Gaurishankar Post
ब्रेकिंग समाचार

दोलखामा थप १० दिन निशेधाज्ञा


कोभिड महामारीका लागि लामो समयदेखि निशेधाज्ञा गरिदै आएको दोलखामा थप १० दिन निशेधाज्ञा लगाइने भएको छ ।
जिल्ला संकट व्यवस्थापन समितिका अध्यक्ष एवं दोलखाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले थप १० दिन निशेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
समितिले असार ३१ गते राति १२ बजेदेखि साउन १० गते राति १२ बजेसम्म निशेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएकाले निशेधाज्ञा थप गरिएको विज्ञप्तीमा उल्लेख छ । यो पटक समेत थप हुँदा दोलखामा नवौं पटक निशेधाज्ञा गरिएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

बाबरेका पहिरो पिडितलाई कांग्रेसको जस्ता पाता सहयोग

shyam khatiwada

सिंगटी खोलाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो

shyam khatiwada

दोलखामा स्थानीय तहको पहिलो सुरुवात ,समपुरक कोष बनाएर सडक कालोपत्रे

shyam khatiwada
Gaurishankar Post