Gaurishankar Post
देश ब्रेकिंग

दोलखाली व्यबसायी कार्कीद्धारा भक्तपुरको ठिमीमा निर्माण सप्लायर्सको सुभारम्भ

भक्तपुर २९ कात्र्तिक । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा न ४ मा लक्ष्मी पुजाको अवसर पारेर एसएसएसभी निर्माण सप्लायर्सको ब्यवसायिक उदघाटन गरिएको छ । निर्माण क्षेत्रलाई विशेष सहयोग पुराउने उद्धेश्यले शंकर कार्कीले निर्माण सामाग्रीहरु विक्रि वितरण तथा सेवा दिनका लागी सप्लायर्स ९हार्डवेयर० को सुरुवात गरेका हुन । लामो समयदेखि डाबर नेपाल र सिजि व्रोअरि नेपालको दोलखा र रामेछपको लागि जिल्ला डिलर गर्दै आएका कार्कीले ब्यबसायिक सफलता पछि ठिमिमा हार्डवेयर सामाग्रीको होलसेल तथा खुद्रा ब्यबसाय सञ्चालन गर्न लागेका हुन ।
लक्ष्मी पुजाको शुभ साइत पारेर उदघाटन गरिएको उक्त हार्डवेयरको सिभम सिमेन्टका भाईस प्रेसिडेन्ट के पि रिजाल, सिटिजन बैंक भैसेपाटी प्रमुख अमित बस्नेत, बालाजी सहकारी बानेश्वरका अध्यक्ष टंकप्रसाद तिमल्सिना, युवा व्यवसायी सजल कार्की ,गणेश दाहाल, अधिबक्ता शुजन कार्की, युवा समाजसेवी पुरुषोत्तम पौडेल परिवर्तितको सहभागितामा समुदघाटन सम्पन्न गरिएको हो ।
सप्लायर्सको उद्घाटन संगै सिभम सिमेन्टका भाईस प्रेसिडेन्ट के पि रिजालले व्यवसायिक सफलताको कामना ब्यक्त गरेका छन् । मध्यपुर ठिमी न पा ४ मध्यपुर हस्पिटल र सिबर्ड कलेजको बिचमा हाडवेयरको स्थापना गरिएको छ । विशेष गरी निर्माण सामाग्री सुपथ मुल्यमा ग्राहकलाई उपलब्ध गराउने सप्लायर्सका प्रो पाइटर शंकर कार्कीले बताए । गुणस्तरीय सामाग्री सुपथ मुल्यमा ग्राहकलाई उपलब्ध गराउने आफुले लक्ष्य लिएको कार्कीले बताए ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा पहिलोपटक खुल्यो दुई तारे होटल एम्ब्रोसिया

shyam khatiwada

लकडाउन सम्झदा दोलखा एमालेले बिर्सिदैन विदुर शर्मा 

shyam khatiwada

आयुर्वेद स्वास्थ्य केन्द्र दोलखामा चरम मनोपरि , आर्थिक अनियमितता र विकृति बढेको भन्दै तरुणदल,नेविसंघको खबरदारी

shyam khatiwada
Gaurishankar Post