Gaurishankar Post
ब्रेकिंग समाचार

दोलखामा थप १० दिन निशेधाज्ञा


कोभिड महामारीका लागि लामो समयदेखि निशेधाज्ञा गरिदै आएको दोलखामा थप १० दिन निशेधाज्ञा लगाइने भएको छ ।
जिल्ला संकट व्यवस्थापन समितिका अध्यक्ष एवं दोलखाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले थप १० दिन निशेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
समितिले असार ३१ गते राति १२ बजेदेखि साउन १० गते राति १२ बजेसम्म निशेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएकाले निशेधाज्ञा थप गरिएको विज्ञप्तीमा उल्लेख छ । यो पटक समेत थप हुँदा दोलखामा नवौं पटक निशेधाज्ञा गरिएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

गठबन्धनका उम्मेद्वारलाई भारी मतले विजय गराउन कांग्रेस केन्द्रिय सदस्य शिवाकोटीको आग्रह

shyam khatiwada

क्यान्सर पिडित महिलालाई तरुण नेता खड्काको आर्थिक सहयोग

shyam khatiwada

नेपालमा थप ६१ कोरोना संक्रमितको मृत्यु, ६२९५ संक्रमणमुक्त

shyam khatiwada
Gaurishankar Post