Gaurishankar Post
अर्थ र बाणिज्य नेपाल समाचार

द्रुत गतिमा सम्पन्न भएको चरिकोट- जिरी सडक


दोलखा २९ जेठ,,
दोलखालाई राजधानी काठमाण्डौ संग जोड्ने जिल्लाको प्रमुख लाईफलाईन सडक लामोसाँघु–चरिकोट–जिरी सडकको ईतिहास ४० बर्ष पुरानो हो । ३० दशकको सुरुवाती सम्म दोलखालीहरु राजधानी आउजाउ गर्न हिडेर बाह्रबिसे पुग्थे । चिन सरकारले कोदारी राजमार्ग २० सालमै खोलेको थियो । दोलखालीहरु हिडेर बाह्रबिसे, खाडीचौर, सुकुटे र दोलालघाट पुग्थे र त्यहाँबाट काठमाण्डौ आवतजावत गर्थे ।
२०३२ सालबाट स्विस सरकारले लामोसाँघु–जिरी सडकको ट्रयाक अन्न शुरु ग¥यो । सगरमाथाको प्रवेशद्धारका रुपमा चिनिने सुन्दर पर्यटकीय नगरी जिरी उपत्यका सम्म्म सडक पु¥याउनु उसको उद्धेश्य थियो । जिरीको भुगोल स्विटजरल्याण्डको ज्युरिच शहर संग ठ्याक्कै मिल्दथ्यो । त्यसैले प्रभावित भएर स्विस सरकारले जिरीको विकास गरिरहेको थियो । ३२ सालबाट खनिएको लामोसाँघु–जिरी सडक २०३८ सालमा पूरा भयो । सिन्धुपाल्चोकको खाडीचौर देखि दोलखाको सदरमुकाम चरिकोट हुँदै जिरी पु¥याईएको १ सय १० किलोमिटर सडक ३.५ मिटर चौडा हुने गरि कालोपत्रे भएपछि दोलखा जिल्लाले विकासमा फड्को मारेको हो । विकासमा फड्को मार्दै गर्दा दोलखामा बिभिन्न लगानी सहित विकासका पूर्वाधर भित्रिए र धमाधम बने । १० बर्षेद्धन्दकालमा पूर्वाधर बन्ने क्रम केही समय ढिलाई भयो । तर मुलुक शान्तिप्रक्रियामा गईसकेपछि धमाधम विकासका पूर्वाधार बन्दै गयो । दोलखामा बजार विस्तार हुदै गए । माथिल्लो तामाकोशी सहित दर्जनौंको संख्यामा राष्ट्रिय महत्वका जलबिद्युत आयोजनाहरु निर्माण शुरु भए । पर्यटन उकासियो । सबै क्षेत्रमा चहलपहल बढ्दै गयो । यही क्रममा जिल्लाको लाईफलाईन सडकमा सवारीको चाप बढ्दै गयो । भनिन्छ सडक नै विकासको मेरुदण्ड हो । त्यसैले दोलखा विकासको प्रमुख मेरुदण्ड लामोसाँघु–जिरी सडकको स्तरोन्नत्ती गर्ने निर्णयमा सरकार पुग्यो । त्यसका लागि भारतिय एक्जीम बैंक संग ऋण लगानीमा सम्झौता भयो । यो दातृ निकाय मार्फत लामोसाँघु–जिरी सहित बिभिन्न सडकहरुको स्तरोन्नत्ती गर्ने सम्झौता भएको हो । सम्झौता पछि सडक बिभागले सिन्धुपाल्चोकको खाडीचौर देखी मुडे बजार हुँदै दोलखा सदरमुकाम चरिकोट बजार सम्मको सडकलाई पहिलो चरणमा विस्तार गर्नका लागि दुई खण्डमा ठेक्का निकाल्यो । पहिलो खण्ड सिन्धुपाल्चोकको खाडीचौर बजार देखि मुडे बजार भन्दा तल्लो मोड सम्म २५ किलोमिटर र दोस्रो खण्ड उक्त स्थान देखि दोलखा सदरमुकाम चरिकोट सम्म ३० किलोमिटरमा छुट्टा छुट्टै प्याकेज बनाएर ठेक्का लागेको हो ।

