Gaurishankar Post
अर्थ र बाणिज्य नेपाल समाचार ब्रेकिंग

दोलखा उद्योग वाणिज्य संघद्धारा यस वर्षको सदस्यता नविकरण शुल्क मिनाहा


दोलखा २८ बैशाख
कोरोना भाइरस कोभिड १९ का कारण सिंगो मुलुकनै लकडाउन भएपछि आम उद्योगी व्यवसायीहरुलाई पर्न गएको असुबिधालाई मध्यनजर गर्दै दोलखा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई चालु आर्थिक वर्षको सदस्यता नविकरण शुल्क मिनाहा गर्ने भएको छ ।
आइतबार चरिकोटस्थित संघको सचिबालयमा आयोजित पदाधिकारी बैठकले हरेक वर्ष संघका सदस्यहरुबाट लिदै आएको सदस्यता नविकरण शुल्क मिनाहा गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले दोलखा उद्योग वाणिज्य संघमा सदस्य रहने सम्पुर्ण सदस्यहरुको वार्षिक नविकरण शुल्क बापतको रकम नलिने निर्णय भएको महासचिब हेमराज रिमालले जानकारी दिए ।
पदाधिकारी बैठकले कोरोना भाइरसका कारण मुलुक लकडाउन भएपछि व्यवसायीहरुलाई ठुलो असर परेको भन्दै चालु आर्थिक वर्षको व्यवसायीक कर नलिन स्थानीय तह र अन्य सरकारी निकायलाई अनुरोध गरेको छ । लकडाउन सहज भएपछि चरिकोटस्थित विभिन्न सरकारी निकायहरुमा पुगेरै कर छुट गर्ने बारे संघले पहल गर्ने बताइएको छ । व्यवसाय चौपट हुँदा पनि करको भार बढाउदै लैजाने अभ्यास भए आन्दोलनको बिकल्प नभएको समेत छलफल भएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । सचिबालय बैठकले कोरोना महामारीको यस्तो जटिल अवस्थामा सरकारलेसमेत एक महिनाको घरभाडा नलिन अनुरोध गरेको भन्दै दोलखाका घरधनीहरुलाई एक महिनाको घरभाडा छुट गर्न अनुरोध गरेको छ । बैठकले संघको सचिबालयमा होटल व्यवसाय गर्दै आएका एक व्यवसायीलाई लकडाउन अवधिभरको घरभाडा नलिने समेत निर्णय गरेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

हिमाल हाइड्रोका कारण दोलखाका ५ बस्तीमा खानेपानीको हाहाकार

shyam khatiwada

माथिल्लो तामाकोसी आयोजनाका ९ कर्मचारीमा कोरोना पुष्टी

shyam khatiwada

समाजसेवी उप्रेतीको पहलमा राप्रपा दोलखाद्धारा आठ थान अक्सिजन कन्सन्ट्रेटर वितरण

shyam khatiwada
Gaurishankar Post