श्याम खतिवडा
दोलखा ३१ असोज,
हिमाली जिल्ला दोलखाको सदरमुकाम चरिकोटमा पहिलोपटक हाईअल्टिच्युड राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता २०२१ आयोजना हुने भएको छ ।
प्रदेश खेलकुद परिषद र रिङ रेस्लिङ्ग संघको संयुक्त आयोजनामा यही कात्र्तिक १३ गते चरिकोटस्थित भ्युटावर खेलमैदानमा हाईअल्टिच्युड राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना हुने भएको हो । देशभरका २५ भन्दा धेरै राष्ट्रिय खेलाडीहरु सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको राखेपकी सदस्य समेत रहेकी नेपाल रिङ रेस्लिङ संघकी महासचिब सुवर्ण श्रेष्ठले जानकारी दिइन् । खेल क्षेत्रको विकाससँगै कोभिड महामारीले थलिएको पर्यटन क्षेत्रलाई टेवा पु¥याउने उद्देश्यले दोलखामा प्रतियोगिता आयोजना गरिएको महासचिब श्रेष्ठले बताएकी छन् ।
आइतबार चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक टिमले प्रतियोगिताबारे जानकारी गराएको थियो । प्रतियोगितामा नुवाकोटे टाइगर,थागु, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु , सिजे, एमसी जोन लगाएतका महिला तथा पुरुष खेलाडीहरु सहभागी हुने जनाइएको छ । प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५० हजार , हार्डकोर च्याम्पियनले १ लाख २० हजार , मिडल वेट च्याम्पियनले ८५ हजार , ट्याग टिम च्याम्पियनले ७५ हजार , लाइट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा प्रदिप पाण्डे , विकास खड्का र शिसम मैनालीले रेफ्रीको भुमिका निर्वाहा गर्ने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा संघकी महासचिब सुवर्ण श्रेष्ठले हिमाली जिल्लाहरुमा पनि रेस्लिङ खेलको विकास गराउन र २ हजार मिटर भन्दा माथिल्लो क्षेत्रमा रेस्लिङ आयोजना गरिनुका साथै नेपालमा रेस्लिङको विकास तथा खेलाडी उत्पादन गर्न एकेडेमी नै बनाएर अघि बढेको बताएकी छन् । नेपालमा उत्पादीत खेलाडी अन्तराष्ट्रीय क्षेत्रमा प्रतिष्पर्धा गर्न योग्य बनाउने लक्ष्य रहेको समेत महासचिब श्रेष्ठको भनाई छ । पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिब सुर्यलाल भण्डारीले प्रतियोगिता सम्पन्न गर्न जिल्लास्थित सबै निकायहरुलाई सहयोग गर्न अनुरोध गरेका छन् । पत्रकार सम्मेलनमा ओलम्पीक कमिटी सदस्य रमेश शिवाकोटी , राखेपका सदस्य गोविन्द भट्टराई , खेलकुद विकास समिति दोलखाका अध्यक्ष रोहितचन्द्र खड्का लगाएत सहभागी थिए ।
प्रतियोगिता सम्पन्न गर्न २९ लाख बजेट खर्च हुने आयोजकको अनुमान रहेको र उक्त बजेट व्यवस्था भैसकेको जनाइएको छ ।