दोस्रो खण्ड समेत कालोपत्र बिस्तार गर्न २०७५ सालमा चरिकोट–जिरी सडकको ५५ किलोमिटर खण्डको ठेक्का लाग्यो । यो खण्डको ठेक्का लामा कन्ष्ट्रक्सनले जिम्मा पाएको हो ।

उडहिल/लामा कन्ष्ट्रक्सनको रफ्तारका काम
सडक विस्तारका लागि निर्माणको जिम्मा पाएको भारतिय कम्पनि उडहिल र नेपाली कम्पनी लामा कन्स्ट्रक्सन प्रालिको रफ्तारका कारण नै चरिकोट जिरी सडक आयोजनाको काम समयमा सम्पन्न भएको छ । ठेक्का सम्झौता पछि २०७५ चैत महिनाको अन्तिम साताबाट निर्माण सुरु गरेको निर्माण कम्पनीले विशेष परिस्थिती बाहेक लगातार काममा आफ्ना सबै संयन्त्र प्रयोग गरेको थियो । जसका कारण तोकिएको समयअवधि र आयोजनाले थप गरेको समय भित्रै सडक निर्माणको काम सम्पन्न भएको छ । निर्माणको जिम्मा पाएको कम्पनीका तर्फबाट प्रभावकारी जनशक्ति व्यवस्थापन स्थानीय बासिन्दासँगको समधुर सम्बन्ध, स्रोत र साधनको परिचालनमा प्रयाप्तता , सरकारी निकाय तथा अन्य सरोकारवालाहरुको आबश्यक सहयोगका कारण पनि समयमै गुणस्तरिय सडक निर्माण सफल भएको देखिन्छ । अध्ययनका क्रममा हामिले निर्माण कम्पनीका जिम्मेवार व्यक्तिहरुसँग पनि संवाद गरेका थियौं । उहाँहरुका अनुसार परामर्शदाता कम्पनी र आयोजना कार्यालय को तर्फबाट पनि प्रयाप्त सहयोग भएकै कारण पनि तोकिएकै समय अवधिभित्र काम सम्पन्न भएको जवाफ पाइएको थियो । निर्माण कम्पनीले प्याकेजिङ गरेर चरिकोट देखि जिरी सम्म पुर्वाधार निर्माण र कालोपत्रे गर्ने कामलाई सुक्ष्म ढंगले जनशक्ति परिचालन गरेको थियो । सुरुवाती चरणमा कम्पनीले चरिकोटदेखि तामाकोसी बजारसम्म मात्रै माटो काट्ने र अन्य स्ट्रक्चर निर्माणको काम अघि बढाएको थियो जसका कारण वर्षातको समयमा पुरै सडक हिलाम्मे नभइ एक खण्डमा मात्रै सामान्य असहज भएको थियो । माथिल्लो खण्डको स्तरोन्नती सकेपछिमात्रै तामाकोसी जिरी खण्डमा काम सुरु गरेको थियो । जसका कारण उक्त सडक भएर यात्रा गर्ने तमाम यात्रुहरुलाई निकै सहज भएको थियो ।

