Gaurishankar Post
राजनीति

नेकपा एमालेको भुगोलतर्फको जिल्ला कमिटि सदस्य पदमा टहल थामीको उम्मेद्धारी


दोलखा २२ माघ,,


नेकपा एमालेको दसौं जिल्ला अधिबेशनमा विगु गाउँपालिकाको भुगोलतर्फको जिल्ला कमिटि सदस्य पदमा एमालेका युवा नेता टहल थामीले उम्मेद्धारी दिने भएका छन् ।
गत अधिबेशनबाट समेत जिल्ला कमिटि सदस्य पदमा निर्बाचित भएका थामी यो वर्ष पनि सोही पदमा उम्मेद्धारी दिन लागेको हुन् । विगु गाउँपालिका वडा नम्बर ६ आलम्पुको वडाअध्यक्षसमेत रहेका टहल थामी नेकपा एमालेका चर्चित नेतासमेत हुन् । निर्माण व्यवसायमा सकृय टहल नेकपा एमालेको भातृ संस्था लोकतान्त्रीक आदिबासी जनजाति महासंघ जिल्ला समिति दोलखाका उपाध्यक्षसमेत हुन् । वडाअध्यक्ष निर्वाचित भएपछि थामीले आफ्नो वडा लगाएत समग्र गाउँपालिकालाई शुसासनमैत्री बनाउन महत्वपुर्ण योगदान गरेको एमालेसम्बद्ध स्रोत बताउछ । थामीले आलम्पुका स्थानीयबासीन्दाको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको ढुंगाखानीलाई व्यवस्थित बनाउन उक्त स्थानसम्म सडक निर्माण गरेका छन् । उक्त खानीलाई थप व्यवस्थित र व्यवसायीक बनाउन उनि सकृय छन् । वडामा रहेका प्रत्येक गोरेटो बाटोलाई सोही ढुंगाखानीको स्लेट ढुंगा बिच्छाएर आकर्षक बनाएका थामी जिल्लाको उत्तरी क्षेत्रमा निकै चर्चित छन् ।
उनै टहल अहिले नेकपा एमालेको दसौं जिल्ला अधिबेशनमा विगु गाउँपालिकाबाट भुगोल तर्फको जिल्ला कमिटि सदस्य पदमा प्रतिष्पर्धामा उत्रिदैछन् । उनले आफुलाई निर्वाचित गराउन सबै प्रतिनिधिहरुसमक्ष अपिल गरेका छन् । थामीले अवको दोलखा एमाले जिल्लाकै पहिलो पाटी बनाउन आफुहरु लागिपर्ने बताएका छन् । उनि यस अधिबेशनमा होमिएका दुइवटै विद्यमान टिममा साझा उम्मेद्धारको रुपमा पर्नसक्ने एमाले सम्बद्ध स्रोतले जनाएको छ । सोमबार एमाले दोलखाको दसौं जिल्ला अधिबेशन महासचिब शंकर पाखरेलले एक समारोहका बिच उद्घाटन गरेका छन् । अधिबेशनको बन्द सत्रले चार पदाधिकारी र सय जनाको जिल्ला कमिटि निर्वाचित गर्दै छ । अधिबेशनमा जिल्ला अध्यक्ष पदमा इश्वरचन्द्र पोखरेल, नरबहादुर श्रेष्ठ र भरत दुलाल बिच प्रतिष्पर्धा हुदै छ ।

याे पढ्न छुटाउनु भयाे की ?

भीमेश्वरमा जनतालाई दुख दिने गरि ठुला सभा नगर्ने गठबन्धनको तयारी , २७ सय स्वयंसेबक घर घर खटीए

shyam khatiwada

दोलखामा गठबन्धनले भारी अन्तरले निर्वाचन जित्दैछौं – कांग्रेस नेता तारा खड्का

shyam khatiwada

नदिजन्य सामग्रीको राजश्व अनियमितताबारे प्रतिबेदन सार्वजनिक गर्न तामाकोसीमा कांग्रेसको माग

shyam khatiwada
Gaurishankar Post