Gaurishankar Post
देश

दोलखामा बैशाख यता ९ सय २३ जनाको पिसिआर परिक्षण : एण्टीजेन्ट सहित ३४८ पोजेटिभ १८ जना निको भएर घर फर्किए

दोलखा ३० बैशाख

कोरोना संक्रमण तिब्र रुपमा वृद्धि हुदै जाँदा दोलखामा बैशाख यता ९ सय २३ जनाको पिसिआर परिक्षण गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार बैशाख यता ९ सय २३ जनाको पिसिआर परिक्षण गरिएको हो । परिक्षण गरिएकामध्ये एन्टीजेन्ट सहित ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयकी पब्लिक हेल्थ अफिसर सपना केसीका अनुसार सुरुमा पिसिआर परिक्षण मेसिन जिल्लामा नहुँदा धुलिखेल र काठमांडौको ल्याबमा लैजानुपर्ने भएपनि हाल जिल्लामै पिसिआर ल्याब सञ्चालनमा आएपछि परिक्षणको दायरा बढाइएको छ । केसीका अनुसार अहिलेसम्म १८ जना कोरोना जितेर घर फर्किएका छन भने बैशाख यता कोरोना संक्रमणकै कारण ३ जनाले ज्यान गुमाइसकेका छन् ।
जिल्ला संकट व्यवस्थापन समितिले परिक्षणको दायरा बढाउने निणर्य गरेसँगै अहिले दैनिक १ सय भन्दा धेरै पिसिआर संकलनको काम भैरहेको छ । पिसिआर संकलनका शन्दर्भमा खास गरि संक्रमितका क्लोज क्न्ट्रयाकमा रहेका र लक्षण देखिएकाहरुलाई प्राथमिकताका साथ गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । अन्य व्यक्तिहरु पनि पिसिआर गर्न आए सबैलाई ल्याबको चापलाई ध्यानमा राखेर गर्ने गरिएको हेल्थ अफिसर केसीले जनाएकी छन् । जिल्ला संकट व्यवस्थापन समितिले कोभीडका मात्रै बिरामी बोक्न ४ वटा एम्बुलेन्सलाई कोभिड डेडिकेटेड बनाएको र जिल्लामा अक्सिजन अभाब हुन नदिन जिल्लाभर अक्सिजनका सिलिण्डरहरु जम्मा गरेर अस्पताल बुझाएको समितिका सदस्य एवं दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले जानकारी दिएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा पहिलोपटक खुल्यो दुई तारे होटल एम्ब्रोसिया

shyam khatiwada

विदेशबाट दैनिक २५ सय नेपालीको उद्धार गर्ने तयारी

sanjeet

सहुलिएत कर्जा प्रर्वाहा नगर्ने बैंकलाई कार्बाही गरिने डेपुटी गभर्नर शिवाकोटी

shyam khatiwada
Gaurishankar Post