श्याम खतिवडा
दोलखा २६ बैशाख
कोरोना भाइरस अर्थात कोभिड १९ को महामारीका कारण मुलुक लकडाउन भएपछि रोकिएका दोलखाका अधिकांस सिंचाइ आयोजनाहरुको काम पुःन सुचारु गरिएको छ ।
सरकारले लकडाउनको अवधिमा विकास निर्माणका कामहरु नरोक्ने निर्णय गरेसँगै दोलखाका सबैजसो सिंचाइका आयोजनाहरु पुःन सुचारु गरिएको हो । कृषकको खेती लगाउने मुख्य समय सुरु भएसँगै निर्माणाधिन आयोजनाहरुको काम सुचारु गरिएको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयल दोलखाले जनाएको छ । कतिपय उपभोक्ता समिति मार्फत निर्माण भैरहेका साना सिंचाई आयोजनाहरुमा जिल्लाभित्रकै मजदुर प्रयोग भएकाले काम सुचारु गर्न सहज भएको डिभिजन प्रमुख मनिष महर्जनले बताए । उनका अनुसार निर्माण व्यवसायीमार्फत बन्दै गरेका कतिपय आयोजनाहरुको पनि काम सुरु भैसकेको छ । डिभिजन प्रमुख महर्जनले कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने सबै बिधिहरु अपनाएरमात्रै काम सुरु गर्न कार्यालयले परिपत्र जारी गर्दै सबै आयोजनाहरुको अनुगमन गरिरहेको बताएका छन् ।
कार्यालयका अनुसार सिंचाई बाहेकका नदि नियन्त्रण , खोला व्यवस्थापन जस्ता अत्याबश्यक कामहरु यो समयमा गर्न नसके वर्षातका कारण परिस्थिती जटिल बन्दै जाने भएकाले पनि त्यस्ता कामहरु प्राथमिकताका साथ अघि बढाइएको छ । दोलखामा संघ र प्रदेश मातहतका साना ठुला गरि २९ वटा सिंचाई आयोजनाहरु निर्माणाधिन छन् । तिमध्ये केही आयोजनाहरुको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ भने केही सम्पन्न भैसकेका छन् ।
निर्माणधिन ठुला आयोजनाहरुमध्ये माथिल्लो अँधेरी सिंचाई आयेजना , गलगले बोच सिंचाई आयोजना , चोक्टेखोला सिंचाई आयेजना र सिंगटी बजार नदि व्यवस्थापन कार्यक्रम सुचारु भैसकेको डिभिजन प्रमुख महर्जनले जानकारी दिए । लकडाउनको अवधिमा पनि पुरानै कामदार प्रयोग गरि होसिंगा सिंचाई आयोजना जिरीको भने निर्माणकार्य पुरा भएको निर्माण व्यवसायी घनश्याम शिबाकोटीले बताए ।
त्यस बाहेक उपभोक्ता समितिमार्फत बनिरहेका साना र मझौला योजनाहरुको काम पनि खेति लगाउने समय असारलाई मध्यनजर गर्दै तिब्र रुपमा अघि बढिरहेको जलस्रोत तथा सिंचाई विकास डिभिजनका प्रमुख महर्जनले जानकारी दिए । उनले सबै आयोजनाहरुमा कोभिड १९ बाट बच्न सबै प्रकारका मापदण्ड अपनाउन आह्वान समेत गरेका छन् । कार्यालयले दोलखामा सबैजसो आयोजनाहरु निर्माण सम्पन्न गर्न २० करोड बराबरको रकम विनियोजन गरेको छ । त्यसमध्ये कतिपय आयोजनाहरु चालु आर्थिक वर्षभित्रै सम्पन्न हुनेछन भने केही आयोजना बहुवर्षे ठेक्काको आधारमा आगामी आर्थीक वर्षभित्र सम्पन्न हुने छन्
