दोलखा ८ असोज,,
नेपाली कांग्रेस दोलखाको १४ औं जिल्ला अधिबेशनमा नेपालकै चर्चित निर्माण ब्यबसायी बालकृष्ण थापा महाधिबेशन प्रतिनिधिको प्रतिष्पर्धामा उत्रिएका छन् ।
दोलखा सदरमुकाम चरिकोटका स्थानीय बासीन्दा रहेका थापाले नेपाली कांग्रेसको आशन्न जिल्ला अधिबेशनमा गृह जिल्लाबाट महाधिबेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् । उपत्यका निर्माण ब्यबसायी महासंघको अध्यक्षको भुमिकामा रहेर काम गर्दै आएका थापा कांग्रेसको खुल्ला राजनीतिमा प्रवेश गरेपछि उनको गृह जिल्ला दोलखामा तरङ्ग पैदा भएको छ । यस अघि कांग्रेसको पेशागत संगठनमा रहेर पाटीलाई सहयोग गर्दै आएका थापा १४ औं जिल्ला अधिबेशनमा आफै उम्मेदवार बनेर गृह जिल्लामा निर्वाचन लड्ने तयारी गरेपछि दोलखामा नयाँ राजनीतिक तरङ्ग पैदा भएको दोलखा कांग्रेसका नेता कार्यकर्ताहरु बताउछन् । दोलखा कांग्रेसमा थापाको खुल्ला राजनीतिक आगमनले समग्र जिल्लाको संगठनमा निकै ठुलो टेवा पुग्ने कार्यकर्ताहरु बताउछन् । पेशागत संगठनमा रहँदा पनि उनले सिंगो पाटीलाई निरन्तर सहयोग गर्नुका साथै दोलखाका विभिन्न आपत विपतमा परेका जिल्लाबासीहरुलाई सहयोग गर्दै आएका छन् ।
पछिल्लो समय निर्माण व्यबसायका क्षेत्रमा निकै फड्को मारेका थापा देशकै एक सफल निर्माण व्यवसायीका रुपमा परिचित छन् । उपत्यका निर्माण व्यवसायी महासंघको तिन कार्यकाल उपाध्यक्ष भई काम गरीसकेका थापाले एक कार्यकाल अध्यक्षको जिम्मेवारी पुरा गरी पुःन दोस्रो कार्यकाल अहिले पुरा गर्दै छन् । दोलखामा उनि राजनीतिक परिवारका सदस्य हुन् । प्रजातन्त्र प्राप्त भएपछि २०४८ सालमा भएको निर्वाचनमा उनका कान्छाबुवा कृष्ण थापा कांग्रेसको तर्फबाट सांसदका रुपमा उम्मेदवार थिए । त्यसबेला स्व. कृष्ण थापाले सम्मानजनक मत प्राप्त गरेर पराजय बेहोर्नु परेको थियो ।
निर्माण ब्यबसायमा चर्चित रहेका उनै महाधिबेशन प्रतिनिधिका उम्मेदवार बालकृष्ण थापालाई हामीले अनयासै पाटीको खुल्ला राजनीतिमा होमिनुभयो नि ? भनेर प्रश्न गर्दा थापाले भने “ लामो समय पेशागत रुपमा निर्माण क्षेत्रमा काम गरेँ, थुप्रै अनुभबहरु बटुलेको छु , उक्त अनुभब दोलखा कांग्रेसको संगठन बिस्तार अभियानमा प्रयोग गर्ने हेतुले महाधिबेशन प्रतिनिधि हुँदै खुला राजनीतिमा अघि बढ्न खोजेको छु ” । उनले दोलखामा लामो समयदेखि कम्युनिष्टहरुको एकाधिकार रहेको र त्यसलाई अन्त्य गरि कांग्रेसको नेतृत्वमा समृद्ध दोलखा निर्माण गर्ने सपना बोकेर जिल्लाको राजनीतिमा होमिएको जनाएका छन् । थापाले अग्रजहरुको सम्मान गर्दै युवाहरुले परिबर्तन र विकासको सुरुवात गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले भने थुप्रै योजनाहरु बोकेर आफ्नो जन्मभुमीबाट राजनीतिक यात्रा थालनी गरेको छु , ति सबै योजनाहरु पुरा गर्न सम्पुर्ण नेता ज्युहरु, सहयोद्धा कार्यकर्ता मित्रहरु लगाएत सम्पुर्ण क्षेत्रीय प्रतिनिधि , वडा एवं गाउँ नगरका सभापति तथा सबै शुभेच्छुक शुभचिन्तक ज्युहरुमा बिनम्र अनुरोध गरेको छु । मलाई विस्वास छ यो अधिबेशनमा यहाँहरुले मलाई अबसर दिनु नै हुनेछ उक्त अबसरलाई म कांग्रेसको गरिमा कायम गरि जिल्लाको संगठन बिस्तार र केन्द्रमा कुशल नेतृत्व छनोटमा प्रयोग गर्नेछु ।
थापा सहित १४ औं जिल्ला अधिबेशनमा अन्य पेशाकर्मीहरु समेत कांग्रेसको खुला राजनीतिमा सकृय भएर जोडिएका छन् । नेपाल प्रेस युनियनका महासचिब एवं चर्चित पत्रकार अजयबाबु शिवाकोटी , समाजसेबी एवं ब्यबसायी प्रभुराम श्रेष्ठ लगाएतका नेताहरु पनि कांग्रेसको महाधिबेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्दै छन् ।