Gaurishankar Post
राजनीति समाचार

नेकपा समाजबादी दोलखाको अध्यक्षमा दहाल, २५१ सदस्यीय जिल्ला कमिटी घोषणा



दोलखा २६ भदौ,,
नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजबादी दोलखाको अध्यक्ष भिम प्रसाद दाहाल छनोट भएका छन् ।
शनिबार सदरमुकाम चरिकोटमा आयोजित भेलाले भिमप्रसाद दहालको अध्यक्षतामा दुई सय ५१ सदस्यीय अधिबेशन आयोजक समिति घोषणा गरेको हो ।

भेलालाई सम्बोधन गर्न दोलखा पुगेका नेकपा समाजबादीका केन्द्रिय नेता एवं सचिबालय सदस्य डा. विजय पौडेलले समाजबादी पाटी एमाले भन्दा तुलनात्मक रुपमा ठुलो र बैचारिक पाटी हुने दाबी गरेका छन् । उनले तानासाह प्रवृत्तिका कारण एमालेभित्रका अधिकांस नेता कार्यकर्ता समाजबादीमा भित्रीने विस्वास समेत व्यक्त गरेका छन् । निर्बिरोध निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराउदै नेता पौडेलले.दोलखामा अब्बल राजनीतिक शक्तिका रुपमा नेकपा एकिकृत समाजबादी पार्टीलाई संगठित गर्न आग्रह समेत गरेका छन् । निर्विरोध निर्वाचित भएको समितिको उपाध्यक्षमा भुवन केसी , सचिब प्रोणप्रताप केसी र उपसचिबमा घनश्याम रिजाल चयन भएको नेकपा एकिकृत समाजबादी दोलखाका नेता शिवप्रसाद भण्डारीले जानकारी दिए । भेलाले जिल्लाका ९ वटा स्थानीय तह र ७४ वटै वडाबाट प्रतिनिधित्व हुने गरि स्थानीय तहका इन्चार्ज र २ सय ५१ सदस्यीय अधिबेशन आयोजक समिति गठन गरेको नेता भण्डारीले बताएका छन् । भेलामा स्थानीय तहका जनप्रतिनिधिहरुको संख्या थोरै भएपनि पुर्वजनप्रतिनिधिहरुको संख्या भने उल्लेख्य रहेको जनाइएको छ । शनिबार नै चरिकोटस्थित बसपार्कमा पाटीको कार्यालय समेत उद्घाटन गरि सञ्चालनमा ल्याइएको जिल्ला सचिब प्रोणप्रताप केसीले जानकारी दिएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

जिसस खारेज गर्न सांसदहरुको माग

sanjeet

कुरीका होटलको सरकारी अनुगमन , जनैपुर्णिमा सम्म अनिवार्य मेनु राख्न निर्देशन

shyam khatiwada

दोलखाको सिंगटीमा १५ सैंयाको अस्पताल उद्घाटन

shyam khatiwada
Gaurishankar Post