दोलखा ९ साउन
नेतृत्व सम्हालेको एक वर्ष पुरा भएको भन्दै दोलखा उद्योग वाणिज्य संघले शुक्रबार वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।
शुक्रबार चरिकोटस्थित संघको सचिबालयमा आयोजित पत्रकार सम्मेलनमा २२ औं अधिबेसनबाट निर्वाचित कार्यसमितिले सम्पादन गरेको वार्षिक प्रगति सार्वजनिक गरिएको हो । ९ बुदे प्रगति विवरण सार्वजनिक गर्दै दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले तत्कालिन अध्यक्ष सुन्दर कार्कीले ४ वर्षदेखि संघ नविकरण नगरेका कारण नविकरण गर्नमा ढिलाई भएको बताए । अध्यक्ष श्रेष्ठले कार्की अध्यक्ष भएकै समयदेखि जिल्ला प्रशासन कार्यालय दोलखामा संघ नविकरण हुन नसकेको जनाएका छन् । पुर्वअध्यक्षको मनोपरिका कारण संस्था नविकरणमा केही ढिलाई भएपनि आफुहरुले दर्जनौं नमुना कामहरु सम्पादन गरेको बताए । उनले भने हामी निर्वाचित भएको १५ महिना भयो अघिल्ला वर्षको कागजात मिलाउन समय लागेकाले केही ढिलाई भएको हो । त्यसबेलाका कुनैपनि कागजात कार्कीले संघमा बुझाएका छैनन् त्यसैले ढिलाई भएको भन्दै अध्यक्ष श्रेष्ठले तत्काल आबश्यक प्रकृया पुरा गरि संघ नविकरण गर्न आफुहरु लागिरहेको जानकारी दिएका छन् ।
यि हुन संघका वार्षिक उपलब्धी
संघका अध्यक्ष इन्द्र श्रेष्ठ र महासचिब हेमराज रिमालद्धारा हस्ताक्षरित विज्ञप्तीमा दोलखामा करदाता सेवा कार्यालय नभएको र व्यवसायीलाई कर तिर्न धुलिखेल जानुपर्ने बाद्यता अन्त्य गर्नका लागि संघले वर्षौदेखि आबश्यक कागजात सहित १ हजार सेवा शुल्क लिएर सेवा प्रवाहा गरिरहेको उल्लेख छ । उक्त रकम संघका सदस्यहरुको वृत्ति विकास , कर सम्बन्धि तालिम गोष्ठी सचेतना , सचिबालय व्यवस्थापन तथा पान दर्ता र आयकर सम्बन्धि खर्च हुने जनाइएको छ । संघले निर्बाचन पश्चात सचिबालयको पुनर्निर्माण सम्पन्न गरि भाडामा रहेको संघको सचिबालय आफ्नै भवनमा सारेर सेवा प्रवाहा गरिरहेको जनाएको छ । कोभिड १९ को संक्रमणका कारण आम सर्बसाधरण तथा व्यवसायीहरुलाई पर्न गएको असुबिधा लाई मध्यनजर गर्दै सबै सदस्यहरुको नविकरण शुल्क बापतको रकम मिनाहा गरेको विज्ञप्तीमा जनाइएको छ । जिल्लाका सम्पुर्ण स्थानीय तहहरुलाई संघले लिखित तथा मौखिक अनुरोध गरि व्यवसाय करमा छुट गर्न माग गरेअनुरुप भीमेश्वर नगरपालिका सहित केही स्थानीय तहले ५० प्रतिशत सम्म कर छुट गरेको उल्लेख गरिएको छ । कोरोनाका कारण भएको लकडाउनमा पनि व्यवसायीहरुलाई सहज हुने गरि संघले आफ्नै सिफारिसमा सहज तरिकाले सवारी पास उपलब्ध गराई खाद्यान्न , निर्माण सामाग्री तथा औषधीजन्य सामाग्री आयातमा सहज गरेको महासचिब हेमराज रिमालले जानकारी दिए । कोभिडका कारण व्यवसायीहरुलाई पर्न गएको वित्तिय संकटको समाधान गर्न जिल्लाका सबै बैंक तथा वित्तिय संस्थाहरुसँग छलफल गरि सहज बनाउन पहल गरिएको समेत विज्ञप्तीमा उल्लेख छ । यस अघि संघका सदस्यहरुको मृत्यु हुँदा संघले उपलब्ध गराउदै आएको ५ हजार सहयोगलाई बृद्धि गरि १५ हजार बनाइएको र गत आ.व.मा मात्रै ३ जना सदस्यहरुको मृत्यु भएकाले उनिहरुको परिवारलाई सहयोग गरिएको उल्लेख गरिएको छ । विज्ञप्तीमा कर शिबिर सञ्चालन , नापतौलका सामाग्रीहरुको दर्ता तथा नविकरण जस्ता शिबिरहरु आयोजना गरि व्यवसायीहरुलाई गृह जिल्लामानै सेवा दिइएको उल्लेख गरिएको छ ।
यस्ता थिए कार्कीका कर्तुतहरु
व्यवसायीहरुलाई कर तथा पान दर्ता सम्बन्धी सेवा दिनका लागी अतिरिक्त सेवा शुल्क उठाएको भनेर सार्वजनिक रुपमा टिकाटिप्पणी भईरहेको दोलखा उद्योग बाणिज्य संघ भित्र यसरी शुल्क लिने काम वर्तमान समितिले गरेको नभई यस अघिका अध्यक्ष सुन्दर कार्कीकै पाला देखी पनि भईरहेको खुलेको छ ।
यस अघि २०६२ साल देखी सेवा शुल्क उठाईएपनि नापतौल का उपकरणहरुको दर्ता तथा नबिकरणमा अघिल्लो समितिले १ सय लिदै आएको भएपनि तत्कालिन अध्यक्ष सुन्दर कार्कीले आफुखुसी डबल रकम बढाएर २ सय पु¥याएका थिए भने करको अतिरिक्त शुल्क समेत बिना बैठकको निर्णय असुलेको जनाइएको छ । त्यसबेला संघमा सदस्यको भुमिकामा रहेका एक सदस्यका अनुसार कार्कीले सदस्यता नबिकरण , कर बापतको शुल्क लगाएतका दर्जनौं शिर्षकको रकम संकास्पद ढंगले खर्च गरेको भन्दै आयोग बनाएर छानबिन गर्ने जनाएका छन् । उनले भने साधारण सभामा निर्वाचनको चक्कर थियो त्यसैले माहोल अन्यत्र केन्द्रित भयो अब हामी न्यायीक निकायसँगको सहकार्यमा तत्काल छानबिन गर्न लाग्छौं ।
यता तत्कालिन अध्यक्ष कार्की आफैंले केही दिन अघि सामाजिक सञ्जालमा लेखेर सेवा शुल्क उठाएको भन्दै संघको बिरोध गरेका थिए ।
यस्तै संघ नविकरण हुन नसकेको भनिए पनि कार्की आफैंले संघ नविकरणमा २०७३ देखी वाधा पु¥याउदै आएका थिए । बहुमत समिति अर्कै समुहले जितेपनि उनको अध्यक्ष्यतामा संघ चल्दा अर्को समुह संघमा लामो समय नगएका बेला उनी अध्यक्ष भएर एक्लै संघ चलाएको समयमा संघ नविकरणको प्रक्रिया सचिवालयबाट अगाडी बढाउन रोकेको स्रोतको बुझाई छ ।