Gaurishankar Post
मनोरञ्जन समाचार

दोलखाली छोरो प्रदिप कार्कीको तै मायाँको गित सर्वाधिक चर्चामा


दोलखा २० जेठ

दोलखाको शैलुङ गाउँपालिकास्थित फस्कु स्थायी घर भएका गायक प्रदिप कार्कीको पछिल्लो समय सार्वजनिक भएको तै मायाँका भन्ने गित यतिबेला सर्वाधिक चर्चामा पुगेको छ ।
नेपाली सांगितिक दुनियामा निकै मेहनतका साथ उदाएका गाएक कार्कीका पछिल्लो समय चर्चामा आएका गित चार्चत बनेका हो । आँफुलाई गीत संगीतको क्षेत्रमा निरन्तर सक्रिय बनाइराख्न रुचाउने गायक हुन् प्रदीप कार्की । डेढ दशकअघि बेलायत हानिएका गायक कार्की प्रवासमा रहेर पनि एकपछि अर्को शृजना ल्याउनमा निकै तल्लिन देखिन्छन् ।

उनै गायक कार्कीको स्वर रहेको ‘तै मायाको’ गीतको भिडियो हालै सार्वजनिक भएको छ । दोलखामा जन्मे हुर्केका गायक कार्कीले बेलायतबाट नै रिलिज गरेको ‘तै मायाको’मा शब्द तथा संगीत दीपक शर्माको रहेको छ । जसमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सङ तथा मास्टरिङ रहेको छ ।

आफ्नै स्वरमा सजिएको ‘तै मायाको’ भिडियो बजारमा ल्याउँदै गायक कार्कीले फेरी आफ्ना दर्शक र श्रोताहरुको माया खोजीरहेका छन् । डान्सिङ शैलीमा तयार ‘तै मायाको’ सुन्ने हरेक दर्शकलाई यो गीतले छमछम नचाउने विश्वास गायक कार्कीले लिएका छन् । जसमा मोडलद्धय सुनिल क्षेत्री र एलिशा शर्माको अभिनय देख्न सकिन्छ । आफ्नी मायालुको वर्णन गरेका प्रेमीका रुपमा देखिएका सुनिलले भिडियोमा एलिशालाई चोखो प्रेम दर्शाएका छन् । तँ सम्बोधन गरिएको गीतले एक प्रेमील जोडीको प्रेम सम्बन्ध र निकटतालाई देखाएको छ ।
दुर्गा पौडेलको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् । गायक कार्कीका यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमी भन्दा, बिचै बाटो, लगायतका दर्जन बढी गीतहरु बजारमा ल्याइसकेका छन् ।

हेर्नुहोस भिडियोमा तै मायाँको

याे पढ्न छुटाउनु भयाे की ?

चरिकोटमा सुरु भयो निशुल्क थर्मल थेरापी सेवा , नगर प्रमुख मानन्धरद्धारा उद्घाटन

shyam khatiwada

पाँच विद्यालयका ५ सय ९९ विद्यार्थीलाई झोला वितरण

shyam khatiwada

सुबिसुको क्लियर टिभिमा विद्यार्थीहरुलाई अनलाइन कक्षा

shyam khatiwada
Gaurishankar Post