दोलखा २२ माघ,,
नेकपा एमालेको दसौं जिल्ला अधिबेशनमा विगु गाउँपालिकाको भुगोलतर्फको जिल्ला कमिटि सदस्य पदमा एमालेका युवा नेता टहल थामीले उम्मेद्धारी दिने भएका छन् ।
गत अधिबेशनबाट समेत जिल्ला कमिटि सदस्य पदमा निर्बाचित भएका थामी यो वर्ष पनि सोही पदमा उम्मेद्धारी दिन लागेको हुन् । विगु गाउँपालिका वडा नम्बर ६ आलम्पुको वडाअध्यक्षसमेत रहेका टहल थामी नेकपा एमालेका चर्चित नेतासमेत हुन् । निर्माण व्यवसायमा सकृय टहल नेकपा एमालेको भातृ संस्था लोकतान्त्रीक आदिबासी जनजाति महासंघ जिल्ला समिति दोलखाका उपाध्यक्षसमेत हुन् । वडाअध्यक्ष निर्वाचित भएपछि थामीले आफ्नो वडा लगाएत समग्र गाउँपालिकालाई शुसासनमैत्री बनाउन महत्वपुर्ण योगदान गरेको एमालेसम्बद्ध स्रोत बताउछ । थामीले आलम्पुका स्थानीयबासीन्दाको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको ढुंगाखानीलाई व्यवस्थित बनाउन उक्त स्थानसम्म सडक निर्माण गरेका छन् । उक्त खानीलाई थप व्यवस्थित र व्यवसायीक बनाउन उनि सकृय छन् । वडामा रहेका प्रत्येक गोरेटो बाटोलाई सोही ढुंगाखानीको स्लेट ढुंगा बिच्छाएर आकर्षक बनाएका थामी जिल्लाको उत्तरी क्षेत्रमा निकै चर्चित छन् ।
उनै टहल अहिले नेकपा एमालेको दसौं जिल्ला अधिबेशनमा विगु गाउँपालिकाबाट भुगोल तर्फको जिल्ला कमिटि सदस्य पदमा प्रतिष्पर्धामा उत्रिदैछन् । उनले आफुलाई निर्वाचित गराउन सबै प्रतिनिधिहरुसमक्ष अपिल गरेका छन् । थामीले अवको दोलखा एमाले जिल्लाकै पहिलो पाटी बनाउन आफुहरु लागिपर्ने बताएका छन् । उनि यस अधिबेशनमा होमिएका दुइवटै विद्यमान टिममा साझा उम्मेद्धारको रुपमा पर्नसक्ने एमाले सम्बद्ध स्रोतले जनाएको छ । सोमबार एमाले दोलखाको दसौं जिल्ला अधिबेशन महासचिब शंकर पाखरेलले एक समारोहका बिच उद्घाटन गरेका छन् । अधिबेशनको बन्द सत्रले चार पदाधिकारी र सय जनाको जिल्ला कमिटि निर्वाचित गर्दै छ । अधिबेशनमा जिल्ला अध्यक्ष पदमा इश्वरचन्द्र पोखरेल, नरबहादुर श्रेष्ठ र भरत दुलाल बिच प्रतिष्पर्धा हुदै छ ।