Gaurishankar Post
समाचार

नेता जिपछिरिङ जसको सहयोगले दोलखामा २ चरणको कोरोना सहजै पार भयो

कांग्रेस नेता एवं समाजसेवी जिपछिरिङ लामाले स्वास्थ्य क्षेत्रमा गृह जिल्ला दोलखामा गरेको अतुलनिय सहयोगले विस्व महामारीको रुपमा विगत २ वर्षदेखि चलेको कोरोना महामारी सहजै पार लागेको छ । लामाले दोलखाका सबै स्थानीय तहलाई उपलब्ध गराएको एम्बुलेन्स महामारीको समयमा सञ्जीबनी बुटी झै भएको दोलखाका सरोकारवालाहरुले बताएका छन् । लामाले आफ्ना स्वर्गिए बुवा आमाको नाममा उपलब्ध गराएको एम्बुलेन्स विपतमा सञ्जीबनी भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

गृह–जिल्ला दोलखाको स्वास्थ्य क्षेत्रमा उनले असाधारण सहयोग गरेका छन् । निजी खर्चमा माता पिताको नाममा नौं वटा एम्बुलेन्स भीमेश्वर र जिरी नगरपालिकालाई गरी दुई शवबाहन दान गरेका छन् ।

ती एम्बुलेन्स र शवबाहन अहिले पनि सेतो नम्वर पेलेटमा जिल्लामा आवश्यकता अनुसार सञ्चालन भइरहेको छ । कोरोना महामारीमा अक्सिजन स्वास्थ्य सामाग्री अभावमा जनता रहेका बेला उनले निजी सहयोगमा थुप्रै स्वास्थ्य सामाग्रीहरू जिल्लाका अस्पतालहरूलाई निःशुल्क उपलब्ध गराएका थिए ।

भूकम्पमा परी घाइतेहरूको स्वास्थ्य उपचार देखि लिएर उनले परिवारको सदस्य गुमाएका गृह जिल्लाको एक सय ७४ परिवारलाई १५ हजारका दरले नगद सहयोग गरेका थिए । तीनै लामाले काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेसँगै काँग्रेस वृतमा लामाको चर्चा छ ।

‘सेवा नै धर्म’ हो भन्ने अभिप्रायका साथ राजनीतिमा अगाडि बढेका लामालाई दिन दुःखीले भगवानको रूपमा चिन्छन् । जुनसुकै दिन दुःखी र पार्टी कार्यकर्तालाई समस्या पर्ने बेला भौतिक उपस्थितिमा नै उनले आर्थिक सहयोग गर्ने गरेका छन् । जिल्लाबासीले लामालाई भीमबहादुर तामाङको मृत्यु पश्चात् अभिभावकको रूपमा लिने गर्दछन् ।

मुलुकका थुप्रै ठुलाठुला योजनाहरू लामाकै नेतृत्वमा निर्माण भएका छन् । यद्यपि त्यसको अलवा गुम्बा, मठमन्दिर, स्कुल, क्याम्पस, स्वास्थ्य चौकी बाटोघाटो र खानेपानी निर्माणमा उनले व्यक्तिगत सहयोग नै गर्दै आइरहेका छन् ।

पछिल्लो समय माता पिताको नाममा स्थापना गरिएको ‘तेङिमा–दाडोमा’ लामा स्मृति प्रतिष्ठानबाट लामाले आफ्नो समाजसेवाको प्रादुर्भाव झन् फराकिलो बनाउँदै लगेका छन् ।

२०७२ को भूकम्पमा परि घाइते भएका हजारौँलाई व्यक्तिगत आर्थिक सहयोगमा उनले हेलिकोप्टर तैनाथ गरी उद्धार गरेका थिए । विपत्तिको बेला उनको महत्त्वपूर्ण उपस्थिति र सहयोग त्यतिखेर जनमानसमा ओखती बन्यो नै ।

त्यसको अलवा लामाले हजारौँ त्रिपाल, स्वास्थ्य सामग्री र खाद्यान्न पनि सहयोग गरेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा पहिलोपटक खुल्यो दुई तारे होटल एम्ब्रोसिया

shyam khatiwada

दोलखाको लामिडाँडामा एमालेका कार्यकर्ताद्धारा गठबन्धनका वडासदस्यमाथी खुकुरी प्रहार

shyam khatiwada

नदिजन्य सामग्रीको राजश्व अनियमितताबारे प्रतिबेदन सार्वजनिक गर्न तामाकोसीमा कांग्रेसको माग

shyam khatiwada
Gaurishankar Post