Gaurishankar Post
नेपाल समाचार राजनीति

नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिकाको सभापतिमा पाण्डे

दोलखा २९ भदौ,,
नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिकाको कार्यबाहक सभापतिमा सञ्जीव पाण्डे नियुक्त भएका छन् ।
नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले रिक्त रहेको कालिञ्चोक गाउँपालिका समितिको सभापतिमा हाल उप सभापतिको भुमिकामा रहेका पाण्डेलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

बाबरे निवासी पाण्डे लामो समय देखि कांग्रेसको विभिन्न भुमिकामा रहेर काम गरेका नेता हुन् । शुक्रबार बसेको नेपाली कांग्रेस दोलखाको संयुक्त बैठकले रिक्त रहेका पदहरुमा व्यवस्थापन गरी जिम्मेवारी दिने
निर्णय बमोजिम पाण्डेलाई कार्यबहाक सभापतिमा मनोनितगरिएको नेपाली कांग्रेस दोलखाका मुख्य सचिब भोजराज चौलागाइले जानकारी दिए । सभापतिले गर्ने सम्पुर्ण कामकाज गर्ने र पाटी संगठनलाई थप चलाएमान बनाउने गरी काम काज गर्न जिम्मेवारी दिएको दोलखा कांग्रेसले जनाएको छ । समितिको सभापतिमा यस अघि जगतमणी शिवाकोटी थिए उनले समय दिन नसकेपछि उक्त पद केही समय देखि रिक्त थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

कालिञ्चोकको जंगलमा अबैध काठ काट्ने १३ जना विरुद्ध मुद्धा दर्ता

shyam khatiwada

माथिल्लो तामाकोसीबारे प्रधान्मन्त्रीज्युले बुझ्नै पर्ने विषय

shyam khatiwada

दोलखा उद्योग वाणिज्य संघद्धारा यस वर्षको सदस्यता नविकरण शुल्क मिनाहा

shyam khatiwada
Gaurishankar Post