Gaurishankar Post
ब्रेकिंग

दोलखाबाट जन्ती लिएर गएको बस सिन्धुपाल्चोकमा दुर्घटना , ३ को मृत्यु ५२ जना घाइते


श्याम खतिवडा
दोलखा ७ बैशाख
,,
दोलखाबाट जन्ति बोकेर सिन्धुपाल्चोकको पिस्कर तर्फ हिडेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।
दोलखाको भीमेश्वर नगरपालिका १ सुस्पाक्षमावति बाट बेहुला सहित ५५ जना बोकेर पिस्कर हिडेको बस शुक्रबार विहान तौथली बुलबुलेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्युु भएको हो । दुर्घटनामा ५२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता निरन्जन भट्टराईका अनुसार रोलवालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको बस तौथली बुलबुलेको सडक भन्दा अन्दाजी १०० मिटर तल झरेको थियो । दुर्घटनामा घाइते भएकाहरुलाई खाडीचौरस्थित सिन्धु सदाबाहर अस्पताल लगिएको छ भने मृतकको भने पहिचान भैसकेको छैन । दुर्घटनाको कारण बारे अध्ययन भैरहेको प्रहरी प्रवक्ता भट्टराईले जानकारी दिए । दुर्घटनामा घाइतेको उद्धार र व्यवस्थापन गर्न भीमेश्वर नगरका मेयर इश्वर मानन्धर यति घटनास्थल पुगेका छन् । उनले नगरका लागि ठुलो क्षती भएको बताएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

कांग्रेस बागमती प्रदेश सभाको प्रमुख सचेतकमा कुन्दनराज काफ्ले

shyam khatiwada

दोलखाको विगुमा निउरो टिप्न गएका बाबु छोरालाई पहिरोले पुर्यो, छोराको मृत्यु बाबु अझै वेपत्ता

shyam khatiwada

जेष्ठ नागरिक र अनाथ बालबालिकालाई न्यानो बाँड्दै दुई युवा

shyam khatiwada
Gaurishankar Post