Gaurishankar Post
ब्रेकिंग समाचार

दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि अत्याबश्यक सामाग्री सहयोग


दोलखा २३ जेठ
,,
नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनले दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ ।
दोलखा स्थायी घर भई राजधानी बस्दै आएका समाजसेवी सोभित उप्रेतीको पहलमा एसोसिएसनले विपत प्रतिकार्यका लागि अत्याबश्यक उपकरण सहितका सामाग्री सहयोग गरेको हो ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत उप्रेतीको समन्वयमा एसोसिएसनले विपत प्रतिकार्य तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, गमबुट, कोदालो, खानेपानी प्रसोधन सम्बन्धि उपकरण ,करौती,प्राथमीक उपचारको सामाग्री , त्रिपाल, डोरी लगायतका सामग्रीहरु हस्तान्तरण गरेको थियो ।
नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनकी अध्यक्ष अन्जु पौडेलले उप्रेतीसँगको समन्वयका आधारमा पहाडी जिल्ला दोलखालाई प्राकृतिक विपतको सामना गर्न प्रहरीलाई आबश्यक सामाग्री सहयोग गरेको जानकारी दिइन् । उनले पहाडी जिल्ला दोलखा भौगोलिक रुपमा पनि प्राकृतिक प्रकोपको जोखिममा रहेको बताउदै उद्धार तथा विपत रोकथामका लागि सहयोग गरिएको बताएकी छन् । विपत प्रतिकार्यका लागि उपलब्ध गराइएका सामाग्रीहरु जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी सहायक निरिक्षकहरु मनोज भट्टराई र रोनित श्रेष्ठलाइ हस्तान्तरण गरिएको एसोसियसनले जनाएको छ । एसोसिएसनका अनुसार दोलखा प्रहरीलाई नेपाली मुल्य झण्डै २५ लाख बराबरको सामाग्री वितरण गरिएको छ ।
विपत प्रतिकार्यका लागि महत्वपुर्ण सहयोग प्रहरी प्रमुख -रिजाल
दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक भेषराज रिजालले प्राकृतिक विपत प्रतिकार्यका लागि महत्वपुर्ण सहयोग प्राप्त भएको बताएका छन् । रिजालले जिल्लामा भइपरि आउने मुख्य विपतसँग पनि प्रहरी सहजै ढंगले खट्न सक्ने सामाग्री उपलब्ध गराएकोमा एसोसिएसन र समाजसेबी उप्रेती प्रति आभार समेत व्यक्त गरेका छन् । उनका अनुसार नागरिकको सुरक्षार्थ खटिने प्रहरीको आत्माबल वृद्धि गराउन एसोसिएनले निर्बाहा गरेको भुमिका महत्वपुर्ण रहेको छ ।
ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थालाई उपकरण सहित स्वास्थ्य सामाग्री
त्यस्तै, एसोसिएसनले दोलखाका ग्रामिण तथा विकट क्षेत्रका स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सेन्ट्रेटर सहित आबश्यक स्वास्थ्य सामाग्री समेत वितरण गरेको छ । कोभिड महामारीको दोस्र्रो लहर्डमा यसअघि कुनैपनि प्रकारका सहयोग नपाएका र अक्सिजन कन्सेन्ट्रेटर नभएका स्वास्थ्य चौकीहरुलाई कन्सेन्ट्रेटर सहितका सामाग्री वितरण गरिएकोे राप्रपाका केन्द्रिय कार्यसम्पादन समिती सदस्य समेत रहेका समाजसेबी सोभित उप्रेतीले बताए ।
उप्रेतीकै पहलमा दोलखाका झण्डै तिन दर्जन स्वास्थ्य चौकी र सामाजिक संस्थालाई झण्डै दश लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनकी अध्यक्ष अन्जु पौडेलले बताइन् । एसोसिएसनले नेपालमा आइपर्ने विभिन्न आपत्कालीन अवस्थामा सहयोग गर्दै आएको र आबश्यक परे थप सहयोग पनि निरन्तर गर्दै जाने जनाएको छ । यस अघी पनि मेलम्चीमा बाढी आउदा हेलम्बु र मेलम्ची बासी को लागी आवश्यक सामाग्री बितरण गरेको अधक्ष्य पौडेलको भनाई छ । चीनमा कार्यरत नेपाली व्यवसायीहरुको सहयोग स्वरुप यी सामग्रीहरु हस्तान्तरण गरिएको हो । साग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष पौडेल सहित समाजसेवी सोभित उप्रेती, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाका नेता शुन्दर खड्का सञ्चारकर्मी एवं सामाजिक अगुवा ज्ञानेन्द्र कार्की लगाएत सहभागी थिए ।
फोटो
बुधबार काठमाडौंमा आयोजित विपत प्रतिकार्य सामाग्री हस्तान्तरण कार्यक्रमका सहभागी । तस्बिर Gaurishankarpost

याे पढ्न छुटाउनु भयाे की ?

दोलखास्थित जनपथ र सशस्त्र प्रहरीलाई गौरीशंकर बिजनेस ग्रुप जापानद्धारा स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada

दोलखाली व्यबसायी कार्कीद्धारा भक्तपुरको ठिमीमा निर्माण सप्लायर्सको सुभारम्भ

shyam khatiwada

कोभिड संक्रमणबारे सचेतना फैलाउन माक्स वितरण गर्दै दोलखाका प्रजिअ शर्मा

shyam khatiwada
Gaurishankar Post