Gaurishankar Post
नेपाल समाचार रोचक

दोलखामा सर्बाधिक राशिको स्व.नन्दप्रसाद स्मृति पत्रकारिता पुरस्कार घोषणा


दोलखा ११ असोज,,
शिक्षाप्रेमी एवं जनकपुर अञ्चलकै सबै भन्दा पहिलो माध्यमिक बिद्यालय क्षेमावति मावि का संस्थापक स्व. नन्द प्रसाद शिवाकोटीको स्मृतिमा दोलखामा हालसम्मकै सर्बाधिक राशिको पत्रकारिता पुरस्कार घोषणा गरिएको छ ।
नेपाल प्रेस युनियनका महासचिब एवं मुलुकका चर्चित पत्रकार अजयबाबु शिवाकोटीले आफ्ना हजुरबुबा स्व. नन्द प्रसाद शिवाकोटीको नाममा उक्त पुरस्कार घोषणा गरेका हुन् ।

नेपाल प्रेस युनियन दोलखाले सोमबार चरिकोट स्थित लक्ष्मी होटलमा आयोजना गरेको एक कार्यक्रममा उक्त पुरस्कार घोषणा गरिएको थियो । पुरस्कार घोषणा गर्दै महासचिब शिवाकोटीले हरेक बर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकारलाई नगद २५ हजार सहित सम्मान गरिने जनाएका छन् । उनले शिक्षा क्षेत्रको विकास सँगै आफ्ना हजुरबुवाको सम्झनास्वरुप पुरस्कार वितरण गर्न लागिएको जानकारी दिए ।

नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष दीपशंकर चौलागाइको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दोलखाका जिल्ला सभापति रुद्र खड्का , पुर्व सभापति हरु तारा बहादुर कोइराला , उद्धबराज काफ्ले नेताहरु बर्मा लामा, इश्वर मानन्धर , केशवराज चौलागाई , तारा कुमार खड्का लगाएतले स्व. नन्दप्रसादको भुमिका ऐतिहाँसीक भएको उल्लेख गर्दै उनको सम्झनामा स्थापना भएको पुरस्कारले सिंगो जिल्लाको शिक्षा र पत्रकारिता क्षेत्रमा निकै महत्व रहनेमा जोड दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, पत्रकार महासंघ बागमति प्रदेश सदस्य श्याम खतिवडा नेपाल प्रेस युनियन दोलखाका कोशाध्यक्ष गोकर्ण भण्डारी लगाएतले दोलखाको पत्रकारितामा घोषणा गरिएको पुरस्कारले अत्यन्तै ठुलो महत्व राख्ने उल्लेख गरेका थिए । दोलखामा हालसम्म स्थापना भएका पत्रकारिता पुरस्कार मध्ये यो पुरस्कार सर्वाधिक राशिको रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहेका प्रेस युनियन दोलखाका सभापति दीपशंकर चौलागाइले जानकारी दिए ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा सुरक्षागार्डको हत्या गरि सहकारी लुट्ने २ आरोपीत काठमाडौंमा पक्राउ

shyam khatiwada

ज्वरो आएका बिरामीलाई विगु गाउँपालिकाको एक एक थान डिजिटल थर्मोमिटर

shyam khatiwada

उज्यालो नेपालद्धारा शैलुङ , मेलुङ , उमाकुण्ड र दोरम्बा गाउँपालिकामा लाखौंको स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada
Gaurishankar Post