Gaurishankar Post
ब्रेकिंग

दोलखा वितरक संघको साधारणसभा भब्यताका साथ सकियो , ०८१ लाई दोलखा भ्रमण वर्ष मनाउन प्रस्ताब


दोलखा ३० फागुन,,
दोलखाका होलसेल , थोक तथा डिलर व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन दोलखा वितरक संघको छैटौं वार्षिक साधारण सभा भब्यतापुर्वक सम्पन्न भएको छ । चरिकोटस्थित खोर्थली सामुदायिक वनको पिक्नीक स्पोर्टमा आयोजित साधारणसभाको सोमबार एक भब्य समारोहका बिच नेपाल वितरक महासंघका केन्द्रिय महासचिब राजकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा महासचिब श्रेष्ठले डिलर व्यवसायीहरुका अप्ठयारोमा सरकार निरिह रहेको भन्दै यो व्यवसायलाई समयअनुकुल बनाएर अघि बढ्न सरकारसँग आग्रह गरेका छन् । उनले वर्षौदेखि सरकार मुकदर्शक बनेर बसेको आरोप लगाउदै तत्काल व्यवसायीका साझा समस्यालाई सम्बोधन गर्न आग्रहसमेत गरेका छन् । दोलखा वितरक संघका अध्यक्ष राजकुमार खड्काको अध्यक्षतामा सम्पन्न साधारणसभाले दोलखाको आन्तरी पर्यटनलाई प्रबद्र्धन गर्न र समुन्नत दोलखा निर्माण गर्न आगामी २०८१ साललाई दोलखा भ्रमण वर्षका रुपमा अघि बढाउन निजी क्षेत्रको प्रतिनिधित्व गर्दै मातहतका निकायहरुलाई आह्वान समेत गरेको छ । अध्यक्ष खड्काले दोलखाको खस्किदो अर्थतन्त्र र सुस्ताउदै गरेको पर्यटनलाई उकास्न निजी क्षेत्रको तर्फबाट आफुहरुले भ्रमण वर्षको घोषणा गरी कार्यन्वयन गर्न प्रस्ताब गरेको बताए । कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर इश्वर मानन्धरले त्यसबारे नगरको कार्यपालिकामा प्रस्ताब लगि आबश्यक प्रकृया अघि बढाउने जनाएका छन् ।
संघको छैटौं साधारण सभामा लेखा संयोजक तिर्थ पौडेलले आर्थिक प्रतिबेदन र महासचिब रामशरण बस्नेतले सांगठनिक प्रतिबेदन प्रस्तुत गरेका थिए । बनभोज सहितको साधारण सभामा दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविन थापामागर , दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आले ,दोलखा चेम्बरका अध्यक्ष विष्णु श्रेष्ठ , नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य रामेश्वर मानन्धर, महासंघका बागमती प्रदेश सदस्य सनत थापा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा , नेपाल पत्रकार महासंघका प्रदेश सदस्य श्याम खतिवडा, नेपाल रेडक्रस सोसाइटी दोलखाका मन्त्री भरत प्रधान वितरक संघका संस्थापक अध्यक्ष विवेक केसी, निवर्तमान अध्यक्ष सुरेन्द्र उप्रेती प्रेस सम्बद्ध संगठनका अध्यक्षहरु सुजन काफ्ले , प्रभु जिरेल, लालीगुरास युवा क्लवका अध्यक्ष प्रविण श्रेष्ठ लगाएत सहभागी थिए । साधारण सभाको अवसरमा वितरक संघले विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो । ६६ जना सदस्य रहेको दोलखा वितरक संघ २०७० सालमा दर्ता भई कार्यसम्पादन गर्दै आएको संस्थापक अध्यक्ष बिबेक केसीले जानकारी दिए । उनका अनुसार व्यवसायीका समस्या देखि उपभोक्ताहरुलाई सहज आपुर्ती सम्मका विभिन्न कामहरुमा वितरक संघ मुख्य रुपमा जोडिएर कार्यसम्पादन गर्दै आइरहेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

पुर्वसञ्चारमन्त्रीको गाउँ सुरी पुगेर काफ्लेले सोधे मोवाइलमा डाटा चल्दैन त पार्वत दाई ?

shyam khatiwada

दोलखा कांग्रेसले पायो पुर्णता,कोषाध्यक्षमा श्रेष्ठ सहित १२ जना जिल्ला सदस्य मनोनित

shyam khatiwada

दोलखाको फस्कुमा बन्यो सुविधासम्पन्न स्वास्थ्य चौकी भवन

shyam khatiwada
Gaurishankar Post