Gaurishankar Post
समाचार स्थानीय समाचार

दोलखाको सिंगटीमा तरुण दलको मार्चपास , १ सय १ सदस्यीय पालिका समिति गठन


दोलखा ७ भदौ
नेपाली कांग्रसको मुख्य भातृ संगठन नेपाल तरुण दलले सोमबार दोलखाको उत्तरी ब्यापारिक केन्द्र सिंगटी बजारमा बृहत तरुण भेला तथा मार्चपास सहितको शक्ति प्रदर्शन गरेको छ । तरुण दल विगु गाउँपालिकाद्धारा आयोजित कार्यक्रममा गाउँपालिका भित्रका संयौको संख्यामा उपस्थीत भएका तरुण युवाहरुले सिंगटी बजार क्षेत्रमा मार्च पास सहितको शक्ति प्रदर्शन गरेका हुन् । नेपाल तरुण दल विगुका अध्यक्ष विपिन थापाको अध्यक्षतामा भएको कार्यक्रममा विगु गाउँपालिकाका ८ वटै वडाबाट संयौको संख्यामा युवाहरु उपस्थित भएका थिए । भेलामा नेपाली कांग्रेसका जिल्ला नेताहरु रुद्र बहादुर खड्का , तारा बहादुर कोइराला , बर्मा लामा ईश्वर मानन्धर , तरुण दल जिल्ला अध्यक्ष दावासांगे शेर्पा कांग्रेस नेता एवं विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का लगाएतका नेताहरुले सम्बोधन गरेका थिए । तरुण भेलाको अवसरमा एक सय एक सदस्यीय नेपाल तरुण दल विगु गाउँपालिका समिति गठन गरिएको छ । समितिको अध्यक्षमा विपिन थापा , उपाध्यक्ष द्धय रबिन बस्नेत , विष्णु तामाङ निर्विरोध निर्वाचित भएका छन् । समितिको सचिबमा लालसन तामाङ र उपेस खड्का छन भने सहसचिब सानु तामाङ र कोशाध्यक्षमा तारा बहादुर खड्का निर्विरोध निर्वाचित भएकोे अध्यक्ष विपिन थापाले जानकारी दिएका छन् । समितिको बाँकी सदस्यहरुमा गाउँपालिकाका ८ वटै वडामा रहेका सकृय युवाहरु रहेको तरुण दल दोलखाका अध्यक्ष दावासांगे शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार सोमबारनै लादुक , बुलुङ र ओराङ को तरुण दल वडा समिति समेत गठन गरिएको छ । तरुण दल लादुकको अध्यक्षमा भिम बहादुर तामाङ, बुलुङ को अध्यक्षमा पाल्देन तामाङ र ओराङ को अध्यक्षमा बलप लामा सहितको कार्यसमिति गठन भैसकेको छ । कार्यक्रममा सहभागी नेताहरुले जिल्लाभर तरुण दल गठन गरि सकृयताका साथ संगठन निर्माणमा लाग्ने उद्घोष समेत गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

समुन्नत दोलखा बनाउने सपना गठबन्धनबाटमात्रै पुरा हुन्छ – नेता खड्का

shyam khatiwada

एमसीसीमा अमेरिकाको आशय र नेपाली जनता को चिन्ता के हो ?

shyam khatiwada

सुनखानी साङ्बा सडकको बाबरे लामिडाँडा खण्डबाट कालोपत्रेको काम सुरु

shyam khatiwada
Gaurishankar Post