कोभीडले पारेको प्रभाव
सडक निर्माणको सुरुवात भएसँगै दोस्र्रो वर्ष अर्थात २०७६ अन्त्यतिर मुलुकभर महामारीको रुपमा सुरु भएको कोरोना भाइरस अर्थात कोभिड महामारी बाट नेपाल पनि अछुतो हुन सकेन । सामाजिक दुरी , स्वास्थ्य सतर्कता तथा उच्च सावधानी अपनाउनुपर्ने बाद्यताका कारण मुलुकका ठुला विकास आयोजना र धेरै मानिसहरुको भिडभाड हुने क्षेत्रहरु नराम्रोसँग प्रभावित भए । त्यसको असर यो सडकले पनि व्यहोर्नुपरेको थियो । सडक निर्माणले गति लिएकै समय अर्थात हिउँद यामको चैत बैशाखको समयमा प्रवेश गरेको महामारीले सडक निर्माणको कामलाई नराम्रोसँग प्रभाव परेको थियो । कोभीड संक्रमणका कारण कार्यरत मजदुर तथा कर्मचारीहरुलाई घर पठाउनुपर्ने अवस्था आयसँगै सडक निर्माणमा केही समय ढिलाई भएको थियो । त्यो सँगै महामारीले उग्र रुप लिएपछि दोस्रो र तेस्र्रो वर्ष पनि अवस्था उस्तै रह्यो । पहिलो कोभिडमा सडक आयोजनामा कार्यरत मजदुर हरुलाई संक्रमण नभएपनि दोस्र्रो र तेस्र्रो वर्ष भने कर्मचारी र मजदुर समेत संक्रमणको चपेटामा परे जसले गर्दा झनै प्रभाव परेको थियो । तैपनि निर्माण कम्पनीले उच्च सतर्कता अपनाएरै भएपनि काममा निरन्तर दिइरहयो र त्यसको परिणामस्वरुप आज समयमा सडक निर्माण सम्पन्न भएको छ । कोभिडका कारण सडक तोकिएको समयमा पुरा हुन केही समय लाग्यो । तर पनि सतर्कताका साथ कोभीडका बिच लामा कन्ष्ट्रक्सनले काम गरेको देखियो ।

स्थानीयलाई काममा प्राथमिकता
दोलखाको सदरमुकाम चरिकोटबाट जिरी सम्म तिन ओटा गाउँपालिका पर्छन् । यो सडक आयोजनामा कार्यरत निर्माण कम्पनीले लामोसाँघु जिरी सडक सुधार आयोजनाको कार्यालय संगको समन्वयमा स्थानीयलाई काममा प्राथमिकता दिएको देखियो । चरिकोटबाट जिरी सम्म पुग्दा निर्माण अवधीमा पेटी ठेक्का लगायतमा स्थानीयलाई प्राथमिकता राखेको देखिन्थ्यो । आयोजनास्थलमा कार्यरत मजदुर र श्रमिक समेत आधा भन्दा बढी स्थानीय नै थिएन ।

सडकमा बलियो प्रबिधि
सडकमा डबल बिट्युमिन सफेसमेन्ट ट्रिटमेन्ट प्रविधिबाट कालोपत्रे भएको छ । अन्यत्र समेत यो प्रविधि प्रयोग भएपनि सफल भएको थिएन । तर यो सडकमा सफल भएको देखियो । प्राविधिकहरुका अनुसार यो प्रविधिले सडकको टिकाउमा असाध्यै ठुलो मद्धत पु¥याउछ । यस्तै मोडहरुमा तिन पटक सम्म यो प्रविधि अपनाएको कारण बलियो देखिएको छ । सडक बिभागको मापदण्ड अनुसार सडक बोर्ड संग सम्बन्धीत सबै मापदण्ड पुरा गरिएको छ । बजार क्षेत्रमा फुटपाथ बनाईएको छ भने खोलाखोल्सीहरुमा ब्यबस्थित कजवे निर्माण गरिएको छ । भल कटाउने संरचनाले सडक व्यवस्थित बनेको छ । सडक डिजाईन गर्दा आकर्षक ढंगले बनाईएका नालाहरुका कारण भल बाढी नियन्त्तणमा पनि ठुलो सहयोग पुग्ने देखिन्छ ।

