श्याम खतिवडा
दोलखा १९ फागुन,,,,
कृषि , ब्यापार, पर्यटन र पुर्वाधार समृद्ध दोलखा निर्माणको आधार भन्ने मुल नाराका साथ दोलखा महोत्सब सुरु भएको छ ।
९ दिनसम्म सञ्चालन हुने महोत्सबको शुक्रबार नेपाल सरकारका उपप्रधान एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एक भब्य समारोहका बिच उद्घाटन गरेका हुन् । स्थानीय उत्पादनको प्रवद्र्धन गर्न र जिल्लाको आर्थिक गतिविधिलाई थप चलाएमान बनाउन महोत्सबको आयोजना गरिएको आयोजक संस्था दोलखा चेम्बर अफ कमर्शले जनाएको छ । महोत्सबमा स्थानीय कृषि उत्पादन , घरेलु तथा साना उद्योगबाट उत्पादीत सामाग्रीहरुको प्रदर्शनी , पर्यटकिय गन्तब्यहरुको प्रचारप्रशार लगाएतका स्टलहरु राखिएका छन् ।
एक सय ३० वटा स्टल राखिएको महोत्सबमा समुन्नत दोलखा निर्माणका लागि विभिन्न विषयमा विज्ञहरु सहितको अन्तरक्रिया लगाएतका कार्यक्रमहरु राखिएको चेम्बर अफ कमर्शका महासचिब पाण्डबसिंह पाण्डेले जानकारी दिए । उनका अनुसार महोत्सबको आकर्शणका लागि प्रत्येक दिन राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको उपस्थिीतीमा भब्य सांगितिक कार्यक्रमहरुको आयोजना गरिने छ ।
अर्थतन्त्रको सुधार र व्यवस्था जोगाउन राष्ट्रिय सहमति आबश्यक – मन्त्री श्रेष्ठ
महोत्सबको उद्घाटन गर्दै उपप्रधान एवं भौतिक पुर्वाधारमन्त्री श्रेष्ठले अर्थतन्त्रको सुधार र हालको व्यवस्था जोगाउन राष्ट्रिय सहमति आबश्यक रहेको बताएका छन् । लामो समयको संघर्ष पछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न राजनीतिक स्थायित्व आबश्यक रहेकोले सरकार त्यसप्रति प्रतिबद्ध रहेको बताउँदै श्रेष्ठले खस्किएको अर्थतन्त्रलाई सुदृढ बनाउनु सबैको दायित्व रहेको बताएका छन् । मन्त्री श्रेष्ठले निजी क्षेत्रसँगको प्रभावकारी समन्वयले मात्रै मुलुकको अर्थतन्त्रमा सुधार आउने बताएका छन् । उनले प्रतिनिधि सभाको निर्वाचन पछि बनेको सरकारले अर्थतन्त्रमा प्रभावकारी परिवर्तनका लागि आवश्यक परामर्श गरी उपयुक्त निकास निकाल्ने गरी काम थालनी गरेको बताएका छन् । उनले प्रधानमन्त्री सहित सबै मन्त्री र सबै मन्त्रालयका सचिबहरुको संयुक्त बैठक बसेर हालको समस्या समाधान गर्न पटक पटक छलफल भैरहेको र आबश्यक कामको सुरुवात समेत भैसकेको बताएका छन् । मन्त्री श्रेष्ठले त्यसका राष्ट्रिय सहमति आबश्यक भएको समेत बताएका छन् ।
उनले नेपाली जनताको अथक प्रयासबाट प्राप्त भएको संविधान र अहिलेको व्यवस्था मास्न केही शक्तिहरु लागि परेको बताउदै त्यस्तो अवस्था आउन नदिन सरकार गम्भीर रहेको बताएका छन् । उनले राजनीतिक तहमा राष्ट्रिय सहमति आबश्यक रहेको बताउदै त्यसतर्फ सबै दलहरु एकठाउँमा उभिनुपर्ने बताए ।
दोलखा महोत्सव समग्र जिल्लाको विकासका लागि महत्त्वपूर्ण रहेको भन्दै सफलताको शुभकामना व्यक्त गरेका छन् । दोलखाको समग्र विकासका लागि सरकारले आबश्यक सहयोग गर्ने समेत जनाएका छन् । उनले दोलखामा निर्माण सम्पन्न भएका र निर्माण हुने चरणमा रहेका राष्ट्रिय स्तरका ठुला आयोजना निर्माण गर्न सरकारले आबश्यक सहयोग गर्ने समेत जनाएका छन् ।
दोलखा चेम्बर अफ कमर्शका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा भएको दोलखा महोत्सवको उद्घाटन समारोहमा प्रतिनिधि सभाका सांसदहरु गंगा कार्की विश्व , सोबिता गौतम पुर्वमन्त्री आनन्दप्रसाद पोखरेल प्रदेश सांसदहरु भरत केसी, लगाएत सहभागी थिय । फागुन २७ गते सम्म सञ्चालन हुने दोलखा महोत्सवमा दोलखाका विभिन्न धार्मिक तथा सांस्कृतिक पहिचान झल्किने झाँकी प्रदर्शन लगाएतका कार्यक्रम प्रदर्शन गरिएको थियो । महोत्सवमा दोलखाका स्थानीय कृषि उत्पादन देखि विभिन्न स्टलहरु राखीएका छन् ।