Gaurishankar Post
ब्रेकिंग राजनीति

दोलखाको गौरीशंकर गाउँपालिकाका ९ वटै वडामा मतदान सुरु , हालसम्म ८ सय २१ मत खस्यो


श्याम खतिवडा ,
दोलखा १६ मंसिर
,,,
स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदको निर्वाचन ९ वटै वडामा मतदान सुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय दोलखाका निमित्त जिल्ला निर्वाचन अधिकारी विशाल केसीका अनुसार विहान तोकिएको समय अर्थात ७ बजेबाटै ९ वटा वडाका १२ मतदान स्थलका २१ मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार विहान ८ ः ३० बजेसम्म सबै मतदान केन्द्रमा ८ सय २१ मत खसेको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित श्यामसुन्दर तामाङको हृदयघातका कारण गतवर्ष निधन भएपछि उक्त पदमा आज निर्वाचन हुन लागेको हो ।
गाउँपालिका उपाध्यक्ष पदका लागि हुन लागेको निर्वाचनमा ७ राजनीतिक दल र ९ जना स्वतन्त्र गरि १६ जना चुनावी प्रतिस्पर्धामा उभिएका छन् ।
उपनिर्वाचनमा नेपाली कांग्रेसले स्व। श्यामसुन्दर तामाङ्की श्रीमती पासदिकी तामाङलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेकी उमा मगर शेर्पा , माओवादी केन्द्रकी निमलेकी शेर्पा , रास्वपाकी गोमा श्रेष्ठ , नेकपा समाजबादीकी रबिना खड्का, राप्रपाकी मनकुमारी श्रेष्ठ र जनता समाजबादी पाटीका सपना कार्की चुनावी प्रतिस्पर्धामा छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारको संख्या ९ जना रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।
१५ हजार ७ सय १८ मतदाता रहेको गौरीशंकर गाउँपालिकामा मुख्य ३ दलबिचनै प्रतिस्पर्धा हुने देखिएको छ ।।

याे पढ्न छुटाउनु भयाे की ?

अधुरो कार्यकाल पूरा गरि सुदृढ कांग्रेस बनाउन सचिबमा उम्मेदवारी दिए- आचार्य

shyam khatiwada

सहकारीको बचत लुटेर भागेका १८ जनालाई सम्पर्कमा ल्याउन छानबिन समितिको निर्देशन

shyam khatiwada

नेकपा समाजबादी दोलखाको अध्यक्षमा दहाल, २५१ सदस्यीय जिल्ला कमिटी घोषणा

shyam khatiwada
Gaurishankar Post