Gaurishankar Post
राजनीति

नेपाली कांग्रेस संगठन विभागको केन्द्रिय सदस्यमा दोलखाका नेता हरिबाबु अर्याल नियुक्त


काठमाडौं ९ भदौ,,,
नेपाली कांग्रेस संगठन विभागको केन्द्रिय सदस्य पदमा दोलखा कांग्रेसका सकृय युवा नेता हरिबाबु अर्याल नियुक्त भएका छन् । दोलखाको कालिञ्चोक गाउँपालिका ३ लामिडाँडा स्थायी घर भई हाल राजधानी काठमाडौंमा राजनीति सँगै ब्यवसाय सञ्चालन गर्दै आएका नेता अर्याल बुधबार नेपाली कांग्रेस संगठन विभागका केन्द्रिय सदस्य पदमा नियुक्त भएका हुन् । अर्याललाई पुर्वमन्त्री एवं कांग्रेस नेता गोपालमान श्रेष्ठले बुधबार संगठन विभागमा नियुक्त गरेका हुन् । संगठन विभागका प्रमुख समेत रहेका पुर्वमन्त्री श्रेष्ठले पार्टीको संगठन वृद्धि र विकासका लागि महत्वपुर्ण भुमिका निर्बाहा गर्न नेता अर्याललाई अनुरोध गदै कार्यकाल सफलताको शुभकामना समेत ब्यक्त गरे । हरिबाबु अर्याल नेपाली कांग्रेसको विभिन्न तहमा रहेर काम गरिसकेका एक प्रखर र अनुभवी नेता हुन् । कांग्रेसको आशन्न अधिबेशन देखि पार्टी राजनितीलाई थप कृयाशिल बनाउदै संगठन सुदृढिकरणमा तल्लो तहमा कृयाशिल हुने अर्यालले बताएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

जिसस खारेज गर्न सांसदहरुको माग

sanjeet

कांग्रेसको शुवेच्छुक संस्था समन्वय बिभागको विज्ञ सदस्यमा दोलखाका नेता शिवाकोटी नियुक्त

shyam khatiwada

बाँकी काम पुरा गर्न मेरो उम्मेद्वारी हो , वैतेश्वरमा कांग्रेससँग कसैको प्रतिष्पर्धानै छैन- लामा

shyam khatiwada
Gaurishankar Post