Gaurishankar Post
कला र संस्कृति ब्रेकिंग

दोलखामा जेष्ठ नागरिक सेवाकेन्द्र सञ्चालनका लागि देवि भागवत महायज्ञ सुरु

श्याम खतिवडा 

दोलखा ७ जेठ ,,,

दोलखाको चर्नावती धाममा आईतवारबाट श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ सुरु भएको छ । 

चर्नावती धाममा रहेको जेष्ठ नागरिक सेवाकेन्द्र सञ्चालनको लागि आयोजना गरिएको हो ।  महायज्ञको मुख्य वाचक संस्कृतविद् विदुषी प्राध्यापक डाक्टर कान्ता भट्टराईले प्रवचन गर्ने कार्यक्रम रहेको  आयोजकले जनाएकाे छ । 

चर्नावती त्रिवेणी विकास तथा प्रवद्धन संघले आयोजना गरेको महायज्ञको उद्घाटन  गर्दै संस्कृतविद् जगमान गुरुङले धर्म संस्कृतिको रक्षा गर्न सकेमात्र समुन्नत मुलुक निर्माण हुने जनाएका छन् । आईतवार यश अघि निर्माण सम्पन्न भएको जेष्ठ नागरिक भबनको समेत उद्घाटन गरिएको छ ।  महायज्ञ उद्घाटन समारोहमा महायज्ञ सञ्चालन गर्न विशेष गरि आर्थिक , नैतिक र भौतिक ढंगले सहयोग गरेको भन्दै दोलखाको शैलुङ गाउँपालिका स्थायी घर भई हाल राजधानी बस्दै आएका समाजसेवी  सोवित उप्रेतीलाई विशेष सम्मान गरिएको महायज्ञ आयोजक मुल समारोह समितिका संयोजक कलाकार मदनदाश श्रेष्ठले जानकारी दिए ।  महायज्ञको समापनसंगै नयाँ आर्थिक बर्षबाट जेष्ठ नागरिक सेवाकेन्द्र सञ्चालन गरिने संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले जनाएका छन् ।  आईतवारनै नेकपा एकिकृत समाजवादीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले महायज्ञ स्थल तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको अवलोकन समेत गरेका छन्  ।

आयोजक समितिका संयोजक बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न महायज्ञ प्रारम्भ कार्यक्रममा संस्कृतविद् जगमान गुरुङ, पूर्व मन्त्रीहरु पार्वत गुरुङ, आनन्द पोखरेल,  प्रदेश सांसद भरत केसी , जिल्लास्थित राजनीतिक दलका नेताहरु, प्राध्यापक डा. कान्ता भट्टराई कांग्रेस नेता ताराबहादुर कोईराला, समाजसेवी शोभित उप्रेती, एमाले नेता बालकृष्ण शिवाकोटी, मेलुङ गाँउपालिका अध्यक्ष हिरा कुमार थोकर, शैलुङ गाँउपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला लगायतले मन्तव्य व्यक्त गरेका थिय ।

दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ७ चर्नावती धाम स्थित चर्नावती सामुदायीक बनको ४० रोपनी खाली पर्ती जग्गामा १६ वटा आवास कोठा, एक वटा भान्सा कोठा, तीन वटा हल र पाँच वटा सौचालय कोठा रहेको जेष्ठ नागरिक सेवा केन्द्र भवन सहित बिभिन्न संरचना निर्माण भै रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

तामाकोशी नदि किनारमा अवस्थित चर्नावती धाम रहेको ठाँउमा त्रेता युगमा राम– सिताको पाईला परेको विश्वास गरिन्छ । किंवदन्ति अनुसार बनवासको समय राम– सिता चर्नावती धाममा आएका थिए । चर्नावती धाम आसपास राम– सिताले खाना पकाएर खाएको चार मुखे ढुङ्गाको ठूलो चुलो, चौलानी जस्तो पानी बग्ने चामल पखाल्ने खोला र सिताको पाईला रहेको ढुङ्गा रहेको स्थानीयहरुले जानकारी दिए । 

अर्को किंवदन्ति अनुसार अयोध्यामा रामको राज्यभिषेकको बेला श्रृङ्गी ऋषि चाहिने भएपछि चर्नावती धाम आसपास रहेको अधेरी खोलाको सीरमा तपस्या गरिरहेका श्रृङ्गी ऋषिलाई लगिएको र पछि राम– सिता आफ्नो राज्यभिषेक गर्ने ऋषिको तपस्या स्थल हेर्न आउदा चर्नावती धाममा समेत बसेका किंवदन्ती छ ।

याे पढ्न छुटाउनु भयाे की ?

कालिञ्चोकमा यो वर्षकै पहिलोपटक हिमपात, पर्यटकलाई निम्तो

shyam khatiwada

भीमेश्वरको शिलामा एक वर्ष नपुग्दै २ पटक पसिना

shyam khatiwada

दोलखामा आयोजना हुने राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिताको तयारी पुरा

shyam khatiwada
Gaurishankar Post