अनि चरिकोट संग नजिकियो जिरी
सडक निर्माण अवधीभर सुन्दर पर्यटकीय नगरी जिरीको सदरमुकाम चरिकोट संग सम्पर्क टुटेको झैं भएको थियो । राजधानी काठमाण्डौ जान सदरमुकाम चरिकोट हुदै जाने जिरी बासी खिम्ती हुदै मन्थली निस्केर विपी राजमार्ग प्रयोग गर्दै आएका थिउए । राजधानीबाट घुम्न आउने पर्यटकलाई सास्ती थियो । निर्माण अवधीभर जिरीबासी आकस्मिक काम बाहेक चरिकोट पुग्दैनथे । अब भने १ घण्टामै जिरी आउजाउ गर्न मिल्ने गरि सडक तयार भएको छ । जिरीका बासिन्दा माछा खान तामाकोशी बजार आउन थालेका छन् । सदरमुकाम चरिकोट आउजाउ सहज भएको छ ।

बिस्तारै लयमा फर्कियो दोलखाको पर्यटन

खाडीचौर –मुडे डेढ बर्ष अघि नै सकिएको छ । मुडे–चरिकोटमा कालोपत्रे अन्तिम चरणमा छ । राजधानीबाट हिडेका यात्रु सजिलै गरि ४ घण्टामा चरिकोट आईपुग्न थालेका छन् । यो सडक बनेपछि केही बर्ष देखि अस्तव्यस्त बनेको दोलखा जिल्लाको पर्यटन बिस्तारै आफ्नो लयमा फर्किएको छ । राजधानी जाने आउने यात्रुलाई सहजता भएको छ । नागरिकको जिवनस्तर बिस्तारै माथी उठ्न थालेको छ । चरिकोट, कालिञ्चोक सहितको स्थानका होटलका कोठाहरु पाहुनाले भरिभराउ हुन थालेका छन् । माथिल्लो तामाकोशी सकिएको छ । अन्य बिद्युत आयोजनाहरु समयमै सम्पन्न हुन थालेका छन् । सडकका कारण चर्को बनेको मुल्य नियन्त्रणमा आएको छ । बिरामीहरुलाई काठमाण्डौ पु¥याउन सहज सडक मार्ग बनेको छ । समयमै सम्पन्न भएपछि जिल्लाबासी खुसी भएका छन् । 

जसले लामोसाँघु–जिरी सडकको नेतृत्व सम्हाले

२०७१ सालमा ठेक्का लागेपछि यो सडकको कार्यालय सिन्धुपाल्चोकमा खुल्यो । चरिकोटमा समेत सम्पर्क कार्यालय थियो । यसका शुरुका आयोजना प्रमुख केदार नेपाल थिए । नेपालको सरुवा भयो । उनी पछि डिभिजन सडक कार्यालय चरिकोटका तत्कालिन प्रमुख धर्मेन्द्र झालाई बिभागले यो सडक आयोजना समेत हेर्न गरि आयोजना प्रमुखको जिम्म्मेवारी दियो । झा पछि बिभागबाट दिप बाराही आयोजना प्रमुखका रुपमा खटिए । बाराही पछि अख्तियारबाट कृष्णराज पन्त आयोजना प्रमुखका रुपमा खटिएर आए । उनले ठेकेदारलाई कार्बाही गर्ने प्रक्रियामा निकै ठुला निर्णयहरु समेत गरेर कार्बाही तह सम्म पु¥याए । पन्त पछि ईन्जिनियर ईश्वरराज कार्कीले निमित्त आयोजना प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका छन् ।  कार्कीको  नेतृत्वमा यो सडक स्तरोन्नत्तीको काम सम्पन्न हुदैछ । 

याे पढ्न छुटाउनु भयाे की ?

माथिल्लो तामाकोसीको डिसेण्डर बेसिनमा पानी भर्न सुरु, दोलखा कांग्रेसको बिरोध

shyam khatiwada

पिडितका घर घरमा राहत पुर्याँउदै जुँगुका युवा

shyam khatiwada

कालिकोटमा भारतबाट आएकालाई क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णालीमा खस्यो, ३३ बेपत्ता

sanjeet
Gaurishankar Post