Gaurishankar Post
देश

दोलखा कांग्रेसको उपसभापतिमा अर्जुन शिवाकोटीको उम्मेदवारी


दोलखा ९ असोज,,,,,,
नेपाली कांग्रेस दोलखाको आशन्न १४ औं जिल्ला अधिबेशनमा आकांक्षी उम्मेदवारहरुको चर्चा चलिरँहदा कांग्रेस नेता अर्जुन शिवाकोटीले जिल्ला समितिको उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
लामो समय पाटी नेता र कार्यकर्तासँगको छलफल पछि नेता शिवाकोटीले जिल्ला कार्यसमितिको उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । कार्यर्ताहरुमाँझ निकै लोकप्रीय रहेका नेता शिवाकोटी यस अघि कालिञ्चोक गाउँपालिकाका सभापति समेत थिए । कालिञ्चोक गाउँपालिकाको सभापति छँदा उनले संगठन बिस्तारमा महत्वपुर्ण काम गरेको स्थानीय तहका नेता कार्यकर्ताहरुको बुझाई छ । दोलखामा कांग्रेसको संगठन बिस्तार नै सबैभन्दा मुख्य एजेण्डाको रुपमा अगाडी बढाउदै आएका नेता शिवाकोटी बिकासप्रेमी र सहयोगी भावनाका नेता हुन् । उनलाई उपसभापति चयन गर्दा दोलखाको समग्र संगठनमा निकै ठुलो टेवा पुग्ने कांग्रेस शुभेच्छुकहरुको तर्क छ । उनले सबै क्षेत्री प्रतिनिधि , वडा एवं गाउँ नगर सभापति लगाएत सबैमा सहयोगको अपेक्षा समेत गरेका छन् । शिवाकोटीले सिंगो जिल्लाको संगठन बिस्तारमा आफु निरन्तर खट्ने जनाएका छन । दोलखा कांग्रेसमा उनि निकै सकृय ढंगले पाटीका काममा खट्ने नेता हुन् ।

याे पढ्न छुटाउनु भयाे की ?

सामाजिक काम गर्दै मनाए दोलखाका व्यवसायी चौहानले आफ्नो जन्मदिन

sanjeet

उद्योग वाणिज्य महासंघको प्रदेश सदस्यमा उम्मेद्धारी दिदै व्यवसायी रिमाल

shyam khatiwada

ठेकेदारको लापरबाहीले चरिकोट कृषि बजारका पसलमा ढल , लाखौंको क्षती

shyam khatiwada
Gaurishankar Post