Gaurishankar Post
ब्रेकिंग

पत्रकार महासंघ बागमती प्रदेश समितिले सुरु गर्यो पत्रकारका लागि कोभिड व्यवस्थापन कोष

३० बैशाख, हेटौंडा ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीहरुको उपचार तथा सहयोगको लागि कोभिड बिपद ब्यवस्थापन कोष स्थापना गरेको छ । महासंघको बिहिवार बसेको जुम मिटिङले कोष स्थापना गरेको हो । कोषमा महासंघ प्रदेश समितिले दुई लाख पचास हजार रुपैयाँ जम्मा गरेको छ ।

महासंघले कोषमा सहयोग गर्न चाहने सञ्चारकर्मी, सञ्चारमाध्यम, सरकारी तथा गैह्र सरकारी निकाय, ब्यवसायी तथा अन्य शुभेच्छुकहरुलाई नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको राष्ट्रिय बाणिज्य बैंक हेटौंडामा शाखामा रहेको खाता (नामः नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समिति, खाता नम्बर : १३००००३६६१०१) मा रकम जम्मा गरिदिन आग्रह समेत गरेको छ । महासंघ कोषबाट प्रदेश अन्तरगतका जिल्ला शाखाहरूलाई संचारकर्मीहरूको कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवं उपचारमा सहयोग गर्ने प्रदेश अध्यक्ष शिव देवकोटाले जनाए ।

अग्रभागमा रहेर समाचार संकलन कार्य गर्नुपर्ने बाध्यता भएकाले पूर्ण स्वास्थ्य सकतर्कता अपनाउन सबै सञ्चारकर्मीहरुलाई महासंघले आह्वान गरेको छ । महासंघले कोरोना संक्रमित भई स्वास्थ्यउपचार गराइरहेका सञ्चारकर्मीहरुसहित सबै नागरिकको स्वास्थ्यलाभको कामना गरेको छ । संघीय राजधानी समेत रहेको बागमती प्रदेशको बिभिन्न स्वास्थ्य संस्थाहरुमा पर्याप्त स्वास्थ्यकर्मी, अक्सिजन सहित अन्य स्वास्थ्य सामग्रीको अभावले कोरोना संक्रमितहरुको उपचारमा समस्या भएको गु्नासो बढेकाले बागमती प्रदेश सरकारलाई तत्काल स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्रीहरुको उचित ब्यवस्थापनको लागि महासंघले ध्यानाकर्षण गराएको महासचिव कृष्ण सारू मगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

याे पढ्न छुटाउनु भयाे की ?

बेगुम्पा र क्याङ पोलमा थुनिएका ३ वटा बोलेरो जीपको सोरुङ हुदै उद्धार

shyam khatiwada

नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा दोलखाबाट ३ नेता केन्द्रिय सदस्यमा निर्वाचित

shyam khatiwada

एमालेलाई दोलखामा विगतकै अवस्थामा फर्काउन मेरो उम्मेद्धारी – उपसचिब उम्मेद्धार विदुर शर्मा

shyam khatiwada
Gaurishankar Post