Gaurishankar Post
देश समाचार

दोलखामा पहिलोपटक खुल्यो दुई तारे होटल एम्ब्रोसिया


श्याम खतिवडा
दोलखा ९ साउन
,,
पुर्वि पहाडी जिल्ला दोलखामा पहिलोपटक दुई तारे होटल एम्ब्रोसिया सञ्चालनमा आएको छ ।
दोलखामा सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकमा दुई तारे होटल एम्ब्रोसिया सञ्चालनमा आएको हो । शनिबार जिल्लामा पहिलोपटक सञ्चालनमा आएको दुई तारे होटल एम्ब्रोसियाको नेपाल उद्योग वाणिज्य महासंघका बरिस्ठ उपाध्यक्ष चन्द्र ढकालले एक समारोहबीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बरिस्ठ उपाध्यक्ष ढकालले कोरोना महामारीको असरका कारण मुलुकको पर्यटन व्यवसाय सँगै अधिकांस उद्योगी व्यबसायीहरु थलिएको भन्दै राहतका कार्यक्रम ल्याउन सरकार सँग माग गरेका छन् । उपाध्यक्ष ढकालले दोलखालाई पर्यटकिय गन्तव्य बनाउन निजी क्षेत्रको तर्फबाट आबश्यक पहल गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
होटल एम्ब्रोसिया सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकमा रहेको अदिति कम्प्लेक्सको छैटौं , सातौं र आठौं तलामा सञ्चालनमा ल्याईएको छ । होटल सञ्चालक दिनेश बस्नेतका अनुसार एम्ब्रोसियामा डिलक्स र स्विट गरि ३५ वटा रुम छन् । अण्डरग्राउण्ड पार्किङ देखि स्टार होटलमा हुने सबै किसिमका सेवा सुविधा रहेको सञ्चालक बस्नेतले बताएका छन् । होटल एम्ब्रोसियालाइ पर्यटन बोडले दुई तारे होटल सञ्चालन अनुमति दिईसकेको जनाईएको छ । भबन बाहेक होटल निर्माण गर्दा झण्डै १५ करोड लगानी भएको सञ्चालक बस्नेतको भनाई छ । होटल उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरु , दोलखाका जनप्रतिनिधि तथा सरोकारवालाको सहभागीता थियो ।
फोटो
होटल एम्ब्रोसियाको उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल ।
www.gaurishankarpost.com

याे पढ्न छुटाउनु भयाे की ?

कुरीका होटलको सरकारी अनुगमन , जनैपुर्णिमा सम्म अनिवार्य मेनु राख्न निर्देशन

shyam khatiwada

महामारीको समयमा समाजसेवी खुलालको अर्को पुण्य काम ,गाउँको स्वास्थ्य चौकीलाई अत्याबश्यक औषधी सहयोग

shyam khatiwada

चरिकोटमा सुरु भयो निशुल्क थर्मल थेरापी सेवा , नगर प्रमुख मानन्धरद्धारा उद्घाटन

shyam khatiwada
Gaurishankar Post