Gaurishankar Post
नेपाल समाचार राजनीति

नेपाली कांग्रेस दोलखा -काठमाण्डौ सम्पर्क समितिको अध्यक्षमा शिवाकोटी

दोलखा २ जेठ,,,,,
नेपाली कांग्रेस दोलखा काठमाण्डौ सम्पर्क समितिको अध्यक्षमा सरोज शिवाकोटी मनोनित भएका छन् ।
नेपाली कांग्रेस जिल्ला समिति दोलखाको मंगलबार सम्पन्न पुर्ण बैठकले शिवाकोटीलाई सम्पर्क समितिको सभापतिमा मनोनयन गरेको हो । यस अघि सम्पर्क समितिको सचिब रहेर कार्य सम्पादन गरिसकेका शिवाकोटीलाई अध्यक्षको जिम्मेवारी दिइएको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिए । दोलखाको कालिञ्चोक गाउँपालिका ८ सुनखानी स्थायी घर भई हाल राजधानी काठ्माण्डौ बस्दै आएका शिवाकोटी दोलखा कांग्रेसका समझदार नेताका रुपमा परिचित छन् । दोलखा कांग्रेसको पुर्ण बैठकले थप ३ जना नेताहरुलाई जिल्ला कार्य समिति सदस्य पदमा मनोनित समेत गरेको छ । मनोनित हुने सदस्यहरुमा राजन अधिकारी , विष्णु खत्री र तेम्बा मोक्तान रहेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा ६० हजार ७ सय घरको पुनर्निर्माण , १८ अर्ब ४४ करोड खर्च

shyam khatiwada

छिचोलियो नुप्चे—लिखू जलविद्युतको आयोजनाको सुरुङ, आगामी साउनमा विद्युत उत्पादन हुने

shyam khatiwada

अधुरो कार्यकाल पूरा गरि सुदृढ कांग्रेस बनाउन सचिबमा उम्मेदवारी दिए- आचार्य

shyam khatiwada
Gaurishankar Post