Gaurishankar Post
देश समाचार

दोलखास्थित जनपथ र सशस्त्र प्रहरीलाई गौरीशंकर बिजनेस ग्रुप जापानद्धारा स्वास्थ्य सामाग्री सहयोग


दोलखा २७ जेठ,,,
कोरोना महामारीका कारण मानविय जीवननै अस्तब्यस्त बनिरहेको बेला अग्रमोर्चामा खटिएर सुरक्षा दिइरहेको प्रहरी सुरक्षाकर्मीलाई गौरीशंकर बिजनेस ग्रुप जापानले अत्याबश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
गौरीशंकर विजनेस ग्रुपले दोलखास्थित जनपथ प्रहरी र सशस्त्र प्रहरीलाई अत्याबश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । विजनेस ग्रुपले उपलब्ध गराएको स्वास्थ्य सामाग्री बिहिबार सशस्त्र प्रहरीको चरिकोटस्थित १८ नम्बर गुल्मको कार्यालयमा पुगेर दोलखा कांग्रेसका नेता बर्मा लामाले हस्तान्तरण गरेका छन् । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नेता लामाले यो महामारीमा सबै जना बाँचेर सबैलाई बचाउनुपर्ने अवस्था आएको भन्दै बिजनेस ग्रुपलाई आभार व्यक्त गरेका छन् । स्वास्थ्य सामाग्री १८ नम्बर गुल्मका गुल्मपति बुद्धि नारायण महर्जनले ग्रहण गर्दै सहयोग उपलब्ध गराएकोमा जापानमा रहने युवाहरुको समुहलाई धन्यबाद ज्ञापन गरेका छन् ।

लामाले सशस्त्र प्रहरीका लागि १ हजार ५ सय थान सर्जिकल मास्क , ५० थान एन नाइन्टी फाइब मास्क र ७० थान फेस सिल्ड रहेको अभियानमा संलग्न दोलखाका अग्रज पत्रकार शम्भु गौतमले जानकारी दिए । सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन अग्रज पत्रकार शम्भु गौतमलनै पहल कदमी गरेका थिए । बिजनेस ग्रुपले बिहिबारनै जिल्ला प्रहरी कार्यालय दोलखालाई पनि अत्याबश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय दोलखाको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि ग्रुपका तर्फबाट नेपाल पत्रकार महासंघका बागमती प्रदेश सदस्य श्याम खतिवडाले दोलखाका प्रहरी प्रमुख भेषराज रिजाललाई हस्तान्तरण गरेका थिए । जनपथ प्रहरीलाई विजनेस ग्रुपले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरुमा सर्जिकल मास्क ३ हजार थान , एन नाइन्टी फाइभ मास्क सय थान , फेस सिल्ड सय थान र ५ लिटर सेनीटाइजर प्रदेश सदस्य खतिवडाले हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामाग्री ग्रहण गर्दै दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले जापानमा बसेर आफ्नो गाँस कटाएर भएपनि प्रहरीको दुख लाई आफ्नो दुख सम्झेर सहयोग गरेकोमा गौरीशंकर ग्रुपप्रति समग्र दोलखाका प्रहरीको तर्फबाट आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि सहकार्यको वातावरण बनाउन प्रहरी सदैब तयार रहेको जनाएका छन् । गौरीशंकर बिजनेस ग्रुपले यो महामारीको समयमा दोलखाका दर्जनौं ठाउँहरुमा लाखौंको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बिजनेस ग्रुपमा दोलखा मेलुङका युवा एवं कांग्रेस नेता शम्भु केसी , अध्यक्ष रतन लामा महेन्द्र राउत , बालकृष्ण तिमल्सीना, बेद बहादुर खड्का , अयन बहादुर टन्डन , उदिप खड्का , रबिन्द्र थापा लगाएत दर्जनौं युवाहरु यो अभियानमा खटिएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

नेता जिपछिरिङ जसको सहयोगले दोलखामा २ चरणको कोरोना सहजै पार भयो

shyam khatiwada

गुमुखोला तोरीखेत सिञ्चाई आयोजनाको विवाद टुंगियो एक साताबाट निर्माण सुरु हुने

shyam khatiwada

तामाकोशीका युवाहरुलाई रोजगारीमा प्राथमिकता दिनुपर्नेमा जोड

shyam khatiwada
Gaurishankar Post