दोलखा १७ पुस,,
१४ औं जिल्ला अधिबेशन सम्पन्न भएको समय पछि दोलखा कांग्रेसले पुर्णता पाएको छ ।
शुक्रबार नेपाली कांग्रेस दोलखाको तेस्र्रो पुर्ण बैठकले कोषध्यक्ष सहित १२ जना जिल्ला कार्यसमिति सदस्य मनोनित गरेसँगै जिल्ला समितिले पुर्णता पाएको हो । बैठकले कांग्रेस दोलखाको कोषाध्यक्षमा राजेशकुमार श्रेष्ठलाई मनोनित गरेको छ भने १२ जनालाई जिल्ला कार्यसमिति सदस्य पदमा मनोनित गरेको नेपाली कांग्रेस दोलखाका उपसभापति अर्जुन शिवाकोटीले जानकारी दिए ।
शुक्रबार चरिकोटमा सम्पन्न जिल्ला समितिको तेस्र्रो पुर्ण बैठकमा सभापति बर्मा लामाको प्रस्तावमा श्रेष्ठ कोषाध्यक्षमा मनोनित भएका हुन्। अन्य पदाधिकारी निर्वाचनद्वारा चयन भए पनि कांग्रेसको विधानमा कोषाध्यक्ष पद सभापतिको प्रस्तावमा कार्य समिति निर्वाचित कार्य समिति सदस्यहरू मध्येबाट जिल्ला कार्य समिति बैठकले मनोनित गर्ने व्यवस्था छ। भीमेश्वर नगरपालिकाको भूगोल कोटाबाट जिल्ला कार्य समिति सदस्य जितेका श्रेष्ठ गत जिल्ला अधिवेशनमा सर्वाधिक मत ल्याएर ुम्यान अफ दि ईलेक्सनु बनेका थिए। उनी दुई कार्यकाल भीमेश्वर नगर सभापति रहेका थिए।
शुक्रबारको बैठकले १२ जना जिल्ला कार्य समिति सदस्य मनोनित गरेको पार्टीका जिल्ला उपसभापति शिवाकोटीले जानकारी दिए।मनोनित हुने सदस्यहरुमा पूर्व जिल्ला सचिव एवम् नेविसंघ पूर्व अध्यक्ष सन्तोष रिमाल, पूर्व नेविसंघका अर्का अध्यक्ष राकेश श्रेष्ठ, ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष रामजी चौलागाई , वैतेश्वर गाउँपालिकाका जनप्रतिनिधि एवं युवा नेता देबराज खत्री, तरुण दलका जिल्ला सदस्य कर्मा शेर्पा, , नेताहरु वासु दाहाल, रामराज शिवाकोटी, विदुर पोखरेल, गोपाल तिमल्सिना, नविना श्रेष्ठ, लोकराज पाठक, र यमबिक्रम कार्की छन्।
यसअघि वैधानिक व्यवस्था अनुसार जिल्ला सभापतिका निकटतम प्रत्यासी तारा कुमार खड्का स्वत जिल्ला सदस्य भईसकका छन्। कांग्रेस बैठकले स्थानीय तहको निर्वाचन नजिकिएसँगै संगठन सुदृढिकरण गर्न जिल्लाका ७४ वडामा नेताहरु परिचालन गर्ने तयारी समेत गरेको छ । यस अघि जिल्ला समितिले पाटीका विभिन्न भातृ संगठनका प्रमुख एवं प्रतिनिधि , प्रदेश तथा संघिय महाधिबेशन प्रतिनिधिहरुसँग भिन्नाभिन्नै छलफल सहितको अन्तरक्रिया सम्पन्न गरेको जिल्ला सचिब सन्तोष पाठकले जानकारी दिए ।