Gaurishankar Post
ब्रेकिंग राजनीति

दोलखा कांग्रेसले असोज १ गतेबाट १०० दिने अभियान चलाउने , हेर्नुहोस संयुक्त बैठकका निर्णय


श्याम खतिवडा
दोलखा २९ भदौ
,,
नेपाली कांग्रेस दोलखाले असोज १ गते देखि पुस १० गतेसम्म सय दिने अभियान सञ्चालन गर्ने भएको छ ।
कांग्रेस केन्द्रिय समितिको देशव्यापी कार्यक्रम अनुसार दोलखा कांग्रेसले संगठन मजबुत बनाउनका साथै क्रियाशिल सदस्यता वितरण लगाएतका गतिविधि सम्पन्न गर्न १०० दिने अभियान सञ्चालन गर्न लागेको हो । पाटी सभापति बर्मा लामाको अध्यक्षतामा शुक्रबार चरिकोटस्थित सिमपानी हलमा बसेको कांग्रेसको संयुक्त बैठकले अभियान चलाउने देखि थुप्रै निर्णयहरु गरेको छ । खासगरी १०० दिने अभियान सांगठनिक गतिविधि प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन तथा विधानअनुसार मातहत कार्यसमितिले गर्नुपर्ने बैठक, सम्मेलन र अभिमुखीकरण गर्न केन्द्रित हुने सभापति लामाले जानकारी दिए । उनले पार्टी समिति र पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित तथा व्यवस्थित गर्ने लगायतका कार्य पनि यस अभियानले सघाउने बताएका छन् ।
बैठकले क्रियाशिल सदस्यता नविकरण तथा वितरण ,पाटीका विभिन्न संयन्त्रहरुमा रिक्त रहेका पदहरुमा पदपुर्ती गर्दै जिम्मेवारी दिइने, भवन निर्माणका लागि तत्काल विस्तृत परियोजना प्रतिबेदन तयारी गरी निर्माण थालनी गर्ने , सबैलाई अपनत्व हुनेगरी भवन निर्माणमा स्रोत संकलनको अभियान चलाउने जस्ता निर्णयहरु गरिएको जिल्ला सभापति बर्मा लामाले बताएका छन् ।
त्यस्तै कांग्रेस बैठकले १०० दिने अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने पाटीको लेखापरिक्षण गराउने जस्ता निर्णय गरेको दोलखा कांग्रेसका प्रवक्ता राकेश श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
हेर्नुहोस विज्ञप्तीको पुर्ण पाठ

नेपाली कांग्रेस दोलखाको २८ भदौमा सम्पन्न बैठकका निर्णयहरु

नेपाली काँग्रेस दोलखाको हिजो मिति २०८१ भाद्र २८ गते पार्टी सभापति वर्मा लामा ज्युको सभापतित्वमा वसेको वृहत संयुक्त वैठकले निम्न विषयहरुमा छलफल गरी निम्न निर्णय गरिएको व्यहोरा सार्वजानीक गरिन्छ ।
प्रस्ताव नं १ कृयाशिल सदस्यता नविकरण सम्बधमा ःयस विषयमा छलफल गर्दा नेपाली काँग्रेस दोलखाको कृयाशिल सदस्यता नविकरण तथा कार्ड वितरण कार्यक्रम विभिन्न पालिकाबाट वितरण कार्यक्रम संचालन भईरहेकोमा बाँकि रहेका पालिकाहरुमा समेत तदारुपताका साथ वितरण कार्यलाई प्रभावकारी ढंगबाट संचालन गर्न नेपाली काँग्रेस दोलखाका सबै तहहरुलाई परिचालन गरि जिल्ला कार्यसमितिले अनुगमन गर्ने निर्णय पारित गरियो ।
प्रस्ताव नं २ वडा, गाँउ÷नगर, प्रदेश तथा जिल्ला कार्य समितिका रिक्त पदहरु परिपूर्ति गर्ने सम्बन्धमा । ः यस विषयमा छलफल गर्दा नेपाली काँग्रेस दोलखाकाका विभिन्न कारण (मृत्यु भएर, विदेश गएर, निस्कृय भएर ,वा अर्को पार्टीमा प्रवेश भएर ) रिक्त भएका पदहरुको जानकारी केन्द्रिय कार्य समितिमा पठाई सकिएको छ । उक्त विषयमा केन्द्रको निर्देशन बमोजिम गर्ने र निर्देशन नआउन्जेल वैकल्पीक व्यवस्था गरी कामकाज चलाउने निर्णय गरियो ।
प्रस्ताव नं ३ विपी स्मृति भवन निर्माण सम्बन्धमा ः यस विषयमा छलफल गर्र्दा विपी स्मृति भवन निमार्ण गर्नका लागी आर्थिक समिति, निर्माण समिति र अनुगमन समिति गठन गर्ने र सो समिति गठन गर्न पार्टी सभापतिले जिल्ला कार्य सम्पादन समिति र जिल्ला नेताहरुसंग परामर्श लिई गठन गर्ने निर्णय गरियो । हाल भवनको डिपीआर निमार्ण गर्न दिएको अवस्था छ ,डिपीआर निमार्ण सम्पन्न भए पस्चात पार्टी कार्यालयका लागी कोठा भाडामा लिई अन्यत्र सारेर निर्माण स्थलमा रहेको कटेरो हटाई निमार्ण कार्य तत्काल सुरु गर्ने निणय गरियो ।
प्रस्ताव नं ४ नेपाली काँग्रेस केन्द्रिय समितिको आयोजनामा संचालन हुने १०० दिने अभियान सम्बन्धमा । ः यस विषयमा छलफल गर्दा नेपाली काँग्रेस केन्द्रिय समितिको आयोजनामा २०८१ अशोज १ गते देखि पौष १० गते सम्म संचालनहुने १०० दिने अभियानमा केन्द्रिय समितिले पठाएको प्रतिनिधिका साथ नेपाली काँग्रेस दोलखाका सम्बभव भएसम्म वडा स्तर सम्म प्रतिनिधि खटाई कृयाशिल सदस्यता वितरणको समेत निगरानी गर्नुको साथै सबै तहका साथीहरुलाई परिचालन गरि अभियान भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरियो ।
प्रस्ताव नं ५ लेखा परिक्षक नियुक्त सम्बन्धमा ः यस विषयमा छलफल गर्दा नेपाली काँग्रेस दोलखाको आ व ०८०÷०८१को बार्षिक आम्दानी खर्चको लेखा परिक्षण गर्नका लागी लेखा परिक्षका टेक वहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरियो ।

याे पढ्न छुटाउनु भयाे की ?

योगदान राष्ट्रका लागि र बोधिसत्व विहारद्धारा दोलखामा ६५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada

मलेसियामा हात गुमाएका थामीलाई साढे ३ लाख आर्थिक सहयोग

shyam khatiwada

दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ सर्बसम्मत

shyam khatiwada
Gaurishankar Post