले रातिदेखिनै नदि आसपासका क्षेत्रमा बसोबास गरिरहेका स्थानीयहरुलाई सुरक्षित हुन आग्रह गर्दै उच्च सुरक्षा सतर्कता अपनाइएको बताएका छन् । प्रजिअ शर्माले अझै केहि दिन पानिको बहाब बढ्न सक्ने भन्दै सुरक्षित हुन सबैलाई आग्रह समेत गरेका छन् । उनका अनुसार अन्य क्षेतीको थप विवरण संकलन भैरहेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

कुरीका होटलको सरकारी अनुगमन , जनैपुर्णिमा सम्म अनिवार्य मेनु राख्न निर्देशन

shyam khatiwada

माथिल्लो तामाकोसीबारे प्रधान्मन्त्रीज्युले बुझ्नै पर्ने विषय

shyam khatiwada

नेता जिपछिरिङ जसको सहयोगले दोलखामा २ चरणको कोरोना सहजै पार भयो

shyam khatiwada
Gaurishankar Post