Gaurishankar Post
नेपाल समाचार समाचार

नेविसंघ दोलखाद्वारा केपी ओली र नरेन्द्र मोदीको पुत्ला दहन


दोलखा २९ बैशाख
नेपाल विद्यार्थी संघ दोलखाले नेपाली भुमी मिचेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।
नेपाली भुमी लिपुलेक , लिम्पीयाधुरा र कालापानी मिच्नुमा नेपाल सरकारको समेत संलग्नता रहेको भन्दै ओली र मोदीको पुत्ला दहन गरेको हो । नेविसंघ दोलखाका उपाध्यक्ष सुरेस गौतमको नेतृत्वमा जुलुस सहित पार्टी कार्यालय बाट निस्केको टोलीले बजार परिक्रमा गर्दै सातदोबाटो चोकमा नाराबाजी सहित पुत्ला दहन गरेको छ । जुलुसमा कांग्रेसका जिल्ला नेताहरु उद्धबराज काफ्ले ,बर्मा लामा, ईश्वर मानन्धर जिल्ला सचिबहरु सन्तोष रिमाल , बालकृष्ण आचार्यलगाएत अन्य नेवि संघ तथा पार्टीका कार्यकर्ताहरु सहभागी थिय ।

राँके जुलुस सहित निस्किएका कांग्रेस कार्यकर्ताहरुले लिपुलेक कालापानी लिम्पीयाधुरा हाम्रो हो , नालायक सरकार मुर्दाबाद , कोरोना पिडितलाई राहत दे जस्ता नाराबाजी गर्दै जुलुस लगाएका थिए । पुत्ला दहन भैरहँदा प्रहरीले भने कुनै प्रतिक्रिया जनाएको थिएन । कार्यक्रम सकेर कार्यालय पुगिसकेका कांग्रेस कार्यकर्ताहरुलाई त्यसपछिमात्रै प्रहरी फलो गरेको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा उद्योग वाणिज्य संघको वार्षिक समिक्षा, पुर्व अध्यक्ष कार्कीकै कारण संघ नबिकरण नभएको पुष्टी

shyam khatiwada

दोलखामा थप १० दिन निशेधाज्ञा

shyam khatiwada

दोलखाको सिंगटीमा १५ सैंयाको अस्पताल उद्घाटन

shyam khatiwada
Gaurishankar Post