Gaurishankar Post
खेलकुद ब्रेकिंग

दोलखामा आयोजना हुने राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिताको तयारी पुरा


श्याम खतिवडा
दोलखा १२ कार्तिक
,,,
हिमाली जिल्ला दोलखाको सदरमुकाम चरिकोटमा पहिलोपटक आयोजना हुन लागेको हाईअल्टिच्युड राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिताको तयारी पुरा भएको छ ।
प्रदेश खेलकुद परिषद र रिङ रेस्लिङ्ग संघको संयुक्त आयोजनामा यही कात्र्तिक १३ गते चरिकोटस्थित भ्युटावर खेलमैदानमा हुने हाईअल्टिच्युड राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिताको तयारी पुरा भएको हो । प्रतियोगितामा देशभरका १७ जना पुरुष तथा महिला रेसलरहरुले प्रतिष्पर्धा गर्ने रेस्लिङ संघकी केन्द्रिय महासचिब सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
खेल क्षेत्रको विकाससँगै कोभिड महामारीले थलिएको पर्यटन क्षेत्रलाई टेवा पु¥याउने उद्देश्यले दोलखामा प्रतियोगिता आयोजना गरिएको र प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको महासचिब श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता आयोजक टोलीले सर्वसाधरणहरुका लागि चरिकोट बजारबाट भ्युटावर खेलमैदानसम्म पुग्न २ वटा बसको समेत व्यवस्था गरेको छ । भ्युटावर खेलमैदानमा मञ्च व्यवस्थापन, साउण्ड सिस्टम जडान जस्ता सबै कामहरु सकिएको आयोजकले जनाएको छ । शुक्रबार सबै खेलाडीहरु सदरमुकाम भित्रीने र उनिहरुलाई भीमेश्वर नगरपालिकाले औपचारिक रुपमा स्वागत गर्ने कार्यक्रम रहेको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख भरत बहादुर केसीले एक औपचारिक कार्यक्रमका बिच स्वागत गर्ने भीमेश्वर नगरपालिकाले जनाएको छ । प्रतियोगिताको विभिन्न सञ्चार माध्यमहरुबाट प्रत्यक्ष प्रसारण समेत गरिने महासचिब श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा नुवाकोटे टाइगर,थागु, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु , सिजे, एमसी जोन लगाएतका महिला तथा पुरुष खेलाडीहरु सहभागी हुने जनाइएको छ । प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५० हजार , हार्डकोर च्याम्पियनले १ लाख २० हजार , मिडल वेट च्याम्पियनले ८५ हजार , ट्याग टिम च्याम्पियनले ७५ हजार , लाइट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा प्रदिप पाण्डे , विकास खड्का र शिसम मैनालीले रेफ्रीको भुमिका निर्वाहा गर्ने आयोजकले जनाएको छ ।
हिमाली जिल्लाहरुमा पनि रेस्लिङ खेलको विकास गराउन र २ हजार मिटर भन्दा माथिल्लो क्षेत्रमा रेस्लिङ आयोजना गरिनुका साथै नेपालमा रेस्लिङको विकास तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद परिषदले जनाएको छ । नेपालमा उत्पादीत खेलाडी अन्तराष्ट्रीय क्षेत्रमा प्रतिष्पर्धा गर्न योग्य बनाउने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको महासचिब श्रेष्ठको भनाई छ । प्रतियोगिता सम्पन्न गर्न २९ लाख बजेट खर्च हुने आयोजकको अनुमान रहेको र उक्त बजेट व्यवस्था भैसकेको जनाइएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

कालिञ्चोक अध्यक्षकप भलिबलको उपाधी कालिञ्चोक ‘ ए’ लाई

shyam khatiwada

कालिञ्चोकका जेष्ठ जनलाई कांग्रेस विपत व्यवस्थापन समितिको दसै राहत

shyam khatiwada

कालिञ्चोकका किसानलाई जुम्लाको स्याउको विरुवा

shyam khatiwada
Gaurishankar Post