Gaurishankar Post
ब्रेकिंग

दोलखाबाट छुटेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २० जना घाइते



दोलखा २० माघ
दोलखाको विगु गाउँपालिकास्थित बुलुङ गाउँबाट राजधानी काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
मंगलबार दोलखाबाट काठमाडौं जादै गरेको बा ३ ख २७८९ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकास्थित ११ किलोमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन् । मंगलबार दिउँसो लामोसाँघु जिरी सडकखण्ड अन्तर्गतको ११ किलो भन्ने ठाउँमा बस दुर्घटना भएको थियो । घटनास्थलको सामान्य अवस्था हेर्दा तिब्र गतिको कारण हुनसक्ने अनुमान गरिएपनी थप अनुसन्धान भैरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना भएलगत्तै स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा घाइतेहरुलाई तत्कालै खाडिचौरस्थित सिन्धु सदाबाहर अस्पताल लगिएको थियो । दुर्घटना भएलगत्तै बस चालक भने फरार रहेकाले खोजी कार्य भैरहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामचन्द्र घिमिरेले जनाएका छन् । उनका अनुसार सिन्धु सदाबाहर अस्पतालमा सामान्य उपचारपछि सबै घाइतेहरुलाई राजधानी पठाइएको छ । घाइते हुनेहरुमा ११ पुरुष र ९ जना महिलाहरु रहेका छन् ।
घाइते हुनेहरुमा दोलखाको कालिञ्चोक ४ का कुमार बस्नेत, विगु ३ का जंग बहादुर पुरी , विगु ४ कै भक्त तामाङ , बल बहादुर तामाङ र रोहीत क्षेत्री , कालिञ्चोक ६ का रोषन थामी , भीनपा ७ का राधे शाही, गौरीशंकर ८ का पदम श्रेष्ठ र पार्बती लामा , बिगु ४ का करिष्मा नेपाली, मनिसा नेपाली , कालिञ्चोक ५ की तारा थापा , विगुकै शुसीला खड्का, शर्मिला कार्की रामेछापको गोकुलगंगा गाउँपालिकाकी शर्मिला नेपाली , शंकर मैनाली सुनापाती गाउँपालिकाका किण्ड लामा , भक्तपुर चागुनारायणका निर्माया तामाङ र बलेफी ६ सिन्धुपाल्चोकका सिताराम थापा रहेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

सरोकार समाजद्धारा कालिञ्चोक गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada

दोलखाबाट जन्ती लिएर गएको बस सिन्धुपाल्चोकमा दुर्घटना , ३ को मृत्यु ५२ जना घाइते

shyam khatiwada

दोलखाली व्यबसायी कार्कीद्धारा भक्तपुरको ठिमीमा निर्माण सप्लायर्सको सुभारम्भ

shyam khatiwada
Gaurishankar Post