Gaurishankar Post
राजनीति समाचार

नदिजन्य सामग्रीको राजश्व अनियमितताबारे प्रतिबेदन सार्वजनिक गर्न तामाकोसीमा कांग्रेसको माग

दोलखा २३ भदौ ।

दोलखाको तामाकोसी गाँउपालिकामा गत बर्ष निकै चर्चामा रहेको नदिजन्य सामाग्रीको राजश्व अनियमितता बारे अध्ययन गर्न बनेको समितिले हालसम्म प्रतिबेदन सार्वजनिक नगरेको भन्दै नेपाली कांग्रेसले तत्काल उक्त प्रतिबेदन सार्वजनिक गर्न माग गरेको छ ।
मंगलबार कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले सहितको उपस्थितीमा तामाकोसी गाउँपालिका समितिले नदिजन्य सामाग्रीको राजश्व अनियमितता बारे तत्काल प्रतिबेदन सार्वजनिक गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । स्रोतका अनुसार यसअघि अनेकन बहानामा गाउँपालिकाका मुख्य मान्छे नै उक्त अभियोगमा मुछिने निश्चित भएपछि प्रतिबेदन सार्वजनिक नगरेको सरोकारवालाहरुले बताएका छन् । यति ठुलो अनियमितता भएपनि नागरिकको आँखामा छारो हाल्दै जनप्रतिनिधि र कर्मचारी मोजमस्तीमा व्यस्त रहेको भन्दै तत्काल उक्त प्रतिबेदन सार्वजनिक गर्न माग गरिएको कांग्रेस तामाकोसी गाउँपालिकाका सभापति ङरहरी फुयालले जानकारी दिए । उनका अनुसार तत्काल प्रतिबेदन सार्वजनिक नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

फुयालले गाउँपालिका बाट कृषकलाई दिने अनुदान,कृषि उपकरणहरुको बितरण ,खेतिपाती ,पशुपालनमा आदीमा दिइने सेवा सुविधा समेतमा पारदर्शीता नभएकोले बितरण गरिएका लाभग्राहीको पुनारावलोकन गर्दै आगामी दिनमा समानुपातिक ,नितिगत र पारदर्शी ढंगले बितरण गर्न गाउँपालिकालाई अनुरोध गरिएको जनाएका छन् ।
कांग्रेसले ज्ञापनपत्रमार्फत मुलुक कोभिड १९ को कारण आक्रान्त भएको बेला चाडबाडको आगमन पनि नजिकदै गएकाले गाउँपालिकामा रहेका बिपन्न नागरिकलाई राहतको ब्यबस्था गर्न माग समेत गरेको छ । नेपाली कांग्रेस तामाकोसी गाउँपालिका समितिका सचिव चन्द्रगणेश काप्mलेले चाडबाडमा बाहिरबाट आउने जाने नागरिकको संख्यामा बृद्धी हुने भएकोले तामाकोसीका कम्तिमा १० प्रतिशत नागरिकको पिसिआर चेक गर्न पालिकालाई लिखित अनुरोध गरेको जनाएका छन ।
तामाकोशी गाउँपालिका कृषकहरु मल को समस्याबाट आक्रान्त छन यो समस्याको तत्काल निराकरण गर्न पालिकालाई कांगे्रस नेता नरहरी सुवेदीले अपिल गरे । उनले भने चरम मूल्य बृद्धी गरि नागरिक ठगी रहदा यसको अनुगमन गर्ने निकाय कुम्भकर्णको निन्द्रामा परेको छ ।
तामाकोशी गाँउपालिका प्रमुख ईश्वरचन्द्र पोखरेल नेकपा दोलखाका अध्यक्ष समेत रहेकोले नेपाली कांगे्रस तामाकोशी गाउँपालिकाले एउटा छुटै विज्ञप्ती जारी गरि मेलुङगाउँपालिका ४ का सर्वसाधरण नागरिकले खानेपानी माग्दा निरंकुश शैलिमा निर्दोष सर्वसाधरणलाई फसाईएको छ तत्काल बिना सर्त रिहाई नगरेमा नेपाली कांगे्रस तामाकोशी गाउँपालिकाकाले चरणबद्ध आन्दोलन गर्ने जनाएकाछन ।

याे पढ्न छुटाउनु भयाे की ?

कुरीका होटलको सरकारी अनुगमन , जनैपुर्णिमा सम्म अनिवार्य मेनु राख्न निर्देशन

shyam khatiwada

हुलाकी राजमार्गमा पुल निर्माण हुने भएपछि स्थानीयहरुमा खुसियाली

shyam khatiwada

कांग्रेस बैठकमा धारणा राख्ने क्रम जारी, आजको बैठक दिउँसो साढे १२ बजेदेखि, अहिलेसम्म क–कसले बोले ?

shyam khatiwada
Gaurishankar Post