१५ प्रकारका सेवाहरु निशुल्क प्रवाहा गरिने
दोलखा १५ मंसिर
दोलखाको उत्तरी क्षेत्रस्थित मुख्य ब्यापारिक केन्द्र सिंगटी बजारमा १५ सैंयाको सरकारी अस्पताल उद्घाटन गरिएको छ ।
सरकारले प्रत्येक स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेसँगै यस अघि प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेको सिंगटी अस्पताललाई आबश्यक सेवा प्रवाहा गर्ने गरि उद्घाटन गरिएको हो । सोमबार बागमती प्रदेशका सांसद पशुपति चौलागाइले एक भब्य समारोहका बिच सिंगटी अस्पतालको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सांसद चौलागाइले दोलखाको उत्तरी क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा लिन सहज भएको बताउदै सरकारले उक्त अस्पताललाई प्रभाबकारी ढंगले सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने जनाएका छन् । उनले यसअघि प्राथमिक स्वास्थ्य केन्द्र रहँदाको भन्दा अस्पतालनै बनेपछि १५ प्रकारका सेवाहरु निशुल्क रुपमा वितरण हुने जनाएका छन् । चौलागाइले अस्पतालको नियमित व्यवस्थापनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष ६० लाख बजेट विनियोजन गरेको सुनाउदै आगामी वर्ष उक्त बजेट थप बृद्धि गर्दै लैजाने आस्वासन दिएका छन् ।
यसअघि भारतिय राजदुताबासले निर्माण गरेको भबनबाट सञ्चालन हुदै आएको प्राथमिक स्वास्थ्य केन्द्र सरकारको निर्णयअनुसार अस्पतालको रुपमा सञ्चालन हुने गरि उद्घाटन गरिएको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीले जानकारी दिए । थामीले उक्त अस्पतालको व्यवस्थापन कालिञ्चोक गाउँपालिकालेनै गर्दै आएको र आगामी दिनमा पनि अझ धेरै प्रभाबकारी ढंगले गर्दै जाने बताएका छन् । अस्पतालबाट प्रशुति सेवा , अन्तरंग सेवा , आकस्मिक सेवा , प्रयोगशाला, फार्मेसी , परिवारनियोजन , लगाएत १५ प्रकारका सेवाहरु निशुल्क प्रवाहा हुने कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ओलीले बताएका छन् । अस्पताल स्थापना भएसँगै दोलखाको उपल्लो उत्तरीक्षेत्रका नागरिकहरुलाई ठुलो राहत भएको नेकपाका जिल्ला नेता समेत रहेका स्थानीय कुल बहादुर बुढाथोकीले बताए । उनले अस्पतालको नियमित व्यवस्थापनमा प्रदेश र संघिय सरकारको ध्यानाकर्शणसमेत गराएका छन् । अस्पताल उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कालिका पाठक , नेकपाका नेता कुल बहादुर बुढाथोकी , कालिञ्चोक गाउँपालिकाका वडाअध्यक्षहरु लगाएत स्थानीयहरुको सहभागिता थियो ।
संस्थापक अध्यक्षले सुरु गरे अक्षय कोष
अस्पताल निर्माणका लागि सुरुवातदेखिनै पहल कदमी गर्दै आएका सिंगटी अस्पताल व्यवस्थापन समितिका संस्थापक अध्यक्षसमेत रहेका समाजसेबी आत्मकृष्ण श्रेष्ठले २ लाखको अक्षयकोष स्थापना गरेका छन् । गरिब तथा विपन्न समुदायका सदस्यहरुको उपचारमा खर्चिने गरि श्रेष्ठले आत्माकृष्ण÷रुपा अक्षयकोषको नाममा २ लाख रुपैंयाको कोष स्थापना गरेका छन् । अस्पतालमा अहिले करार र स्थायी गरि जम्मा २६ जना स्वास्थ्य कर्मचारीहरु कार्यरत छन् ।
फोटो
सिंगटी अस्पताल उद्घाटन गर्दै बागमती प्रदेशका सांसद पशुपति चौलागाई ।।