Gaurishankar Post
देश समाचार

दोलखामा पहिलोपटक खुल्यो दुई तारे होटल एम्ब्रोसिया


श्याम खतिवडा
दोलखा ९ साउन
,,
पुर्वि पहाडी जिल्ला दोलखामा पहिलोपटक दुई तारे होटल एम्ब्रोसिया सञ्चालनमा आएको छ ।
दोलखामा सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकमा दुई तारे होटल एम्ब्रोसिया सञ्चालनमा आएको हो । शनिबार जिल्लामा पहिलोपटक सञ्चालनमा आएको दुई तारे होटल एम्ब्रोसियाको नेपाल उद्योग वाणिज्य महासंघका बरिस्ठ उपाध्यक्ष चन्द्र ढकालले एक समारोहबीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बरिस्ठ उपाध्यक्ष ढकालले कोरोना महामारीको असरका कारण मुलुकको पर्यटन व्यवसाय सँगै अधिकांस उद्योगी व्यबसायीहरु थलिएको भन्दै राहतका कार्यक्रम ल्याउन सरकार सँग माग गरेका छन् । उपाध्यक्ष ढकालले दोलखालाई पर्यटकिय गन्तव्य बनाउन निजी क्षेत्रको तर्फबाट आबश्यक पहल गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
होटल एम्ब्रोसिया सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकमा रहेको अदिति कम्प्लेक्सको छैटौं , सातौं र आठौं तलामा सञ्चालनमा ल्याईएको छ । होटल सञ्चालक दिनेश बस्नेतका अनुसार एम्ब्रोसियामा डिलक्स र स्विट गरि ३५ वटा रुम छन् । अण्डरग्राउण्ड पार्किङ देखि स्टार होटलमा हुने सबै किसिमका सेवा सुविधा रहेको सञ्चालक बस्नेतले बताएका छन् । होटल एम्ब्रोसियालाइ पर्यटन बोडले दुई तारे होटल सञ्चालन अनुमति दिईसकेको जनाईएको छ । भबन बाहेक होटल निर्माण गर्दा झण्डै १५ करोड लगानी भएको सञ्चालक बस्नेतको भनाई छ । होटल उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरु , दोलखाका जनप्रतिनिधि तथा सरोकारवालाको सहभागीता थियो ।
फोटो
होटल एम्ब्रोसियाको उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल ।
www.gaurishankarpost.com

याे पढ्न छुटाउनु भयाे की ?

बाबरेका पहिरो पिडितलाई कांग्रेसको जस्ता पाता सहयोग

shyam khatiwada

हुलाकी राजमार्गमा पुल निर्माण हुने भएपछि स्थानीयहरुमा खुसियाली

shyam khatiwada

वैतेश्वरका किसानलाई ७० प्रतिशत अनुदानमा ६५ थान मौरी घार वितरण

shyam khatiwada
Gaurishankar Post